Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सातै प्रदेशको बजेट घोषणा, कुन प्रदेशमा कति ? (पूर्णपाठ)

खबरडबली संवाददाता

काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले वार्षिक बजेट सार्वजनिक गरेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गरिएको हो ।
कुन प्रदेशको कति बजेट ?

कोशी प्रदेश

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्व २७ करोड ९३ लाख बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामवहादुर मगरले शनिबार चालु आर्थिक वर्ष २०८० / ८१ बजेट भन्दा करिव एक अर्व कमको बजेट सार्वजनिक गरेका थिए । मन्त्री मगरले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिए ।

मधेश प्रदेश

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ३४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । मधेश प्रदेश सरकारका अर्थमन्त्री भरत प्रसाद शाहले प्रदेश सभामा पेश गरेको बजेटमा चालुतर्फ १५ अर्ब २२ करोड र पूँजीगततर्फ १६ अर्ब १२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । बजेटमा कृषियोग्य भूमिको सदुपयोग, निर्वाहमुखी खेती प्रणालीललाई व्यवसायिक बनाउने, रोजगारी सृजना गर्ने विषय प्राथमिकतामा राखिएको अर्थमन्त्री शाहले बताए ।

बागमती प्रदेश

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्व ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्व १० करोड १६ लाख ८२ हजार र पुँजिगततर्फ ३६ अर्व ९३ करोड ८७ लाख रुपैयाँ बजेट छुट्याईएको छ । सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए । गतवर्ष बागमती प्रदेश सरकारले ६२ अर्ब र ७० करोड ९० लाख रुपैयाँ को बजेट ल्याएको थियो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा झण्डै ४५ करोड रूपैयाँले कम हो । आर्थिक मामिलामन्त्री टकराज गुरूङले आज बजेट सार्वजनिक गर्दै प्रदेशमा दूध, अण्डा ,तथा माछा उत्पादन वृद्धि गर्दै निर्यात प्रवद्र्धनका लागि विभिन्न व्यवस्था गरी त्यसका लागि बजेट विनियोजन गरे ।

 

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार र पुजीगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशको समग्र आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै उच्च र दिगोे आर्थिक वृद्धिसहितको आर्थिक स्थायित्वमा जोड दिइएको छ । त्यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच, भौतिक पूर्वाधारको परिमाण र गुणस्तर अभिवृद्धि गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

 

कर्णाली प्रदेश

त्यस्तै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट पेश गरेको छ । जसमध्ये पुँजीगत तर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले पेश गरेको बजेटमा मुख्यमन्त्री रोगजार कार्यक्रमका लागि १ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । कर्णाली प्रदेश सरकारले ३ सय ७० विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकासका लागि १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको हाम्रा सहकर्मीले जनाएका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले नयाँ आर्थिक बर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले पेश गरेको बजेटमा पुँजीगततर्फ १७ अर्ब ५३ करोड र चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा कृषि यान्त्रिकरण, बाली विशेष कार्यक्रम, बीउ उत्पादनमा आत्मनिर्भर बनाउने, पशुुपालन तथा मासुु उत्पादन वृद्धिको योजना राखिएका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending