Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

एमाओवादी संविधानका निम्ति मध्यस्थता गर्दै

\"Prachanda_Next\"काठमाडौं । सत्तापक्ष र आन्दोलनकारी शक्तिका बीचमा देखिएको तिक्तता मेटाई संविधान निर्माणमा देखिएको सकस फुकाउन प्रमुख प्रतिपक्षी दल एमाओवादीले मध्यस्थताको भूमिका निर्वाह गर्ने प्रयास थालेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, थरुहट(थारूवान संयुक्त संघर्ष समितिका पदाधिकारी र सत्तापक्षका कांग्रेस(एमालेसँग छुट्टाछुट्टै वार्ता गरेर एमाओवादीले यस्तो प्रयास थालेको हो। आन्दोलनकारी र सत्तापक्षका नेतासँग छुट्टाछुट्टै छलफल गरी संविधान निर्माणमा देखिएको सकस फुकाउन प्रयत्न गरिएको एमाओवादीका एक नेताले बताए। तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग मंगलबार अपराह्न वार्ता गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता बाबुराम भट्टराईसहित साँझ प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेका छन्। आफ्ना पार्टीका शीर्ष नेतालाई मंगलबार आफ्नै निवास लाजिम्पाटमा बोलाएर दाहालले संविधानसभाबाट संविधान घोषणा गर्ने एजेन्डा विफल हुने खतरा बढेको बिश्लेषण गर्दै सत्तापक्ष र आन्दोलनकारीका बीचमा छलफल गर्ने रणनीति बनाएका हुन्। ‘राष्ट्रिय समस्या समाधान गरेर संविधानसभाबाट संविधान घोषणा गराउन मधेसवादी दल र थारू आन्दोलनकारी नेतासँग छलफल गरी कांग्रेस(एमालेसँग गम्भीर वार्ता गर्ने निर्णय गरेका छौं,ु एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने। पाँच दिनभित्र आन्दोलनकारीसँग छलफल गरेर उनीहरूका गुनासा सम्बोधन गरी संविधान निर्माण प्रक्रियामा अधिकतम सहमति जुटाउने प्रयास दाहालले थालेका हुन्। सात प्रदेशको सीमांकनपछि तराईमधेसमा भइरहेको हिंसात्मक आन्दोलनका विषय सम्बोधन गरेर संविधानसभाबाट संविधान घोषणा गराउन अर्को सहमतिको आवश्यकता परेको एमाओवादीको ठम्याइ छ।दाहालले तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोन वार्ता गरेर उनीहरूलाई काठमाडौं बोलाएका हुन्। ठाकुरले मंगलबार अपराह्न दाहालसँग भेटेर तराईमधेसमा भइरहेको आन्दोलन, आन्दोलनकारीले उठाएका विषय र विगतमा भएका सहमति स्मरण गराउँदै कांग्रेस(एमालेलाई सहमतिमा ल्याउन दबाब दिनुपर्नेमा जोड दिएका थिए। फोरम अध्यक्ष यादव सोमबार नै वार्ताका लागि काठमाडौं आइपुगेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending