Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एक्लिए राष्ट्रपति

\"Rambaranकाठमाडाैं । सर्वोच्चका प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सेना परिचालनविरुद्धको रिट खारेज गरेपछि कार्यकारीको निर्णयले अप्रत्यक्ष रूपमा अनुमोदन पाएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ –सर्वोच्च अदालतले दंगाग्रस्त कैलाली, रौतहट र सर्लाहीसहितका क्षेत्रमा सेना परिचालन गर्ने सरकारको निर्णय अवैध रहेको दाबीसहित दायर रिटलाई शुक्रबार पहिलो सुनुवाइमै खारेजीको निर्णय गरेको हो।
प्रधानन्यायाधीश श्रेष्ठको एकल इजलासले उक्त विषयमा न्यायिक हस्तक्षेप गर्न नमिल्ने भन्दै शुक्रबार रिट खारेजीको फैसला सुनाएको थियो। राष्ट्रपति रामवरण यादवले शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरूसँग सेना परिचालन असंवैधानिक भएको र त्यससम्बन्धी निर्णयमा आफूलाई सरकारले बाइपास गरेको गुनासो गरेका थिए।
प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति यादवलाई कैलाली र दंगाग्रस्त क्षेत्रमा सेना परिचालन गरिएको नभएर आवश्यक पर्दा प्रशासनलाई सहयोग पुर्‍याउन सेनाको सेवा लिइएको स्पष्टीकरण दिएको २४ घन्टा बित्‍न नपाउँदै राष्ट्रपतिको गुनासो सार्वजनिक भएको हो। राष्ट्रपति यादवले शुक्रबार नेकपा-माओवादी र मधेसी मोर्चा तथा जनजाति नेताहरूसँग बेग्लाबेग्लै भेटेर सेना परिचालनमा आफूलाई बाइपास गरेको गुनासो पोखेका हुन्।
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण र मधेसी मोर्चालगायतका नौ पार्टीको छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्ने क्रममा राष्ट्रपतिले आफू सेनाको परमाधिपति रहेकाले आफ्नो सल्लाहबिना सेना परिचालन हुनै नसक्ने बताएका थिए। राष्ट्रपतिलाई उद्धृत गर्दै माओवादी उपाध्यक्ष चन्द्रप्रकाश गजुरेलले भने, \'सेना परिचालनका नाममा मलाई बाइपास गरियो। सरकारले गरेको त्यस्तो असंवैधानिक कदम अविलम्ब फिर्ता हुनुपर्ने मेरो मान्यता छ।\'
सर्वोच्चले शुक्रबारको निर्णयमा सुरक्षा बलको उपयोगका विषयमा अतिरञ्जित गरी न्यायिक हस्तक्षेप हुन नसक्ने ठहर गरेको छ। \'अनावश्यक रूपमा सुरक्षा बलको औचित्य, आवश्यकता र मनोबलमा समेत प्रभाव पार्ने कुनै नकरात्मक कुरा हुन्छ भने त्यसबाट अन्ततः जनताको जिउधन र सुरक्षा नै प्रभावित हुन जान्छ,\' फैसलामा उल्लेख छ।
संसद्मा बोलिएको विषयमा संसद् स्वयं स्वतन्त्र रहने र त्यहींबाटै आवश्यकताअनुरूप उपयुक्त निर्णय लिन सक्ने भएकाले बाह्य हस्तक्षेप बाञ्छनीय नरहेको पनि आदेशमा जनाइएको छ। रिट निवेदकले गैरकानुनी रूपमा सेना परिचालन भएको भनेर स्थापित गर्न नसकेको र तथा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा रिट दायर भएको निष्कर्षसहित रिट खारेजीको निर्णय भएको हो।
प्रमुख जिल्ला अधिकारीलाई सेना परिचालनको अधिकार दिने गरी सरकारबाट असंवैधानिक निर्णय भएको दाबीसहित बिहीबार अधिवक्ता रोशनकुमार झा र यमकुमार योञ्जनद्वारा रिट दायर भएको थियो। अन्तरिम संविधानको धारा १४४ (३) ले सेनाको नियन्त्रण, परिचालन र व्यवस्थापन कानुनबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्थाविपरीत सरकारले निर्णय गरेको भन्दै रोक लगाउन रिट निवेदकको माग थियो।
संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता राई, तराईमधेस लोकतान्त्रिक पार्टीका महामन्त्री गोविन्द चौधरी, सद्भावना पार्टीका महामन्त्री उपेन्द्र महतो, तराईमधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश राय, संघीय थरुहटका भानुभक्त चौधरीलगायत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन शीतलनिवास पुगेका थिए। थरुहट आन्दोलनालई आतंककारी भन्दै गर्न लागेको दमन रोक्न उनीहरूले राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending