Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

टीकापुरमा के गर्दैछ नेपाली सेना ?

\"Nepaliकाठमाडौं । गत सोमबारको घटनापछि नेपाली सेना पनि टीकापुरमा खटिएको छ । सेनाले मार्छ, वित्यासै पार्छ जस्ता भ्रम पनि गाउँमा छन् । आजको कान्तिपुर दैनिकमाा खबर छ घटनालगत्तै आएको नेपाली सेनाले नेपाल प्रहरीसँग मिलेर यहाँका नागरिकको जीउधनको सुरक्षा गर्ने काम गरेको कर्णेल भुवनपूर्ण सत्यालले बताए ।   गाउँमा सेनाप्रतिको भ्रम हटाउन घरदैलोमा पर्चा बाँडेको छ । पर्चाको एकातिर नेपाली भाषा र अर्कोतिर थारू भाषाको प्रयोग गरिएको छ । सेनाले वितरण गरेको पर्चामा शान्तिसुरक्षा र सामाजिक सौहार्दलाई खलल पुर्‍याई तोडफोड, आगजनीजस्ता ध्वंसात्मक र हिंसात्मक कामका साथै कर्फ्यु आदेश उल्लंघन गरे शक्ति प्रयोग गर्ने चेतावनी छ ।   टीकापुरमा खटिएका सेनाका कर्णेल भुवनपूर्ण सत्यालले भने, ‘टीकापुरमा सुरक्षा भएन । साम्प्रदायिक द्वन्द्व भयो भनेर हामीलाई खटाइएको हो । यसका लागि हामी स्थानीयसँगको समन्वयमा काम गरिरहेका छौं ।’ कुनै समस्या, असुविधा, गुनासो भएमा सेनालाई टेलिफोनमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।   पर्चा बाँडेपछि त्यसमा उल्लिखित फोनमा आफूहरूलाई परेको समस्या सुनाएपछि उनीहरूलाई सहयोग पनि गर्ने गरेको सेनाका कर्णेल भुवनपूर्ण सत्यालले बताए । उनका अनुसार लगातारको कर्फ्युका कारण मानिसहरू अस्पतालमा आएर औषधि गर्न सक्ने अवस्था भएन । सेनाको टोलीले गाउँमै पनि औषधोपचार गर्ने गरेको र अस्पताल पुर्‍याउनुपर्नेलाई गाडीमा राखेर अस्पताल पनि ल्याएको छ ।   टीकापुर नगरपालिका–९ एकतापुर शिविरकी २७ वर्षीया कल्पना चौधरीलाई ४ दिनदेखि कब्जियत भएकामा उनलाई टीकापुर अस्पताल पुर्‍याएको उनले बताए । शंकरपुरकी सुनिता टमटा टीकापुर अस्पतालमा सुत्केरी हुँदा रगत आवश्यक भएपछि सेनाका जवानले २ पिन्ट रक्तदान गरे । ‘टीकापुर बजारमा टहरामा व्यापार गरी गुजारा गरिरहेकाहरू इलाका प्रशासन कार्यालयमार्फत हामीकहाँ आएका छन् । ५ जनाको टहरा बनाइदिने कुरा पनि हामीले गरेका छौं,’ कर्णेल सत्यालले भने । शान्ति सुरक्षाको साथसाथै सेनाप्रतिको नकारात्मक हल्लालाई कम गर्न प्रयास पनि भइरहेको सेनाका कर्णेल सत्यालले बताए । उनले भने, ‘सेनाप्रतिको त्रास र नकारात्मक धारणा हटाउन नागरिकहरूसित घुलमिल हुने काम गरिरहेका छौं ।’ ‘टीकापुर घटनाका कारण यहाँका बाटाभरि सिसा फुटाइएका थिए । बाटामा जलाइएको मोटरसाइकल र टायर जलाएको कालो धुलो थियो । पुराना कुरा बिर्साउन सजिलो होस् भनेर सरसफाइ पनि गरेका छौं,’ उनले भने । सेनालाई टीकापुरको भौगोलिक जानकारी नभएकाले गाइडका रूपमा नेपाल प्रहरीले सहयोग गरिरहेको पनि कर्णेल सत्यालले बताए । ‘आन्तरिक द्वन्द्वका कारण सुरक्षाका लागि हामी खटिएका हौं । यहाँ बसुन्जेल विकास र शान्ति सुव्यवस्था कायम गर्ने काम गर्छौं,’ कर्णेल सत्यालले भने । कर्फ्यु ३ घण्टा खुला प्रशासनले मंगलबार ३ घण्टा कर्फ्यु खुला गरेको छ । लगातारको २४ घन्टे कफर्युपछि मंगलबार ७ बजेदेखि १० बजेसम्म कफर्यु खुला गरेको छ । टीकापुर घटनाले असहज बनेको परिस्थितिमा लगाइएको कफर्यु कम गर्दै जनजीवन सामान्य बनाउने प्रयासस्वरूप कफर्यु खुला गरिएको प्रशासनले जनाएको छ । सोमबार २ घण्टा कफर्यु खुला गरिएकोमा मंगलबार एक घण्टा बढाएर ३ घण्टा बनाइएको छ । कफर्यु खुला गरेपछि टीकापुर बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ । कफर्यु खोलिएपछि सर्वसाधारण दैनिक आवस्यकताका सामान किन्न थालेका छन् । मानव अधिकार आयोगको चासो दाङ– राष्ट्रिय मानव अधिकार आयोगको टोलीले मंगलबार जिल्लाको आन्दोलन र मानव अधिकारको अवस्थाबारे अनुगमन गरेको छ । आयोगका सदस्य मोहना अन्सारीको टोलीले जिल्लाका मानव अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी, प्रशासन र आन्दोलनकारीसँग भेट गरी जिल्लाको अवस्थाबारे जानकारी लिएको छ । टोलीले घोराहीमा मानव अधिकार सञ्जालका सदस्यहरूसँग छलफल गरेको थियो । सञ्जालका संयोजक केशवकुमार शर्मा, नागरिक समाजका संयोजक टीकाराम रेग्मी, जिल्ला बारका अध्यक्ष भूपबहादुर केसी, पत्रकार महासंघका अध्यक्ष सुदीप गौतम, मावन अधिकार सञ्जालका सदस्य सुशील गौतम, चिन्तामणि पौडेल, श्रीमन न्यौपाने, विनोद केसी, मानव अधिकार एलाइन्सका अध्यक्ष विकिरण गौतमलगायतले आन्दोलन र दंगाग्रस्त क्षेत्र घोषणाका कारण बालबालिकाको पढ्न पाउने अधिकार हनन भएको बताएका थिए । उनीहरूले आयोगलाई मानवअधिकार हननका घटनामा गम्भीर चासो दिन आग्रह गरेका थिए । आयोगकी सदस्य अन्सारीले जबाफदेहिताको अभावमा अराजकता मौलाइरहेको बताइन् । ‘कसैमा जबाफदेहिता छैन । सामाजिक सद्भाव खल्बल्याउने अभिव्यक्तिले समस्या बढिरहेको छ,’ उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending