Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

वार्ताका लागी उच्चस्तरीय समिती गठन गर्नु पर्छः निधि

\"Bimalendra-Nidhi\"बनेपा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले आन्दोलनरत पक्षसँग वार्ता गर्न संविधानसभाबाट उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने बताएका छन् । अरनिको यातायात समितिको बनेपामा आज भएको ४४औं वार्षिक साधारणसभामा उनले मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव, थरुहट आन्दोलनमा लागेका अन्य नेता अधिकाँश संविधानसभामै रहेकाले त्यस्तो वार्ता समिति परिणाममुखी हुन सक्ने बताए । उनले कुनै पक्षले पनि अतिवादी सोच नराखी वार्तामा आउनुपर्ने बताउँदै वार्तामा आउनका लागि कुनै अडान लिनु गलत भएको बताए । उनले यातायात क्षेत्रमा देखिएको एकाधिकार प्रणालीकबाट सिर्जित द्वन्द्वको व्यवस्थापन आवश्यक भएको र चालकलाई दक्ष बनाउने विषय सरकार र व्यवसायी दुवैको भएको बताए । समितिका अध्यक्ष जितबहादुर भारतीले यातायात क्षेत्रमा बढेको अस्वस्थ्य प्रतिस्पर्धाको अन्त्य हुनुपर्नेमा जोड दिँदै अझै पनि ७५ प्रतिशत पहाडी जिल्लाका सडक धुले सडक भएकाले दुर्घटना बढेको बताए । कार्यक्रममा सभासद् कञ्चनचन्द्र बादे श्रेष्ठ, यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ, समितिका संस्थापक अध्यक्ष डा सुरेन्द्र वादे, नेपाल यातयात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीलगायतले यातायात सेवालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्नेमा जोड दिए । झन्डै डेढ अर्बको लगानी भएको समितिमा अहिले बस, माइक्रोबस र  जिप सेवा गरी ५२७ सवारी साधन सञ्चालनमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending