Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

संकटमा कांग्रेस, पार्टीलाई वैधानिक बनाउन संविधान संसोधन गरिंदै

\"congressकाठमडौं । महाधिवेशन समयमा गर्न नसक्दा कांग्रेस वैधानिकताको संकटको संघारमा पुगेको छ । तोकिएको मितिमा कांग्रेसले १३औँ महाधिवेशन गर्ने सम्भावना कम छ । २ देखि ५ असोजसम्मका लागि महाधिवेशन मिति तोकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ अन्तरिम संविधान ०६३ मा पाँच वर्षमा पार्टीहरूले महाधिवेशन गर्नैपर्ने व्यवस्था छ । कांग्रेस विधानमा चार वर्षमा महाधिवेशन गर्ने व्यवस्था छ । तर, विशेष अवस्था देखाएर एक वर्ष थप्न सक्ने व्यवस्था पनि विधानमा छ । पार्टी विधानअनुसार थपिएको समय असोज पहिलो सातादेखि सकिँदै छ । थपिएको समयभित्र महाधिवेशन गर्ने अवस्था नरहेकाले कांग्रेस संवैधानिक संकटको संघारमा पुगेको हो । कांग्रेसको १२औँ महाधिवेशन ५ असोज ०६७ मा भएको थियो । चार वर्षको कार्यकाल ५ असोज ०७१ मा सकिएको थियो । तर, कार्यकाल सकिने एक साताअघि नै विधानमा उल्लेखित ‘असाधारण स्थिति’ देखाएर कांग्रेसले ३० भदौ ०७१ मा पार्टीका सबै तहका समितिको कार्यकाल एक वर्ष थप गरेको थियो । कांग्रेस केन्द्रीय समितिको ६ फागुन ०७१ को बैठकले २४ देखि २८ भदौ ०७२ मा १३औँ महाधिवेशन गर्ने मिति तय गरेको थियो । यसका लागि ३० वैशाखसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरण टुंग्याउने निर्णय थियो । महाधिवेशनअघि वडा, गाउँ, नगरको अधिवेशन १४ साउनमा, २४० निर्वाचन क्षेत्रको अधिवेशन २२ साउनमा र ७५ जिल्लाको अधिवेशन २६ साउनका लागि तोकिएको थियो । तर, कांग्रेसले तोकेको पहिलो मितिमा १३औँ महाधिवेशन होइन, तल्लो तहका अधिवेशन पनि हुन सकेनन् । १२ वैशाखमा विनाशकारी भूकम्प र त्यसपछि निरन्तरको परकम्प तथा बर्खा लागेको भन्दै कांग्रेस केन्द्रीय समितिको २५ असारको बैठकले महाधिवेशन नौ दिन पछि सार्‍यो । तल्लो तहका अधिवेशन झन्डै एक महिनापछिका लागि सारिए । सो बैठकले महाधिवेशन २ देखि ५ असोजसम्म काठमाडौंमा हुने निर्णय गरेको थियो । वडा, गाउँ, नगरको अधिवेशन १ भदौ, २४० निर्वाचन क्षेत्रको अधिवेशन ७ भदौ र ७५ जिल्लाको अधिवेशन १० भदौमा गर्ने निर्णय भयो । संस्थापन र देउवा पक्षबीच क्रियाशील सदस्यता विवाद भएपछि तोकिएको मितिमा तल्लो तहका अधिवेशनको तयारी हुन सकेन । छानबिन समितिले निरन्तर मिलाउने प्रयास गरे पनि सर्लाही, धनुषा, पर्सा, सिरहा, नुवाकोटलगायतका जिल्लामा क्रियाशील सदस्यता वितरण तथा नवीकरण विवाद मिलेको थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending