बागलुङ । बागलुङका ग्रामीण बजारका अधिकांश पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बागलुङ नगरपालिका, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री फेला पारेको हो ।
अनुगमन टोलीले बागलुङ नगरपालिका–१४ नारायणस्थान र १३ पैँयुपाटाका पसलमा अनुगमन गरेको थियो । व्यवसायीले म्याद गुज्रेका सामग्री र उपभोग्य सामग्री एकै ठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै पेय पदार्थ जफत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । “जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेय पदार्थ भेटिए, हामीले स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरेर सचेत गराएका छौँ”, बरालले भने, “उपभोक्ता र बिक्रेतामा अझै पनि सचेतनाको आवश्यकता देखियो ।” कोकाकोला कम्पनीका कोक, फेन्टा, स्प्राइट सबैभन्दा धेरै म्याद गुज्रेका भेटिएका थिए । अघिल्लो गर्मीयाममा राखेका पेय पदार्थको म्याद गुज्रेको व्यवसायीले ख्याल नगरेको पाइएको हो ।
“पटक–पटकभन्दा पनि कम्पनी र डिलर फिर्ता लिन आउँदैनन्, बेच्न आउँदा जबरजस्ती धेरै भिडाएर जान्छन्, बिक्री हुन्न अनि म्याद गुज्रिन्छ”, नारायणस्थानका स्थानीय व्यवसायी महेन्द्र जिसीले भने, “ठूला व्यवसायीका कारण मर्का पर्ने गरेको छ ।” केही पसलहरुले उचित भण्डारण नगरेको, म्याद गुज्रेका सामग्री अलगै राखेको नपाइएको र रङ मिसिएका खाद्य वस्तु बिक्री गरेको पाइएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । “हामीले उपभोक्ताको मागलाई ध्यानमा राखेर पसल अनुगमन गर्यौँ”, उनले भने, “तर बजारका अधिकांश पसलमा म्याद गुज्रेका सामग्री पाइयो, यो निकै डरलाग्दो स्थिति हो ।” पहिलो पटकका लागि सचेत गराइएको र दोहोरिए कारबाही गर्ने चेतावनी दिएको उनले बताए ।
अनुगमनका क्रममा भेटिएका सामग्रीमध्ये पीठो, फुरन्दाना, दालमोठ, बिस्कुट, चक्लेट, महलगायत खाद्य सामग्री पनि जफत गरिएको थियो । जफत गरिएका सामग्री व्यवसायी र स्थानीयकै रोहवरमा नष्ट गरिएको थियो । सोमबार बजारमा खाद्यान्न पसल अनुगमनका लागि टोली खटिएपछि पैँयुपाटा र नारायणस्थानका केही खाद्यान्न पसल गरेर बसेका व्यवसायीको भागाभाग भएको थियो । नारायणस्थानबाट अनुगमन थालिएपछि अधिकांश खाद्यान्न पसल बन्द गरेर व्यवसायी भागेका थिए ।
प्रशासनले यसपटक पसल बन्द गरी भागे पनि अर्को पटकको अनुगमनमा कसैलाई पनि उन्मुक्ति नदिने जनाएको छ । प्रशासनका प्रतिनिधि प्रहरी पनि भएकाले वडाका जनप्रतिनिधि र प्रहरीले जुनसुकै बेला अनुगमन गर्नसक्ने बरालले बताउनभयो । बलेवाका बजारमा रङ मिसिएका मिठाई तथा अन्य खाद्यपदार्थलाई पनि कठाइका साथ हेरिएको थियो । जेरी, झिनिया, केक र मिठाइमा आखाद्य रङ मिसिएको भेटिएपछि तत्काल जफत गरेर नष्ट गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: