तनहुँ । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्दा अदुवा लगाउन नसकिएको देवघाट–३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगरले जानकारी दिए। अदुवा बिक्रीबाट गत वर्ष मात्रै करिब रु दुई लाख हाता पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता थपिएको थापामगरको भनाइ छ ।
“समयमा पानी नपर्दा अहिलेसम्म अदुवा लगाउन पाइएन”, थापामगरले भने, “समय घर्किएपछि लगाएको अदुवाले उत्पादन दिँदैन । त्यसैले हामी कृषक चिन्तामा छौँ ।” आफूहरुको गाउँका करिब २० घरका मानिसले गत वर्ष अदुवा बिक्री गरेर प्रतिपरिवार रु ५० हजारदेखि दुई लाखसम्म हात पारे पनि यस पटक मकै गोड्ने बेलासम्म पानी नपर्दा चिन्ता थपिएको थापामगरको दुखेसो छ ।
अदुवा उत्पादनको लागि देवघाट, ऋषिङ, घिरिङ र भिमाद गाउँपालिकालाई पकेट क्षेत्र मानिन्छ । तनहुँमा उत्पादित अदुवाको बजार भारत हो । अदुवाको सुठो र गाठो किन्न भारतीय व्यापारी घरमै आउने भएकोले पनि आफूहरु अदुवा खेतीतर्फ आकर्षित भएको छिपछिपेका अर्का कृषक इन्द्रबहादुर रानाले बताए । भारतीय व्यापारीले तनहुँ र नवलपरासीको पहाडी क्षेत्रबाट सङ्कलित अदुवा नवलपुरको दलदलेमा सङ्कलन डिपो राख्ने र त्यहाँबाट ट्रकमा भारत लैजाने गर्छन् । गत वर्ष प्रतिकिलोग्रामको करिब रु ७० देखि ८० मा अदुवा र बीउको करिब रु सयमा बिक्री गरेकोमा यस पटक पानी नपर्दा रोप्न नपाएको रानाको भनाइ छ ।
आर्थिक वर्ष २०७९/२०८० मा जिल्लामा पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा पाँच हजार छ सय ५४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि प्रसार अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिए । केन्द्रले अदुवा उत्पादक कृषक समूह र सहकारीलाई बीउ खरिदमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरे पनि पानी नपर्दा अदुवा रोप्ने कार्यक्रम प्रभावित भएको वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले बताए।
“समयमा पानी नपर्दा अदुवा उत्पादक कृषक प्रत्यक्ष मारमा परेका छन्”, वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले भने, “केही दिन पानी नपरे खडेरीले अदुवा र मकै दुवै खेतीलाई असर पार्ने आंकलन गरेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १३:३३
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने काममा सरकार केन्द्र...
आषाढ़ ३ गते, २०८३ - १३:२०
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान द...
आषाढ़ ३ गते, २०८३ - १३:०९
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका –३ स्थित लाछुगाउँनजिक कर्णाली राजमार्गको सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जन...
आषाढ़ ३ गते, २०८३ - १२:५०
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:४८
वासिङ्टन। अमेरिकी सैन्य अधिकारीले पूर्वी प्रशान्त महासागरमा मङ्गलबार एउटा डुङ्गामा आक्रमण गर्दा एक जनाको मृत्यु भएको बताको छ । आक्रमण गत सेप्टेम्बरमा ...
आषाढ़ ३ गते, २०८३ - १२:२४
काठमाडौं । प्रतिनिधिसभामा आफ्नो भूमिकामाथि प्रश्न उठाइएपछि सभामुख डोलप्रसाद अर्यालले त्यसप्रति ध्यानाकर्षण भएको बताएका छन्। नेपाली कांग्रेसका सांसद...
आषाढ़ ३ गते, २०८३ - १२:०९
काठमाडौं। नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोह...
आषाढ़ ३ गते, २०८३ - ११:५८
फुङलिङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ११ दम्पतीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त...
आषाढ़ ३ गते, २०८३ - ११:४५
खोटाङ। खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढी...
आषाढ़ ३ गते, २०८३ - ११:३४
काठमाडौँ । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने तथा बढी भाडा असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका ट...



प्रतिकृया लेख्नुहोस्: