Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

वायुसेवा निगमका पदाधिकारीको विवादले कामकारबाही अवरुद्ध

\"airlines\"काठमाडौं । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारीबीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ । निगमका अध्यक्ष र महाप्रबन्धकबीचको आपसी खिचातानीले संस्थालाई धरासायी बनाउने खेल सुरु भएको भन्दै सम्बद्ध पदाधिकारी नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुई पदाधिकारीबीचको विवादले निगममा लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा निगमका कतिपय नीतिगत कार्ययोजना प्रत्यक्ष प्रभावित भएका छन् । पछिल्लो समय नवनियुक्त महाप्रबन्धक सुगतरत्न कंसाकारले कमिसनको दाउमा बिनाअध्ययन ठूला जहाज खरिद गर्ने योजना अघि बढाएको र भएका जहाजको व्यवस्थापन गर्न नसकेको निगमका अध्यक्ष शिवशरण न्यौपानेको आरोप छ । अध्यक्ष न्यौपाने एक महिनाअघि सर्वोच्चको अन्तरकालीन आदेशपछि पुनः निगममा फर्कनुभएको थियो । यसअघि मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठले निगमको अध्यक्षको जिम्मेवारी लिनुभएको थियो । अहिले उनको अन्यत्रै सरुवा भइसकेको छ । निगमका अध्यक्ष शिवशरण न्यौपानेले रासससँग कुरा गर्दै गैरकानुनी ढङ्गले गतिविधि बढाई निगमलाई धरासायी बनाउने खेल भित्रकै जिम्मेवार पदाधिकारीबाट भइरहेको आरोप लगाए । उनले निगमसँग भएका न्यारो बडीका ९साना० दुई एयरबसको राम्रो व्यवस्थापन गर्न नसकिरहेका बेला समान सङ्ख्याका वाइड बडी ९ठूला० जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको भन्दै यसले निगमलाई थप कमजोर तुल्याउने बताए । अध्यक्ष न्यौपानेले निगमको बौर्ड बैठक बस्न अवरोध सिर्जना भइरहेको बताउँदै थपे –‘निगमको नीतिगत कार्यक्रमका लागि बोर्ड बैठक बस्नुपर्ने हुन्छ, तर लामो समयदेखि बैठक बस्न नसक्दा निगमका काम प्रभावित भइरहेका छन्, केही काम गैरकानुनी ढङ्गले पनि अघि बढाउन खोजिएको छ, निगमको साख बचाउन सरकारसँग माग गर्दछु,।‘ बोर्डले गर्ने काम आफूखुसी गरिएको र महाप्रबन्धक सुगतरत्न कंसाकारले अध्ययन नै नगरी जहाज खरिद गर्न खोज्नुले निगमलाई घाटा पुग्ने उनको भनाइ रहेको छ । यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव मोहनकृष्ण सापकोटाले निगम अध्यक्षको मुद्दा अदालतमा विचाराधीन रहेकाले कानुनी परामर्श भइरहेको राससलाई जानकारी दिए । ‘सर्वोच्चले अन्तरकालीन आदेश दिएको हो, जुन पुनरावेदन अदालतसँग जोडिएको छ, अदालतको आदेश कसरी पालना गर्ने भन्नेबारे कानुनी परामर्श भइरहेको छ, महान्यायाधिवक्तासँग छलफल गर्ने तयारीमा छौँ’ – उनले भने । निगमले चर्को ब्याजमा खरिद गरेका जहाजको प्रभावकारी व्यवस्थापन र बजारीकरण नहुँदा मासिक करोडौँको घाटा बेहोर्दै आएको छ । पछिल्लो समय निगमका पदाधिकारीबीच विवाद चुलिँदा त्यहाँका कामकारबाही प्रभावित भएको बताइन्छ । तत्कालीन पर्यटन सचिव सुरेशमानलाई मन्त्रालयले निगम अध्यक्षको जिम्मेवारी दिएको थियो । महाप्रबन्धकले अधिकार मिचेर आफूखुसी काम गरेको अध्यक्ष न्यौपानेको आरोप छ, वरिष्ठताका हिसाबले अध्यक्ष संस्थाको प्रमुख भएको र उसलाई मात्र बोर्ड बैठक बोलाउने अधिकार भएकाले दुई÷चार दिनमै बोर्ड बैठक डाक्ने तयारी गरेको उनले जानकारी दिए । विसं २०७१ मा निगमको अध्यक्षमा नियुक्त भएका न्यौपानेलाई हटाइएपछि गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्चमा रिट दिएपछि करिब एक महिनाअघि उहाँलाई काममा फर्कन सर्वोच्चले आदेश दिएको थियो । त्यसपछि उहाँ नियमित कार्यालय गए पनि नीतिगत कार्य भने गर्न पाउनुभएको छैन । सवारी साधन चढ्न रोक लगाउनेलगायत सुविधामा अवरोध भएको अध्यक्ष न्यौपानेले गुनासो गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending