Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

संविधान पत्थरको लकिर होइनः प्रधानमन्त्री कोइराला

\"Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान कुनै पत्थरको लकिर नभएको बताएका छन्  । निर्माणाधीन संविधानमा थप अधिकारको माग राख्दै आन्दोलनरत आदिवासी–जनजाति बृहत् संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुसँगक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटको क्रममा प्रधनमन्त्रीले उत्त कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्री कोइरालाले सबै समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ताको माध्यमबाट गर्न सकिने भएकोले उत्तेजक र हिंसात्मक आन्दोलनमा नजान आदिवासी–जनजाति नेताहरुलाई अनुरोध गरेका थिए । ‘तपाईँहरुको मागका सम्बन्धमा म आफै अरु दलहरुसंग कुरा गर्दछु,” प्रधानमन्त्री कोइरालाले भने, ‘तर सानोतिनो बहानामा आन्दोलन नहोस् ।’ प्रधानमन्त्री कोइरालाले मुलुक शान्ति र स्थिरतातर्फ लम्किरहेको बेलामा कैलाली, पर्सा ,वारा लगायतका जिल्लामा भएको जनधनको क्षति निकै दुःखद् भएको उल्लेख गरे । सो अवसरमा प्रधानमन्त्री कोइरालाले विभिन्न राजनीतिक आस्था र विचार भएका पार्टीहरु लचिलो रुपमा प्रस्तुत भएर सबैको भावनालाई समेटेर सबैलाई मिलाएर पहिलो चोटी संविधान सभाबाट संविधान आउन लागेको उल्लेख गर्दै भने , ‘यो पत्थरको लकिर पनि होइन र यो नै अन्तिम लेनदेन पनि होइन । गतिशील संविधानमा आज मिलेन भन्दैमा भोली नहुने कुरा छैन।’ ‘मैले शान्ति,स्थायित्व र विकासका लागि तपाईँहरुबाट ठूलो अपेक्षा राखेको छु,’ प्रधानमन्त्री कोइरालाले भने ,‘ मुलुकलाई द्वन्द्वमा जानबाट सबैले रोक्नु पर्दछ । नेपाललाई द्वन्द्वबाट जोगाउनु पर्दछ । नेपाललाई बचाउनु पर्दछ ।” सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुक द्वन्द्वमा फसेपछि उम्किन कठिन हुने बताउँदै उनले जनतालाई छिटो छरितो र भरपर्दो रुपमा सेवा दिनका लागि जिल्ला सदरमुकाममा रहेका कार्यालयहरु यथावत राखी अन्य क्षेत्रमा सेवाकेन्द्र स्थापना गर्दा समेत जनता आन्दोलनमा उत्रेर जीवन गुमाएको घट्नाको स्मरण गराउदै आम जनतासमक्ष सही र यथार्थ सूचना नपुग्दा पनि समस्या उत्पन्न  हुने गरेको बताए । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि आम जनताको विकास प्रतिको चाहना चुलिएको उल्लेख गर्दै भने ,‘ जुन स्थिति नेपालको अहिले छ, यस पहिले यस्तो थिएन । अब नेपाल विकासतिर लम्कन्छ । आधुनिक युगमा मेसिनरीको सहायताले  काम पहिलेको भन्दा छिटो हुन्छ । ८÷१०बर्षमा छलाङ्ग हान्ने अवस्था छ ।’ सो अवसरमा बृहत् संयुक्त संघर्ष समितिमा रहेका आदिवासी–जनजाति नेताहरुले संविधानको विधेयकमा भएका प्रावधानमा जनजाति आयोग गठन गरिेनु पर्ने, प्रदेशको संरचनामा जातीय सम्बन्ध र बसोवासलाई सहज हुने गरी बनाउनु पर्ने,संविधानमा समानुपातिक समावेशी भन्ने बाक्यांश राखिनु पर्ने लगायतका विषयहरु समेटिएको ज्ञापन पत्र प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । भेटका अवसरमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले अहिले संविधानसभामा रहेका र सरकारमा रहेका पार्टीहरु विगत २ सय ४०  बर्षको विरासत लिएका शक्तिसंग लडेको पार्टीहरु भएकोले विगतमा भएका विभेदसंग वर्तमान सरकार र पार्टीलाई नजोड्न आग्रह गर्दै भने ,‘हामी त समाजमा विभेद नहोस् । न्याय होस् । शान्ति,स्थायित्व र  विकास होस भनेर लागेको छौ ।’ उनलउे थपे ‘यसका लागि पनि संविधानसभाबाट यस्ता अधिकारहरु सुरक्षित गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान ल्याउन परेको छ । त्यसमा तपाईँहरुको सहयोगको ठूलो अपेक्षा गरेका छौ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending