Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

नागस्तम्भ बनाएपछि काभ्रेको बस्नेत गाउँमा बढे धार्मिक पर्यटक

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक  । जिल्लाको बनेपा नगरपालिका–५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् ।  अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र पर्ने पालेको सामुदायिक वन नजिकै रहेको बस्नेत गाउँलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जुटेका हुन् ।

गाउँको माथिल्लो सिरानमा रहेको पुरानो महादेव मन्दिर र नागको स्तम्भ निर्माण गरिने स्थानीय बताउँछन् । महाशिवरात्रिको अवसर पारेर यहाँका स्थानीयले शुक्रबार होम गरी नागको पूजा गरेका छन् ।

गाउँको विकासका लागि ‘बस्नेत गाउँ बिरुवा पाटो गट्टीखेल तथा संरक्षण मञ्च’ गठन गरी सबैलाई एकजुट बनाउँदै पर्यटन प्रवर्द्धनमा स्थानीय जुटेका मञ्चका अध्यक्ष हरिभक्त शाहीले बताए । ‘यसअघि नै यहाँ नागको मन्दिर थियो’, उनले भने, ‘संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएकामा अहिले गाउँले एकजुट भएर नागको स्तम्भ तथा महादेव मन्दिर निर्माणमा जुटेका छौं ।’

गाउँको माथिल्लो भागमा हरियाली वन, तल सुन्दर बस्ती र बीचमा भागमा मन्दिर निर्माण गरी आवश्यक संरचनासमेत निर्माण गरिने मञ्चका अध्यक्ष शाहीले बताए ।
बनेपा बजारबाट नजिकै रहे पनि प्रचारप्रसारको कमी हुँदा ओझेलमा परेकाले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी संरक्षण तथा पर्यटन प्रवर्द्धनमा लागेको स्थानीय भीमप्रसाद दाहालले बताए ।

पर्यटकीयस्थलका रुपमा विकास भएमा यहाँको सडक विस्तार हुनुका साथै व्यापार व्यवसाय चलायमान हुँदा आर्थिकस्तर पनि वृद्धि हुने अपेक्षा लिइएको उनको भनाइ छ । पहिला वस्तुभाउका लागि घाँस र दाउरा खोज्न जाने वन क्षेत्रको संरक्षण गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोगबाट मन्दिरका साथै आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको स्थानीय कृष्णबहादुर महतले बताए ।

स्थानीय अमृतबहादुर थापाले भने, ‘पहिला मानिसले यहाँ बसोबास गरी खेतीपाती गर्दथे । खेतीका लागि बारीको पाटा खन्ने क्रममा यस ठाउँमा नागको बास थियो । नाग बसेको ठूलो ढुङ्गा फुटाउँदा नागलाई लागेर कुप्रो भएपछि सोही बेलादेखि यहाँ नागको पूजा गरिँदै आएको कथन छ ।’

सोही समयदेखि यहाँ खेती गर्न छोडिएको भन्दै अहिले अहिले युवापुस्ता धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न जुटेकामा उनले खुशी व्यक्त गरे । केही वर्षअघिसम्म यहाँका स्थानीयले गाईबस्तु जङ्गलमा चराउन लैजाँदा यहाँको नाग स्तम्भमा गोठ र आईतबारे पूजा गर्दै आएका स्थानीय वृद्धा हरिप्रसाद दाहालले बताए । पछिल्लो समय युवापुस्ताले परम्परालाई छोड्दै गएपछि स्थानीय बस्नेतले महादेवको थान रहेको स्थानमा सामान्य पूजा मात्रै गर्दै आएका उनले सुनाए ।

सोही स्थान नजिकैबाट ढकाल गणशेस्थान हुँदै बगेको पानीले मङ्गलबार नुहाउने गरेमा शरीरको रोग पखालिन्छ भन्ने जनविश्वास अहिले पनि रहिआएको दाहालले बताए । बस्नेत गाउँ पुग्नका लागि बनेपा घोकेचौर हुँदै मोटरबोटाबाट जान सकिन्छ भने आजादडाँडाबाट समेत मोटरबाटो भएर यहाँ पुग्न सकिन्छ । पछिल्लो समयमा घोकेचौरबाट मोटरबाटो स्तरोन्नति भइरहेको छ । ढकाल गणेशस्थानबाट सिँढी निर्माणका लागि आवश्यक योजना बनाइरहेको संरक्षण मञ्चले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending