Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

राजनैतिक नियुक्तिमा भागबण्डा नमिलेको भन्दै एमालेको असन्तुष्टि

\"congress-and-uml-flag\"काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठकले विश्वविद्यालयलगायतका निकायमा मुख्य राजनीतिक नियुक्तिमा नेपाली कांग्रेसबाट भइरहेका निर्णय संयुक्त सरकारको आचारसंहिता र सहकार्य संस्कृतिअनुरुप नरहेको ठहर गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको स्थायी कमिटीको २२औँ बैठकले  राजनीतिक नियुक्तिबारे छलफल गरी आवश्यक निर्णयमा पुग्न पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल तथा सचिव भीम आचार्य रहेको कार्यदल गठनसमेत गरेको छ । प्रचार विभागका प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा बैठकमा मुलुकको पछिल्लो राजनीतिक स्थिति, देशमा विभिन्न भागमा उठेका आन्दोलन तथा त्यस क्रममा देखा परेका अराजक र हिंसात्मक घटनालगायत संविधान निर्माण प्रक्रियाका विविध पक्षमाथि छलफल भएको उल्लेख गरिएको छ । आन्दोलनका उपलब्धि र युगान्तकारी परिवर्तनलाई संस्थागत गर्न शीघ्रातिशीघ्र संविधान जारी गर्न आवश्यक रहेकामा जोड दिँदै बैठकले यसका लागि पार्टीको सम्पूर्ण प्रयास केन्द्रित गर्ने निर्णय गरेको छ । बैठकले संविधान निर्माणको प्रक्रियामा समाजका विभिन्न पक्षबाट गुनासो, असन्तुष्टि वा माग प्रकट हुनुलाई स्वाभाविक विषय ठहर गर्दै उपयुक्त सरोकार र मागलाई संविधान निर्माणको क्रममा सम्बोधन गर्न अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ । बैठकले आन्दोलनरत विभिन्न पक्षलाई आफ्ना माग र असन्तुष्टिलाई शान्तिपूर्ण रूपबाट प्रस्तुत गर्न, संविधान बन्न नदिने तत्वले अनुचित लाभ उठाउन एवम् गलत दिशा दिन नपाउन् भनेर सजग हुन र वार्ताको माध्यमबाट समाधान खोज्न पुनः आह्वान गरेको छ । विज्ञप्तिमा देशका विभिन्न भागमा सामाजिक सद्भाव बिथोल्न, जनताबीचका एकतालाई कमजोर गर्न र हिंसा फैलाउन भइरहेका प्रयासप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । बैठकले स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता एवम् लोकतन्त्रका पक्षधर सबै दल तथा पक्षलाई संविधान निर्माण र सामाजिक सद्भावलाई सुदृढ गर्न संयुक्त पहलकदमीका लागि आह्वान गरेको छ । शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीले गरेको प्रयासप्रति सराहना व्यक्त गर्दै बैठकले अझ दृढ भएर कर्तव्य पालना गर्न पनि आह्वान गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending