Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

चलचित्र ‘बोक्सीको घर’ निरन्तर ५१ औँ दिन प्रर्दशनपछि उठयो १० करोड

खबरडबली संवाददाता

काठमाडौं  । चलचित्र‘बोक्सीको घर’ निरन्तर ५१औँ दिन प्रर्दशनपछि १० करोड उठेको छ । मुअक र मनोरञ्जन कर बाहेक निर्माण पक्ष र चलचित्र प्रर्दशन गर्ने हलले ५० ५० प्रतिशत हिस्सा बाढ्ने प्रावधान छ ।

यो वर्ष प्रदर्शनको ५१औँ दिन पूरा गर्ने दोस्रो चलचित्र ‘बोक्सीको घर’ बनेको छ । काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१औँ दिन पूरा गरिरहँदा चलचित्रले व्यावसायिक रुपमा पनि सफलता प्राप्त गरेको हो ।

निर्माण पक्षले दश करोड हाराहारीमा चलचित्रले कूल व्यापार ९ग्रस कलेक्सन० गरेको बताएका छन् । यो अभिनेत्री केकी अधिकारीको पहिलो सर्वाधिक सफल चलचित्रसमेत बनेको छ । सयौँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) मा अभिनय गरेपछि डेढदशक अगाडि अधिकारी ‘स्वर’ चलचित्रमार्फत अभिनेत्रीको रुपमा ठूलो पर्दामा आएकी थिइन् । स्वर चलचित्रमा उनी बाहेक प्रायः नयाँ कलाकार भएकाले दर्शकलाई चलचित्र भवनसम्म ल्याउने श्रेय उनलाई गयो ।

निरन्तर चलचित्र क्षेत्रमा व्यस्त अभिनेत्री अधिकारीले दुई वर्ष आगाडि चलचित्र ‘बोक्सीको घर’ मा अभिनय गर्न अडिसन दिएको बताइनत् । उनले भूमिका निर्वाह गर्न सक्ने वा नसक्ने भन्ने थाहा पाउन निर्देशक सुलक्षण भारतीले क्यामेरा अगाडि अभिनय गर्न लगाएका थिए ।

“मलाई त्यो भूमिका निर्वाह गर्नुथियो । मैले गरिरहेको काम भन्दा फरक भएकाले मैले नयाँ कलाकार जस्तै अभिनय सिकेर, अडिसन दिएर काम गरेकी हुँ”, अभिनेत्री अधिकारीले भनिन् । डेढ दशकपछि अडिसन दिनुको कारण उनलाई उक्त पात्र निर्वाह गर्दा देखाउन सकिने कलाकारिता र चलचित्रले उठान गरेको विषय थियो ।

कोरोना महामारी अगाडि उनले मण्डला नाटकघरमा नै बोक्सिको घर नाटक हेरिन् । नाटक हेरेपछि शीर्ष भूमिका निर्वाह गरेकी सरिता गिरी र निर्देशक भारतीलाई बधाई दिएको उनले स्मरण गरिन् ।

गम्भीर विषयलाई मनोरञ्जनात्मक प्रस्तुति दिन सकिन्छ भन्ने लागेकाले कोरोना महामारीको बन्दाबन्दीमा पनि अभिनेत्री अधिकारीले ‘बोक्सीको घर’ चलचित्र बनाउने सोच बनाएको बताइन् ।

पहिलो निर्मित चलचित्र भारतीयको नक्कल रहेको आरोप खेपेकी अभिनेत्री अधिकारीले यसपटक मौलिकसँगै सामाजिक विषयलाई पर्दामा ल्याउने अठोट गरिन् । “मैले यो कथालाई बढीभन्दा बढी दर्शकलाई देखाउनु पर्छ भनेर बनाउने प्रस्ताव लिएर निर्देशक भेटेँ । उहाँले सुरुमा अस्वीकार गर्नुभयो, मैले निरन्तर प्रयास गरेर सहमत गराएँ”, उनले भनिन् ।

उनी आफूलाई उक्त पात्रमा तयार गर्ने श्रेय निर्देशक भारतीलाई दिन्छिन् । उनले चलचित्र सुरु हुनुअघि छ महिना प्रशिक्षण लिइन् । “यो पात्रलाई बाँच्नु थियो । त्यसैले मैले दैनिक बिहान ५ बजेदेखि ८ बजेसम्म उक्त पात्रबारे कार्यशाला (वर्कशप) गर्थे । महिलाको यो कथालाई अगाडि ल्याउनु थियो । मलाई उक्त पात्रमा तयार गर्न निर्देशकले निकै मेहनत गर्नुभएको छ”, अभिनेत्री अधिकारीले भनिन् ।

प्राय नेपाली चलचित्रमा अभिनेत्रीलाई अभिनेताका लागि मात्र राखिने गरेकोबारे उनी अवगत छिन् । उनले पनि यस्तै भूमिका निर्वाह गर्दै आएकी छिन् । अभिनेत्रीले निर्माण गर्ने चलचित्रले महिला सशक्तीकरणको विषयसँगै मौलिक कथालाई अगाडि ल्याउनु पर्ने बताइन् ।

“धेरै चलचित्रमा अभिनेत्रीले परनिर्भर भूमिका निभाएका छन् । सायद, पुरुष हिरो हुँदा चलचित्र चल्छ भन्ने मान्यता पनि होला । त्यहीकारण पनि यसपटक चलचित्रमा अधिकांश मुख्य पात्र महिला नै राख्यौँ”, अभिनेत्री अधिकारीले भनिन्, “कमै नाटकलाई चलचित्र बनाइने गरिन्छ । नाटकघरमा नाटक मञ्चन हुँदा व्यावसायिक दबाब कम हुन्छ । चलचित्र भवनमा आउँदा लागत बढ्ने भएकाले बजारलाई ध्यान दिनु अत्यावश्यक हुन्छ ।”

कोरोना महामारी पश्चात् नाटकबाट चलचित्र बनेको ‘पानीफोटो’ र ‘डिग्री माइला’लाई दर्शकले साथ दिए पनि ‘बोक्सीको घर’ भने चलचित्रको भाषामा ‘ब्लकबष्टर’ नै भएको अधिकारीको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

एशियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार ...

सुर्खेतबाट भरूवा बन्दुकसहित पक्राउ

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ...

नरहरि प्रेमी र आइस्मा मगरको ' तिमी नै हौ सास मेरो ' सार्वजनिक

काठमाडाैं ।  गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनि...

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा...

अध्यागमनको ‘इमेज’ सुधार आवश्यः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बता...

निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिताः कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहे...

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

बाँके । नेपालगंजबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका  छनन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद  हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्द...

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ पररेका छन् । पक्राउ पर्नेममा कपिलवस्त...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा

काठमाडौँ।  चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy