Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कैलालीमा प्रहरीले गोली नचलाउनुको भित्री रहस्य यस्तो छ

\"tikapur\"काठमाडौं । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुईजना प्रहरी निरीक्षकसहित आठजना सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ तीनजना मारिने गरी गत सोमबार टीकापुरमा मच्चिएको हिंसात्मक घटनाप्रति चिन्ता प्रकट हुनु स्वाभाविकै हो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ यस्तो बेलामा पनि प्रहरी र सशस्त्र प्रहरीले किन गोली चलाएन भन्ने प्रश्न सबैको मनमा उब्जने गरेको छ। सिनियर प्रहरी अधिकृत एसएसपीले गोली किन चलाएनन् ? उनी एक्लै गएका थिए ? हतियार लिएर कोही प्रहरी थिएनन् ? प्रहरीले गोली नचलाउनुको रहस्य भने अर्कै रहेछ। प्रहरी मुख्यालयको कार्य महाशाखाले भदौ २ मा देशभरका प्रहरी कार्यालयमा सञ्चार (सूचना) जारी गरेको थियो। महाशाखाले पठाएको सञ्चारको सिरियल नम्बर ३५७८ मा ुप्रहरी जवानलाई लाठी, अश्रुग्यासबाहेक हतियार बोक्न नदिनू, जुनियर प्रहरी अधिकृतले मात्रै हतियार बोक्नू, तर चलाउनै परे त्यसको औचित्य पुष्टि हुने गरी मात्रै चलाउनूु भन्ने उल्लेख थियो। \'प्रस्तावित नेपालको संविधान २०७२ मा समावेश गरिने सीमांकनका विषयलाई लिएर देशका विभिन्न भागमा असन्तुष्ट पक्षबाट गरिँदै आएको विरोध प्रदर्शन तथा अराजक गतिविधिबाट विषम् परिस्थिति उत्पन्न भई बल प्रयोग गर्नुपर्ने अवस्था आए प्रहरी जवानले लाठी र अश्रुग्यास मात्र प्रयोग गर्न, जुनियर प्रहरी अधिकृतले हतियार प्रयोग गर्नुपर्ने अवस्था आए कमान्डरको प्रत्यक्ष निर्देशन र निगरानीमा भीड नियन्त्रणको सिद्धान्तअनुसार पुस्ट्याइँ हुने ढंगबाट बल प्रयोग गर्न गराउनूु महाशाखाबाट जारी सञ्चारको व्यहोरामा उल्लेख छ। कार्य महाशाखाको यही सञ्चारका आधारमा क्षेत्रीय प्रहरी कार्यालय दिपायलले मातहतका कार्यालयमा निर्देशन दियो। त्यसको प्रभाव टीकापुर घटनामा देखियो। जहाँ एसएसपी न्यौपानेसहित प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहरासँंगै आठजना प्रहरीले ज्यान गुमाए। कार्यस्थलमा एसएसपीका अंगरक्षकले मात्रै हतियार बोकेका थिए । प्रहरी निरीक्षक बिष्ट र बोहोरा निःशस्त्र भीड नियन्त्रणमा लागि गएका थिए। महाशाखाबाट जारी सञ्चारमा औचित्य पुष्टि गर्ने प्रमाण संकलन गर्नुपर्ने प्रावधान बल प्रयोग गर्नुअगाडि र भइसकेपछिको प्रमाणका लागि तस्बिर र भिडियो खिचेर राख्नुपर्ने हुन्छ। प्रहरीका एक उच्च अधिकारीले भने, ‘सञ्चार कार्य महाशाखाको निर्देशन नै टीकापुरमा प्रहरीमाथि आक्रमण गर्न आक्रमणकारीका लागि शस्त्र बन्यो।’ कार्य विभागका प्रमुख एआईजी गणेश राई भन्छन्, ‘भीड नियन्त्रणको सिद्धान्तअनुसार तल्लो दर्जाले लाठी, अश्रुग्याँस बोक्ने हो। हतियार जुनियर प्रहरी अधिकृतले मात्रै बोक्ने हो। अहिलेको आन्दोलन लडाइँ होइन। सुनियोजित र पूर्वतयारीअनुसार प्रहरीमाथि आक्रमण गरिएको थियो। प्रत्येक जवानसँँग अटोमेटिक बन्दुक बोक्नैपर्ने हामी सेना पनि होइनौं।’ सशस्त्र प्रहरीले हतियार नचलाएको प्रति इंगित गर्दै राईले भने, ‘सशस्त्रका एसपीको गाडीमा प्रहरीका एसएसपी गएका थिए। हतियार चल्न कमान्डरको आदेश चाहिन्छ । सशस्त्रले किन हतियार चलाएन ? त्यो खोजीको विषय हो।’ प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ‘हतियारको प्रयोग जिम्मेवारी ढंगबाट गर्नुु भनिएको बताए। उनले यस्तो अवस्थामा सुरक्षा निकाय संयमित भएर समन्वयात्मक भूमिकामा चल्नुपर्ने औंल्याएका छन्। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले टीकापुर घटनामा सशस्त्रले हतियार चलाए(नचलाएका बारेमा सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिले पत्ता लगाउने जनाएका छन्। ‘टीकापुर सशस्त्रले हतियार नचलाएको भए प्रहरीतर्फ झन् क्षति हुने रिपोर्ट हामीलाई आएको छ। त्यो फिल्डमा गएर बुझ्दा हुन्छ’ उनले भने।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending