Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

काठमाडौंका ४ वडामा महिलाको क्यान्सर परीक्षण- २६ जनामा पोजेटिभ

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र महिला कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको जाँच भएको छ ।

उनीहरुमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं. ३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिनुभएको छ । ७४७ (वडा नं. ३ को १२ गतेको प्राप्त हुन बाँकीबाहेक) जनामध्ये १७५ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।  

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका स्त्री तथा प्रसुति रोग विषेशज्ञ डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमूना निकाल्ने) गरिएको छ । बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ । 

महानगरपालिकाको स्वास्थ्य विभागले निःशुल्क जाँचका लागि वैशाख ४ गतेदेखि निःशुल्क शिविर सुरु भएको हो । शिविरमा आउने सबै महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ ।

पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपीभी डीएनए पीसीआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । सुरुको जाँचका क्रममा अवस्था हेरेर अल्ट्रासाउन्ड गरिन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ । 

बायोप्सीको रिपोर्टमा केही देखिएन भने १ वर्षसम्म फलोअप गर्न सुझाव दिइन्छ । रिपोर्टबाट सेकाउँदा (थर्मोक्वागुलेसन) उपचार हुन सक्ने देखियो भने रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार गराउन थालिन्छ । सेकाएर नहुने देखियो भने यस्तो अवस्थाको उपचारका लागि अस्पतालहरुमा शिफारिस गरिन्छ । 

शिविरको पहिलो दिन राष्ट्रिय सभा गृहमा जनप्रतिनिधि र महिला कर्मचारीको जाँच गरिएको थियो । त्यस दिन ७२ जनाले जाँच गराएका थिए । उनीहरुमध्ये एचपीभी डीएनए पीसीआरमा ५ जनामा पोजेटिभ देखिएको छ । प्रारम्भिक जाँचबाट शंका लागेपछि ८ जनाको स्तनको, १५ जनाको पाठेघरको अल्ट्रासाउन्ड र १ जनाको मेमोग्राफी गरिएको थियो । १३ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ ।   

वैशाख ५ र ६ गते वडा नं. ३१ भीमसेनगोलामा रहेको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । २ दिनमा २१३ ले स्वास्थ्य जाँच गराए । उनीहरुमध्ये १७७ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गरिएकोमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । परीक्षणका क्रममा ५ जनाको स्तनको, ३४ जनाको पाठेघरको अल्ट्रासाउन्ड र ४ जनाको मेमोग्राफी गरियो । उनीहरुमध्ये ५९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । 

वडा नं. २५ र २७ लाई लक्षित गरेर बैशाख ७, ९ र १० गते ३ दिन इनबहालमा शिविर गरिएको थियो । यस शिविरमा ३३९ जनाले परीक्षण गराउनुभयो । उहाँहरुमध्ये २७३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ११ जनाको स्तनको, ४४ जनाको पाठेघरको अल्ट्रासाउन्ड गरिएको छ । ६९ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । 

वैशाख ११ र १२ गते वडा नं. ३ महाराजगञ्जमा शिविर सञ्चालन भयो । पहिलो दिन १२३ जनाको परीक्षण भयो । जसमध्ये ३ जनाको स्तनको, २३ जनाको पाठेघरको मुखको अल्ट्रासाउन्ड गरियो । उनीहरुमध्ये ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ३४ जनामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । 

दोस्रो दिन १७५ जनाले स्वास्थ्य जाँच गराए । उनीहरुमध्ये १४३ जनाको एचपीभी डीएनए पीसीआर परीक्षण भयो । २३ जनाको पाठेघरको र ४ जनाको स्तनको अल्ट्रासाउन्ड गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ । 

प्रजनन स्वास्थ्य समस्यामा पाठेघरमा मासु पलाएको, सेतो गनाउने पानी बग्ने, पाठेघरको मुखको संक्रमण, पाठेघरको मुखमा मासु पलाएको तथा यौनजन्य रोगहरु देखिएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएनः मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताएकी छन्। राष्ट्र...

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा रु ९२ लाख लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।  न...

काठमाडौं महानगरले निस्शुल्क लोकसेवा तयारी कक्षा चलाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।  शनिबार सूचना प्रकाशन गरी महानगरपालिकाभित्र स्थायी बसोबास भए...

कञ्चनपुरमा आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट ...

सुदूरपश्चिममा एमालेको अडान कायमै, विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । शुक्रबार विश्वासको मत लिन तम्सिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी यत्तिकै रोकिनुपर्‍यो । केन्द्रीय सत्ता समीकरणअनुसार आफूला...

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्...

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दि...

सुर्ती नियन्त्रणमा युवा सृजनशील सक्रिय हुँदै

काठमाडौं ।  युवा सृजनशील समाजले बालबालिकाहरुलाई सुर्ती र धुम्रपानबाट टाढा राख्नका लागि विद्यालयहरुमा सचेतना कार्यक्रम थालेको छ ।  यस क्रममा समाजले शुक...

देशभर लागेकेा डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  ...

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रियसभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरलेसम्मान गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies