Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

कांग्रेसमा देउवापछि उत्तराधिकारीबारे को  ? शशांक उत्साहित, शेखर नरम

विश्वप्रकाश र प्रदीपसहित युवा पंक्तिको साथ खोज्दै गगन

खबरडबली संवाददाता

काठमाडौं । ‘शेरबहादुर देउवाको समर्थनमा १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, नहुने भन्ने के छ र ?’ २०८० भदौ १९ गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले चितवन पुगेर देउवाको साथ र समर्थन पाउने संकेत गरे। शशांक मात्र होइनन्, पार्टी नेतृत्वका अन्य आकांक्षी पनि देउवासँग निकटता बढाएर नेतृत्वमा पुग्ने चाहनामा छन्।

कांग्रेस विधानको विद्यमान व्यवस्थाले देउवालाई अब नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन। विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले देउवाको समेत विश्वास बटुलेर उनको उत्तराधिकारी बन्ने होड कांग्रेस नेतामा तीव्र बन्दै गएको हो। १४औं महाधिवेशन सकिएसँगै कांग्रेसमा अर्को महाधिवेशनको नेतृत्वको जोडघटाउ सुरु भएको हो। विधानको वैधानिक व्यवस्था अर्थात् चार वर्षमा महाधिवेशन भए कांग्रेसको १५ औं महाधिवेशन २०८२ सालमा हुनेछ।

तर २०४६ को राजनीतिक परिवर्तनपछि कांग्रेसको महाधिवेशन विधानले व्यवस्था गरेको अतिरिक्त सुविधा मात्र होइन, संवैधानिक सीमा र बाध्यताका कारण हुने गरेको छ। त्यसले गर्दा कांग्रेसको १५औं महाधिवेशन २०८२ मा हुने सम्भावना अत्यन्तै कम छ। यद्यपि नेताहरू शशांक कोइराला मात्र होइन, कांग्रेसका आधा दर्जन नेताहरू देउवापछि पार्टीको नेतृत्वमा पुग्ने आकांक्षमा छन्। पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालाका साथै उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा नेतृत्व आकांक्षी छन्।

पूर्वउपसभापति निधि पनि देउवासँग चिसिएको सम्बन्ध सुधार गरेर उत्तराधिकारी बन्ने कोसिसमा छन्। १४औं महाधिवेशनमा देउवासँगै निधि सभापतिको प्रत्यासी बनेका थिए। पहिलो चरणमा देउवाले सभापति निर्वाचित हुन आवश्यक पर्ने मत पाएनन्। त्यसपछि भएको निर्वाचनमा निधि देउवाको पक्षमा खुलेका थिए।

देउवासँग सम्बन्ध विस्तारसँगै पार्टीका नेता–कार्यकर्तासँगको भेटघाटलाई निधि बढाउँदै लगेका छन्। केही दिनअघि कर्णालीका केही जिल्ला पुगेर आएका निधि अन्य जिल्ला जाने तयारीमा छन्। निधि मात्र होइन, १४औं महाधिवेशनमा सिंह पनि सभापतिको प्रत्यासी थिए । महाधिवेशनअघिसम्म सिंह देउवाविरोधी देखिएका थिए।

नेतृत्व प्रतिस्पर्धामा तेस्रो भएपछि सिंह दोस्रो चरणमा भएको निर्वाचनमा देउवाको पक्षमा उभिएका थिए। अहिले स्वास्थ्य उपचारमा रहेका सिंह आगामी नेतृत्वका लागि देउवाको साथ र सहयोग पाउने आशामा छन्। पार्टीको १३औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका सिटौला १४औंमा देउवाको सहयोगी बनेका थिए। 

तत्कालीन संस्थापन पक्षसँग सिटौलाले विद्रोह गरेर सभापतिको प्रत्यासी बन्दा देउवालाई पहिलो पटक कांग्रेस नेतृत्वमा पुग्न सहज बनेको थियो । त्यसलाई निरन्तरता दिँदै सिटौला १४औं महाधिवेशनमा निकट नेता प्रदीप पौडेललाई देउवा समूहबाट महामन्त्रीका प्रत्यासी बनाएका थिए। २०७९ सालमा भएको आम निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित पौडेलले अहिले सिटौलाको साथ छाडेका छन्। तर सिटौलाले भने देउवाको साथ छाडेका छैनन्। बरु, देशदौडाहामा निस्कने र देउवाको विकल्प बन्ने उनको तयारी छ।

कांग्रेस, माओवादीसहितको फागुन २१ गतेअघिको गठबन्धन कायमै भएको भए राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा पुगेर सिटौला सत्ता राजनीतिमा सक्रिय हुन चाहेका थिए। तर माओवादीले कांग्रेससँगको गठबन्धन तोडेसँगै सिटौला अध्यक्षको जिम्मेवारीमा पुग्न चुके।

त्यससँगै उनको ध्यान पार्टी नेतृत्वमा केन्द्रित भएको निकटहरूको दाबी छ। उपसभापति खड्का पनि देउवाको समर्थनमा आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने रणनीतिमा छन् । संस्थापन पक्षको नेतृत्व देउवापछि आफूले गर्ने उनको बुझाइ छ। सोहीअनुसार आफ्नो सक्रियता बढाएका छन्। तर संस्थापनभित्रकै नेताहरूमा एकमत नरहेकोे निकटहरू बताउँछन्।

१४ औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका शेखर कोइराला नेतृत्वमा पुग्ने लक्ष्यसहित भेटघाट र कार्यक्रमहरूमा सक्रिय छन्। १४औं महाधिवेशनमा आफ्ना भाइ शशांक र बहिनी सुजाताको समर्थन पाउन असफल शेखर अहिले परिवारका साथै पार्टीका नेता तथा कार्यकर्ताको थप विश्वाससहित नेतृत्वमा पुग्ने रणनीतिमा छन्।

सोहीअनुसार शेखरले केही दिनअघि मात्र सुजातासँग भेटघाट गरेका छन्। सभापतिको पनि विश्वास लिएर अघि बढ्ने रणनीतिमा रहेका शेखर त्यही भएर देउवाप्रति नरम सुनिन थालेको आलोचकहरूले बताउन थालेका छन्। तर शेखरले त्यसलाई खण्डन गर्दै आएका छन्। पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट र जिल्ला दौडाहालाई तीव्र बनाएका छन्।

पार्टीको १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको प्रत्यासी बनेका गगनकुमार थापा १४औं महाधिवेशन शेखर समूहबाट महामन्त्री निर्वाचित भए। महामन्त्रीको जिम्मेवारीमा पुगे पनि अपेक्षित काम गर्न नसकेको भन्दै आलोचनो पारो बढ्दै गए पनि थापाले पार्टीमा सुधारका लागि ड्राभिङ सिटमा नबसी सम्भव नहुने बताउँदै आएका छन्। १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने उनले बताउँदै आएका छन्। त्यसको तयारी अनुसार उनले यसबीचमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै सोहीअनुसारको भेटघाट र तयारीमा जुटेका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलको समेत साथ लिएर थापा पार्टी नेतृत्वमा धक्का दिने रणनीतिमा रहेको निकटहरूको दाबी छ। तर महाधिवेशनसम्ममा शर्मा र पौडेलको साथ थापाले पाउँछन् वा पाउनन् भन्ने अनिश्चिता भने कायमै छ।

नेतृत्वमा पुग्ने आकांक्षा र चाहनाका साथ कांग्रेसका नेताहरूले सक्रियता बढाए पनि देउवाले भने अहिलेसम्म आफ्नो उत्तराधिकारीबारे मुख खोलेका छैनन्। आफू बिपीको सच्चा अनुयायी भएको बताउने गरेका देउवाका लागि नेतृत्व प्रतिस्पर्धामा भएकामध्ये शशांक कम रिस्क भएको उम्मेदवार रहेको निकटहरूको बुझाइ छ।

जीवनको उत्तरार्धमामा पार्टी नेतृत्व बिपीकै छोरामा हस्तान्तरण गर्ने लागेको ‘इमोस्नल’ कुरा गरेर पत्नी आरजुसहित निकटहरूको व्यवस्थापनलाई सहज बनाउन सक्ने विश्लेषण पनि कांग्रेसभित्र गर्न थालिएको छ । १४औं महाधिवेशनमा दाजु शेखरको पक्षमा शशांक नखुल्नु र एक वर्षअघि नै देउवाको साथ पाउने अभिव्यक्तिलाई कांग्रेसजनले सोहीअनुसार विश्लेषण गर्न थालेका छन्। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending