Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

आगजनीबाट वन कार्यालयका सबै सामान नष्ट

\"fire\"जुम्ला । जिल्ला वन कार्यालय जुम्लाका कर्मचारी यतिबेला समीक्षालयबाट सेवा प्रवाह गरिरहेका छन् । विशेष अधिकारसहितको कर्णाली स्वायत्त राज्यको मागसहित साउन २३ गतेको सहमति खारेज गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले जिल्ला वन कार्यालय जुम्लामा आगो लगाई दिएका थिए । आगलागीबाट कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ । कार्यालयसहित त्यहाँ भएका ल्याबटप, कम्प्युटर, दराज टेबल, महत्वपूर्ण सामग्री सबै जलेकाले काम कहाँबाट कसरी गर्ने भन्ने कुराले पिरोलेको जिल्ला वन अधिकृत हेमलाल अर्यालले दुखेसो गरे । अधिकृत अर्यालले भने, \'कार्यालय नै छैन, न दराज छ, न टेबुल, नत कुर्ची नै । \' सेवाग्राही कार्यालयमा आउँछन् र उराठ मन लिएर जान्छन् । पानी आउँदा र जाडो बढ्दै जाँदा अब हिमाली जिल्लामा कसरी काम गर्ने ? अप्ठ्यारो स्थिति आइलागेको उनको भनाइ छ । सहायक वन अधिकृत श्यामलाल महतले आवश्यक फर्निचर नभएकाले पनि तत्कालै भाडामा घर लिन नसकिने बताए । कार्यालयले अहिले पुनः शून्यबाट काम सुरु गरेको छ । दर्ता चलानीलगायतका आधारभूत आवश्यकताका सामग्री ल्याएर सेवाग्राहीलाई समीक्षालयबाट भए पनि सेवा दिने गरिएको छ । आगजनीबाट १८६ सामुदायिक वनका कार्ययोजना नष्ट वन कार्यालय जुम्लामा आगलागी हुँदा १८६ सामुदायिक वनका कार्ययोजनाका फाइल पूर्णरुपले नष्ट भएका छन् । कार्यालयका लागि नयाँ फाइल स्वीकृत गराउने भनिए पनि सबै फाइल नष्ट भएपछि कार्य अधुरो रहेको बताइएको छ । आव ०७१÷०७२ को हिसाबकिताब कुनै बाँकी छैन भने यो हविगतले लेखा परीक्षण पनि हुन नसक्ने वन अधिकृत अर्यालले बताए । आन्दोलनकै क्रममा आगजनी भएका सरकारी कार्यालयमा कृषि अनुसन्धान बागवानी विकास केन्द्र जुम्लाको भवन पनि पूर्णरुपले ध्वस्त भएको छ । उक्त केन्द्रमा पनि अनुसन्धानका महत्वपूर्ण कागजात जलेकाले कर्मचारीलाई काम गर्न गाह्रो भएको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिए । साथै आन्दोलनको समयमा के कति क्षति भयो भन्ने कुराको जानकारी जिल्ला प्रशासन कार्यालयसहित आआफ्नो मन्त्रालयमा दिन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन गरिएको प्रजिअ पौडेलले उल्लेख गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending