Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

ट्रम्पको टिप्पणीलाई ‘गम्भीरतापूर्वक’ लिन्छु : पुटिन

खबरडबली संवाददाता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनमा भएको द्वन्द्वलाई चाँडै समाप्त गर्नसक्ने अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भनाइलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहसका क्रममा गत साता ट्रम्पले राष्ट्रपतिमा आफू निर्वाचित भए सन् २०२५ जनवरीमा पदभार ग्रहण गर्नुअघि नै द्वन्द्व ‘समाधान’ गर्ने बताएका थिए । “राष्ट्रपतिको उम्मेदवारका रूपमा श्री ट्रम्पले आफू तयार रहेको र युक्रेनमा युद्ध रोक्न चाहेको भन्ने तथ्यलाई हामी गम्भीररूपमा लिन्छौँ”, पुटिनले अस्तानामा पत्रकार सम्मेलनमा भने । 

रुसले सामान्यतया युक्रेनमाथि आफ्नो सैन्य आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भनेर बुझाउने गरेको छ । युद्धको तेस्रो वर्षमा अन्त्य गर्ने ट्रम्पको विशिष्ट प्रस्तावबाट आफू ‘परिचित’ नभएको पुटिनले बताए ।

“निश्चितरूपमा यो मुख्य प्रश्न हो”, उनले भने, “तर उहाँले यो इमान्दारीपूर्वक भन्नुहुन्छ र हामी यसलाई समर्थन गर्छौं भन्नेमा मलाई कुनै शङ्का छैन ।” पुटिनले द्वन्द्व समाप्त गर्न सधैँ वार्ताका लागि तयार रहेको दाबी गरेका छन्  तर गत महिना उनले युद्धविरामको पूर्वशर्तका रूपमा युक्रेनले प्रभावकारीरूपमा आत्मसमर्पण गर्नुपर्ने माग गरेका थिए ।

युक्रेनले रुसको आक्रमण समाप्त होस् भन्ने चाहन्छ भने उसले मुलुकको दक्षिण र पूर्वबाट आफ्ना सैनिक हटाउन र हाल रुसी सेनाले कब्जा गरेको क्षेत्र खाली गर्न पुटिनले युक्रेनसँग आह्वान गरेका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अस्थायी युद्धविरामलाई बारम्बार अस्वीकार गर्दै आएका छन् । उनका अनुसार रुसले यसको प्रयोग पुनः सङ्गठित हुन र सशस्त्र बनाउन प्रयोग गर्नेछ । 

किएभले रुसी सेना मुलुकबाट पूर्णरूपमा बाहिरियोस् भन्ने चाहन्छ । यसमा कुनै पनि सम्झौताअन्तर्गत सन् २०१४ मा कब्जा गरेको क्रिमिया प्रायद्वीप पनि रहेको छ । साथै रुसले द्वन्द्वका कारण भएको नोक्सान र विनाशका लागि क्षतिपूर्ति देओस् भन्ने युक्रेन चाहन्छ । 

सन् २०२३ मा युक्रेनी जवाफी आक्रमण धेरै हदसम्म असफल भएपछि रुसी सेनाले यस वर्ष युद्धको मैदानमा सामान्य प्रगति गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending