काठमाडौं । एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ ।
अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन् ।
माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रको प्रदर्शनी मिति भने केही दिन भित्रै सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रलाई हेरिसकेपछि राम्रो चलचित्र रहेको प्रतिक्रिया सेन्सर समितिका पदाधिकारीहरुले दिएका छन् ।
चलचित्र चिट्ठीमा प्रमुख कलाकारका रुपमा सञ्जित भण्डारी, खड्गबहादुर पुनमगर खवपु, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, प्रवण भुसाल, कञ्चन चालिसे, नम्रता खरेल पौडेल रहेका छन् भने विशेष भूमिकामा बरिष्ठ कलाकार मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविलसिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा सञ्चारकर्मी सरोज कोईरालाले संगीत भरेका छन् । चलचित्रमा शिव परियार, बेनिशा पौडेल, बसन्त अर्यालको स्वरमा रहेको छ । डा।कृष्णहरि बराल र कमला जोशी गीतकार रहेको चलचित्रमा एउटा शिवताण्डवसमेत रहेको छ, जसको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँले गरेका हुन् ।
जीवन पराजुली एवम् राजन खरेलको छायाङ्कन, किरण दाहालको द्धन्द्ध निर्देशन, कृष्ण बहादुर कार्कीको निर्माण व्यवस्थापन, अमृत चापागाईँ पोस्टर एवम् साहिल खान प्रोमा डिजाइनरका रहेका छन् ।
चलचित्रलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने समिर मियाँको भिएफएक्स रहेको छ । चलचित्रमा पुष्कर खत्रीको ब्याकराउण्ड म्युजिक स्कोर, मनोज परियारको साउण्ड मिक्सिङ तथा अमित श्रेष्ठको फाइभ इन वान साउण्ड मिक्सिङ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: