Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सरकारसँग थारु आक्रोशित

काठमाडौं । सरकारको शैलीबाट आक्रोशित थारूहरूले प्रधानमन्त्री सुशील कोइरालासँग सोमबार भेट गरी आन्दोलनका लागि वातावरण बनाउन आफ्ना सातबुँदे माग स्वीकार गर्नुपर्ने अडान दोहोर्‍याएका छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ प्रमुख चार दलका शीर्ष नेताहरूको तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले दोस्रोपटक आइतबार वार्ता लागि आह्वान गर्दै पठाएको पत्र थारू आन्दोलनविपरीत भएको भन्दै उनीहरूले अस्वीकृत गरेका हुन्। थारू आन्दोलन केन्द्रीय सचिवालयका प्रवक्ता एवं सभासद् अमनलाल मोदीको नेतृत्वमा सोमबार अपराह्न प्रधानमन्त्री कोइरालासँग भेटेको प्रतिनिधिमण्डलले वार्ताका लागि वातावरण बनाउन पनि आफ्ना माग पूरा हुनुपर्ने अडान लिएको थियो। प्रधानमन्त्रीले प्रतिनिधिमण्डलसँग थारूहरू वार्तामा बसेपछि उनीहरूले राखेका मागमाथि विचार हुनसक्ने भन्दै थारूहरूलाई झनै आन्दोलित बनाएर पठाएको प्रवक्ता मोदीले जानकारी दिए। उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, \'वार्तामा बसेपछि तपाईंहरूको माग सरलीकरण गरौंला।\'   मोदीका साथ प्रधानमन्त्री कोइरालासँग भेट्न सचिवालयका सदस्य एवं सभासद्द्वय सन्तकुमार चौधरी र जनकराज चौधरी गएका थिए।
प्रधानमन्त्रीलाई भेट्नुअघि सोमबार नै प्रधानमन्त्रीले दोस्रोपटक पठाएको पत्रका बारेमा छलफल गर्न बसेको बैठकका क्रममा पत्रको भाषाप्रति आपत्ति प्रकट गर्दै माग सम्बोधन गर्ने विषयमा कुनै शब्द नसमेटिएको ठहर गर्दै थारू अगुवाहरू प्रमुख चार दल र सरकारसँग आक्रोशित भएका थिए। सिंहदबारमा सोमबार बसेको थरुहट, थारूवान संयुक्त संघर्ष समिति, केन्द्रीय संयोजन तथा आन्दोलन परिचालन समितिको सचिवालयको बैठकले यथास्थितिमा वार्तामा बस्न नसक्ने निर्णयसमेत गरेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending