Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

जिल्ला टुक्रयाउन पाइदैन भन्दै बाग्लुङ बन्द

\"baglung\"बागलुङ । सङ्घीय प्रदेशहरुको सीमाङ्कनमा बागलुङलाई विभाजन गर्ने प्रमुख दलहरुको निर्णयको विरोधमा सुरु भएको आन्दोलनले यहाँको जनजीवन प्रभावित बनेको छ । मङ्गलबारदेखि सुरु भएको अनिश्चितकालीन बागलुङ बन्दका कारण जनजीवन ठप्प बनेको हो । आदिवासी जनजातिहरुको दुई दिनको बन्दपछि सुरु भएको अर्को बन्दले अवस्था झन कष्टकर बन्दै गएको छ । विगत छ दिनदेखिको बन्दले जिल्लाभर नराम्रो प्रभाव पारेको छ । बजार, कलकारखाना, यातायात, विद्यालय, सङ्घसंस्था, कार्यालय सबै बन्द छन् । सरकारी कार्यालयहरु सुरक्षाकर्मीको पहरामा खुले पनि सेवाग्राही छैनन् । आयात ठप्प हुँदा बजारमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ । अघिल्लो छ प्रदेशको प्रस्तावमै विभाजित बनेको बागलुङ पछिल्लो सीमाङ्कनमा झन् धेरै भू–भागसहित विभाजित बनेपछि जिल्लावासी आन्दोलित बनेका हुन् । सदरमुकामदेखि जिल्लाका प्रमुख व्यापारिक केन्द्र गलकोट, बुर्तिवाङ, कुश्मिसेरा, खरवाङलगायतका क्षेत्रमा बन्दले जनजीवन प्रभावित छ । गलकोटमा छुट्टै तवरबाट पनि अनिश्चितकालीन बन्दको घोषणा गरिएको छ । जिल्लास्थित राजनीतिक दलको नेतृत्वमा गठित आन्दोलन परिचालन समितिले आन्दोलन चर्काएको हो । बिहीबार हजारौँको सङ्ख्यामा रहेका महिलाले एकीकृत बागलुङको पक्षमा प्रदर्शन गरेका थिए । उनीहरुले रित्तो थाल र घरेलु भाँडाकुँडा बजाउँदै चर्को नाराबाजी गरेका थिए । बागलुङ विभाजन गर्ने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने आन्दोलन परिचालन समितिमा रहेका दलहरुले जनाएका छन् । जिल्लामा क्रियाशील सबै दलहरुले आन्दोलनमा समर्थन जनाएका छन् । बिनाआधार र कारण गरिएको जिल्ला टुक्र्याउने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने नेपाली काँग्रेस बागलुङका कार्यबाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए । उनले बागलुङलाई अखण्ड राखेर प्रदेश नं ४ मा समेट्नुपर्ने बताए । प्रमुख दलका शीर्ष नेतृत्वले धोका दिएको उल्लेख गर्दै उनले जिल्ला नटुक्र्याउने आश्वासन दिएका नेताहरुले बागलुङमाथि खेलबाड गरेको आरोप लगाए । अघिल्लो छ प्रदेशको प्रस्तावमा जिल्ला टुक्र्याउने निर्णयको चौतर्फी विरोध भएपछि प्रमुख दलका शीर्ष नेतृत्वले बागलुङ नटुक्र्याउने आश्वासन दिएका थिए । पछिल्लो सात प्रदेशको सीमाङ्कनमा बागलुङबारे कुनै निर्णय नभएपछि आन्दोलनमा जानुपरेको नेकपा ९एमाले० का जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताए । उनले अघिल्लोमा भन्दा पछिल्लो सीमाङ्कनमा बागलुङको ठूलो भूभाग प्रदेश नं ५ मा गाभिएको उल्लेख गरे । ‘कुनै सिद्धान्त र आधारबिना स्रोतसाधनमाथि हस्तक्षेप कायम गर्न बागलुङ टुक्र्याउन खोजिएको छ’ अध्यक्ष शर्माले भने – “सीमित नेता र व्यक्तिको स्वार्थका कारण आज यो भइरहेको छ, हामीले यसलाई कदापि मान्दैनौँ ।’ जिल्लाकै पहिचान बोकेको सम्पदा ढोरपाटन सिकार आरक्ष र जलाधार क्षेत्रमा पकड राख्ने स्वार्थले जिल्लालाई विभाजन गर्न खोजिएको आरोप दलहरुले लगाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending