Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

त्रिपालमै बित्यो एक बर्ष, फाट्यो बाढी पहिरो पीडितको मन

\"tripal\"सुर्खेत । आकाश गड्याङगुडुङ गर्छ । आरती बिक को मन पनि सिरिङ्ग हुन्छ । भाइबहिनीहरु र साथीभाइहरुसंगै खेलिरहेकी उनी दौडिदै नजिकैको त्रिपालुमुनि जान्छिन् । पानी पर्दा त्यही त्रिपालले पनि  के छेक्थ्यो र सँधै भिज्ने गर्छिन उनी । छोराछोरीले भोक लाग्यो भन्छन चन्द्रबहादुरलाई के खुवाउने भन्ने चिन्ता पर्छ । आरती र चन्द्रबहादुर जस्तै हजारौ बाढी पीडितहरुलाई यस्तै तमाम समस्या र पीडाले चेपेको छ विगत एक वर्ष देखी  । १३ महिना वितिसक्दा पनि हरेक दिन त्रास अनि बिहान बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा बस्न बाध्य भएका छन यहाँका बाढीपहिरो पीडितहरु । एकातर्फ आफन्त र घरजग्गा गुमाउनुको पीडाले छोडेको छैन भने अर्को तर्फ आफ्नो दैनिकी गुजार्न उनीहरुलाई अहिले निकै मुस्किल परेको छ । अघिल्लो वर्षको वर्षातको समयमा बाढीपहिरोबाट विस्थापित भएकाहरु अर्को वर्षातको समय सकिन लाग्दासमेत त्रिपालमुनिको बसाईबाट मुक्त हुन सकेका छैनन उनीहरु  ।  एक वर्ष पीडा र समस्याकै बीच सकिएको छ उनीहरुको । अहिलेसम्म पनि सुर्खेतका विभिन्न ठाउँमा त्रिपाल मुनि बसेका बाढीपहिरो प्रभावित बालबालिकादेखि वृद्धवृद्धासम्मको पीडा उस्तै छन, समस्याहरु भmनै थपिएका छन । स्वास्थ्य, शिक्षा र आधारभूत आवश्यकताबाट पनि उनीहरु बञ्चित बन्नुपर्ने अवस्था छ । सरकारले तत्काल व्यवस्थापन र पुनस्र्थापना नगर्दा आफूले राम्रोसंग पढ्नसमेत नसकेको वीरेन्द्रनगर नगरपालिकाको सुब्बाकुनामा एकवर्षदेखि त्रिपालमुनि बस्दै आएकी आरती विकको भनाइ छ । कक्षा ५ मा पढ्ेन उनले अहिले धेरैजस्तो बिरामी परिने भएकोले पढ्न जान नसकेको बताइन । ‘घरमा ममी, ड्याडी पनि बिरामी हुनुहुन्छ , काम गर्न सक्नुहुन्न,’ उनले भनिन–‘म पनि बिरामी हुन्छु, उपचार गर्ने पैसा छैन, पढ्न जान सक्दिन ।’ उनी जस्तै धेरै विद्यालय जाने  बालबालिकाहरुको पढाई प्रभावित भएको छ ।  पहिले–पहिले विभिन्न संघसंस्थाहरुले केही  सहयोग गरे पनि अहिले कुनै पनि सहयोग  नगरेको गुनासो उनीहरुको छ । यस्तो  अवस्थामाझन साथ र सहयोग दिनुपर्ने साटो  हुनेखानेहरुले झन उनीहरुलाई गालीगलोज र  नानाथरी वचन लगाउने गरेको उनीहरुले  गुनासोे गरेका छन । जंगलको दाउरा र च्याउ  लिन जाँदा गाउँका अरु मानिसहरुले  आफुहरुलाई राक्षसको उपनाम दिने गरेको पनि  पीडितको गुनासो छ । ‘दाउरा लिन जाँदा पनि  कहाँका गुना बाँद आए भन्छन’ सुब्बाकुना शिविरकी मनिसा नेपालीले भनिन–‘ गाउँका मान्छेले तिमिलाई पोल्ने दाउरा लग्यौ भन्दै गाली गर्छन ।’ सहनै नसकिने वचन सुन्नु त छँदैछ अझ त्यहीमाथि अर्काको मजदुरी गरेर बल्लबल्ल जोहो गरेको एक छाक खाना पनि आफूहरुले खान नपाउने उनीहरुको भनाइ छ । गाउँमा छाडा छोडेका चौपायाहरु त्रिपालभित्र पसेर सबै खाईदिने गरेको पीडितहरुको भनाइ छ । १३ महिना बितिसक्दा पनि बाढीपहिरो प्रभावितहरुको पुनःस्थापना अझै हुन नसक्दा र सम्बन्धित निकायलाई जति भने पनि आफ्नो समस्याको समाधान नहुँदा र घाम पानीले त्रिपाल फाटेजस्तै आफ्नो दुःख र पीडाले मन फाटेको उनीहरुले बताएका छन । ‘के भनौ र? मनभरी पीडैपीडा छन, समस्या मात्रै छन,’ सोही शिविरमा बस्ने बालकुमारी न्यौपानेले भनिन–‘कतिवेला त  भिरमा गएर फङगालेर मरौकी जस्तो हुन्छ ।’ बाढी प्रभावितहरुका लागि अहिले सहरी तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले घर निर्माणका लागि रकम  वितरण गर्ने काम गरिरहेको छ । कार्यालयका अधिकृत मणीराम खनालले क्षतिपूर्ती पाँउ भनी निवेदन दिएकाहरुलाई  रकम वितरण गर्न सुरु गरिएको बताए । उनका अनुसार  अहिलेसम्म घर बनाउनको लागि दश जनाले दोस्रो  किस्तासम्म बुझिसकेका छन भने एक सय १३ जनाले पहिलो किस्ता मात्रै बुझेका छन । निवेदन दिएका मध्ये पनि केहीले रकम बुझ्न बाकी रहेको उनको भनाइ छ । बाढीपहिरोबाट १ हजार ४ सय ६८ घरधुरीमा पूर्णरुपमा क्षति भएको थियो । ८ सय ६४ घरपरिवार आंशिकरुपमा क्षति भएको थियो । सुर्खेतका बाढी प्रभावितहरुलाई अहिले विभिन्न स्थानमा सेल्टर बनाएर राखिएको छ । पहिलो चरणमा उनीहरु मध्ये एक हजार २१ घरपरिवारहरुको पुनःस्थापना गर्ने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । बाँकीको अर्को चरणमा पुनस्र्थापनाका काम हुने उनको भनाइ छ । गत साल आएको बाढीपहिरोबाट सुर्खेतमा एक सय २५ जनाको मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending