Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेसमा देउवापछि उत्तराधिकारीबारे को  ? शशांक उत्साहित, शेखर नरम

विश्वप्रकाश र प्रदीपसहित युवा पंक्तिको साथ खोज्दै गगन

खबरडबली संवाददाता

काठमाडौं । ‘शेरबहादुर देउवाको समर्थनमा १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, नहुने भन्ने के छ र ?’ २०८० भदौ १९ गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले चितवन पुगेर देउवाको साथ र समर्थन पाउने संकेत गरे। शशांक मात्र होइनन्, पार्टी नेतृत्वका अन्य आकांक्षी पनि देउवासँग निकटता बढाएर नेतृत्वमा पुग्ने चाहनामा छन्।

कांग्रेस विधानको विद्यमान व्यवस्थाले देउवालाई अब नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन। विधानले लगातार दुईपटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। त्यसैले देउवाको समेत विश्वास बटुलेर उनको उत्तराधिकारी बन्ने होड कांग्रेस नेतामा तीव्र बन्दै गएको हो। १४औं महाधिवेशन सकिएसँगै कांग्रेसमा अर्को महाधिवेशनको नेतृत्वको जोडघटाउ सुरु भएको हो। विधानको वैधानिक व्यवस्था अर्थात् चार वर्षमा महाधिवेशन भए कांग्रेसको १५ औं महाधिवेशन २०८२ सालमा हुनेछ।

तर २०४६ को राजनीतिक परिवर्तनपछि कांग्रेसको महाधिवेशन विधानले व्यवस्था गरेको अतिरिक्त सुविधा मात्र होइन, संवैधानिक सीमा र बाध्यताका कारण हुने गरेको छ। त्यसले गर्दा कांग्रेसको १५औं महाधिवेशन २०८२ मा हुने सम्भावना अत्यन्तै कम छ। यद्यपि नेताहरू शशांक कोइराला मात्र होइन, कांग्रेसका आधा दर्जन नेताहरू देउवापछि पार्टीको नेतृत्वमा पुग्ने आकांक्षमा छन्। पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालाका साथै उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा नेतृत्व आकांक्षी छन्।

पूर्वउपसभापति निधि पनि देउवासँग चिसिएको सम्बन्ध सुधार गरेर उत्तराधिकारी बन्ने कोसिसमा छन्। १४औं महाधिवेशनमा देउवासँगै निधि सभापतिको प्रत्यासी बनेका थिए। पहिलो चरणमा देउवाले सभापति निर्वाचित हुन आवश्यक पर्ने मत पाएनन्। त्यसपछि भएको निर्वाचनमा निधि देउवाको पक्षमा खुलेका थिए।

देउवासँग सम्बन्ध विस्तारसँगै पार्टीका नेता–कार्यकर्तासँगको भेटघाटलाई निधि बढाउँदै लगेका छन्। केही दिनअघि कर्णालीका केही जिल्ला पुगेर आएका निधि अन्य जिल्ला जाने तयारीमा छन्। निधि मात्र होइन, १४औं महाधिवेशनमा सिंह पनि सभापतिको प्रत्यासी थिए । महाधिवेशनअघिसम्म सिंह देउवाविरोधी देखिएका थिए।

नेतृत्व प्रतिस्पर्धामा तेस्रो भएपछि सिंह दोस्रो चरणमा भएको निर्वाचनमा देउवाको पक्षमा उभिएका थिए। अहिले स्वास्थ्य उपचारमा रहेका सिंह आगामी नेतृत्वका लागि देउवाको साथ र सहयोग पाउने आशामा छन्। पार्टीको १३औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका सिटौला १४औंमा देउवाको सहयोगी बनेका थिए। 

तत्कालीन संस्थापन पक्षसँग सिटौलाले विद्रोह गरेर सभापतिको प्रत्यासी बन्दा देउवालाई पहिलो पटक कांग्रेस नेतृत्वमा पुग्न सहज बनेको थियो । त्यसलाई निरन्तरता दिँदै सिटौला १४औं महाधिवेशनमा निकट नेता प्रदीप पौडेललाई देउवा समूहबाट महामन्त्रीका प्रत्यासी बनाएका थिए। २०७९ सालमा भएको आम निर्वाचनमा काठमाडौं–५ बाट निर्वाचित पौडेलले अहिले सिटौलाको साथ छाडेका छन्। तर सिटौलाले भने देउवाको साथ छाडेका छैनन्। बरु, देशदौडाहामा निस्कने र देउवाको विकल्प बन्ने उनको तयारी छ।

कांग्रेस, माओवादीसहितको फागुन २१ गतेअघिको गठबन्धन कायमै भएको भए राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा पुगेर सिटौला सत्ता राजनीतिमा सक्रिय हुन चाहेका थिए। तर माओवादीले कांग्रेससँगको गठबन्धन तोडेसँगै सिटौला अध्यक्षको जिम्मेवारीमा पुग्न चुके।

त्यससँगै उनको ध्यान पार्टी नेतृत्वमा केन्द्रित भएको निकटहरूको दाबी छ। उपसभापति खड्का पनि देउवाको समर्थनमा आगामी महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने रणनीतिमा छन् । संस्थापन पक्षको नेतृत्व देउवापछि आफूले गर्ने उनको बुझाइ छ। सोहीअनुसार आफ्नो सक्रियता बढाएका छन्। तर संस्थापनभित्रकै नेताहरूमा एकमत नरहेकोे निकटहरू बताउँछन्।

१४ औं महाधिवेशनमै सभापतिको प्रत्यासी बनेका शेखर कोइराला नेतृत्वमा पुग्ने लक्ष्यसहित भेटघाट र कार्यक्रमहरूमा सक्रिय छन्। १४औं महाधिवेशनमा आफ्ना भाइ शशांक र बहिनी सुजाताको समर्थन पाउन असफल शेखर अहिले परिवारका साथै पार्टीका नेता तथा कार्यकर्ताको थप विश्वाससहित नेतृत्वमा पुग्ने रणनीतिमा छन्।

सोहीअनुसार शेखरले केही दिनअघि मात्र सुजातासँग भेटघाट गरेका छन्। सभापतिको पनि विश्वास लिएर अघि बढ्ने रणनीतिमा रहेका शेखर त्यही भएर देउवाप्रति नरम सुनिन थालेको आलोचकहरूले बताउन थालेका छन्। तर शेखरले त्यसलाई खण्डन गर्दै आएका छन्। पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट र जिल्ला दौडाहालाई तीव्र बनाएका छन्।

पार्टीको १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको प्रत्यासी बनेका गगनकुमार थापा १४औं महाधिवेशन शेखर समूहबाट महामन्त्री निर्वाचित भए। महामन्त्रीको जिम्मेवारीमा पुगे पनि अपेक्षित काम गर्न नसकेको भन्दै आलोचनो पारो बढ्दै गए पनि थापाले पार्टीमा सुधारका लागि ड्राभिङ सिटमा नबसी सम्भव नहुने बताउँदै आएका छन्। १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने उनले बताउँदै आएका छन्। त्यसको तयारी अनुसार उनले यसबीचमा विभिन्न अभियान सञ्चालन गर्नुका साथै सोहीअनुसारको भेटघाट र तयारीमा जुटेका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेलको समेत साथ लिएर थापा पार्टी नेतृत्वमा धक्का दिने रणनीतिमा रहेको निकटहरूको दाबी छ। तर महाधिवेशनसम्ममा शर्मा र पौडेलको साथ थापाले पाउँछन् वा पाउनन् भन्ने अनिश्चिता भने कायमै छ।

नेतृत्वमा पुग्ने आकांक्षा र चाहनाका साथ कांग्रेसका नेताहरूले सक्रियता बढाए पनि देउवाले भने अहिलेसम्म आफ्नो उत्तराधिकारीबारे मुख खोलेका छैनन्। आफू बिपीको सच्चा अनुयायी भएको बताउने गरेका देउवाका लागि नेतृत्व प्रतिस्पर्धामा भएकामध्ये शशांक कम रिस्क भएको उम्मेदवार रहेको निकटहरूको बुझाइ छ।

जीवनको उत्तरार्धमामा पार्टी नेतृत्व बिपीकै छोरामा हस्तान्तरण गर्ने लागेको ‘इमोस्नल’ कुरा गरेर पत्नी आरजुसहित निकटहरूको व्यवस्थापनलाई सहज बनाउन सक्ने विश्लेषण पनि कांग्रेसभित्र गर्न थालिएको छ । १४औं महाधिवेशनमा दाजु शेखरको पक्षमा शशांक नखुल्नु र एक वर्षअघि नै देउवाको साथ पाउने अभिव्यक्तिलाई कांग्रेसजनले सोहीअनुसार विश्लेषण गर्न थालेका छन्। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending