Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

सातै प्रदेशको बजेट घोषणा, कुन प्रदेशमा कति ? (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले वार्षिक बजेट सार्वजनिक गरेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गरिएको हो ।
कुन प्रदेशको कति बजेट ?

कोशी प्रदेश

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्व २७ करोड ९३ लाख बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामवहादुर मगरले शनिबार चालु आर्थिक वर्ष २०८० / ८१ बजेट भन्दा करिव एक अर्व कमको बजेट सार्वजनिक गरेका थिए । मन्त्री मगरले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिए ।

मधेश प्रदेश

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ३४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । मधेश प्रदेश सरकारका अर्थमन्त्री भरत प्रसाद शाहले प्रदेश सभामा पेश गरेको बजेटमा चालुतर्फ १५ अर्ब २२ करोड र पूँजीगततर्फ १६ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । बजेटमा कृषियोग्य भूमिको सदुपयोग, निर्वाहमुखी खेती प्रणालीललाई व्यवसायिक बनाउने, रोजगारी सृजना गर्ने विषय प्राथमिकतामा राखिएको अर्थमन्त्री शाहले बताए ।

बागमती प्रदेश

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्व ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्व १० करोड १६ लाख ८२ हजार र पुँजिगततर्फ ३६ अर्व ९३ करोड ८७ लाख रुपैयाँ बजेट छुट्याईएको छ । सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए । गतवर्ष बागमती प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँ को बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । आर्थिक मामिलामन्त्री टकराज गुरूङले आज बजेट सार्वजनिक गर्दै प्रदेशमा दूध, अण्डा ,तथा माछा उत्पादन वृद्धि गर्दै निर्यात प्रवद्र्धनका लागि विभिन्न व्यवस्था गरी त्यसका लागि बजेट विनियोजन गरे ।

 

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च र दिगोे आर्थिक वृद्धिसहितको आर्थिक स्थायित्वमा जोड दिइएको छ । त्यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, भौतिक पूर्वाधारको परिमाण र गुणस्तर अभिवृद्धि गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

 

कर्णाली प्रदेश

त्यस्तै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट पेश गरेको छ । जसमध्ये पुँजीगत तर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले पेश गरेको बजेटमा मुख्यमन्त्री रोगजार कार्यक्रमका लागि १ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले ३ सय ७० विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकासका लागि १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आर्थिक बर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले पेश गरेको बजेटमा पुँजीगततर्फ १७ अर्ब ५३ करोड र चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा कृषि यान्त्रिकरण, बाली विशेष कार्यक्रम, बीउ उत्पादनमा आत्मनिर्भर बनाउने, पशुुपालन तथा मासुु उत्पादन वृद्धिको योजना राखिएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

तीन दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू हुँदै

काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...

५५–३० को प्रस्तावले बढायो राजीनामा, सुविधा जोगाउन कर्मचारीको हतार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...

वैशाखदेखि विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...

अर्जेन्टिना संघर्षपूर्ण जितसहित अन्तिम १६ मा, मेस्सीले बनाए नयाँ कीर्तिमान

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लट...

मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा...

संवाद नगरी निर्वाचन आयोगमा नियुक्ति अघि बढाइयो, प्रधानमन्त्रीको शैलीप्रति आङ्देम्बेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...

एमाले-नेकपा एकता : सम्भावना कि सपना ?

एकता चर्चामा ओली–प्रचण्डबीच विश्वासको संकट कायमै

१०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending