Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भन्सार प्रशासनलाई आधुनिकीकरण गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

\"mahat\"काठमाडौं । मुलुकको आर्थिक उन्नतिका लागि भन्सारको आधुनिकीकरणमार्फत सेवाग्राहीको समय तथा लागत मूल्यलाई सम्मान गर्ने गुणस्तरीय भन्सार सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ । भन्सार विभागको आयोजनामा बिहिबारदेखी  सुरु गरिएको भन्सार व्यवस्थापनसम्बन्धी दुई दिने गोष्ठीमा सहभागी सरकारी तथा निजी क्षेत्रका अगुवाले पूर्वाधार, प्रविधि, दक्ष जनशक्ति र कर्मचारीको आचरणमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । मुलुकको समृद्धिका लागि आर्थिक विकास अपरिहार्य भएको बताउँदै उहाँहरुले भन्सार प्रक्रियालाई पारदर्शी र सरलीकृत गर्न सकेमात्र अन्तर्राष्ट्रिय लगानी आउने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएका हुन् । अर्थमन्त्री डा रामशरण महतले भन्सार प्रशासनलाई निरन्तर आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि अर्थमन्त्रालयले आर्थिक अभाव हुन नदिने बताए । उनले मन्त्रालयअन्तर्गतका विभागको कार्यक्षमतामा सुधार ल्याउनुपर्नेमा जोड दिए । प्रविधिको प्रयोगबाटै व्यापार सहजीकरण हुने अर्थमन्त्रीको विश्वास थियो । उनले गैरकानुनी व्यापार तथा सीमा व्यवस्थापनमा कति योगदान पु¥यायो भन्नेमा नै भन्सार विभागको दक्षता देखिने भएकाले त्यसतर्फ ध्यान पु¥याउन कर्मचारीलाई निर्देशन दिए । भन्सारमा न्यूनबिजकीकरणको समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्रीले भने, ‘भन्सार मूल्याङ्कनमा कुनै छुट हुनु हुँदैन, कानुनअनुसार कायम हुनै पर्छ ।’ अर्थसचिव सुमनप्रसाद शर्माले भन्सारमा गरिने व्यवहारले नै त्यस देशको लगानीको अवस्था प्रष्ट हुने भएकाले आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘क्षमता र नैतिकताको अभावका कारण नै अनधिकृत व्यापार तथा न्यूनबिजकीकरणको समस्या देखिएको हो, त्यसलाई सुधार गर्नुपर्छ ।’ राजस्व सचिव राजन खनालले मुलुकको ५० प्रतिशत आन्तरिक स्रोत भन्सार बिन्दुबाट प्राप्त हुने उल्लेख गर्दै भन्सार प्रक्रियामा सुधार र पारदर्शी बनाउनुपर्ने बताए। उनले परिमाण र वर्गीकरणमा ध्यान नपु¥याउँदा मूल्याङ्कनमा समस्या आएको उल्लेख गर्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे । कामु महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले भन्सार प्रक्रिया सरलीकृत र पारदर्शी बनाउन प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले प्रणालीगत र संरचनागत सुधारलाई निरन्तरता दिँदै व्यावसायिक दक्षता अभिवृद्धि गर्न विभागले रणनीति बनाएर अघिबढ्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भन्सार विभागको आधुनिकीकरणले भन्सारमा हुने गतिविधिलाई पारदर्शी बनाउने बताए । नेपाल उद्योग परिसङ्घका अध्यक्ष नरेन्द्र बस्न्यातले अनुसन्धान र जाँचपासलाई व्यावहारिक र आधुनिक बनाउन आग्रह गरे नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरणमा भन्सारको महत्वपूर्ण भूमिका हुने भएकाले त्यस कार्यकालागि राज्यका सबै निकायबीच समन्वय हुनुपर्ने धारणा राखे । शुक्रबारसम्म चल्ने उक्त गोष्ठीमा भन्सार प्रशासन, सम्पत्ति शुद्धीकरण, जाँचपाससम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । आजै वैदेशिक व्यापार रणनीति, विभागको रणनीतिक कार्ययोजना तथा भन्सार सेवासम्बन्धी जानकारी दिने मोबाइल एप्स पनि सार्वजनिक गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies