काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।
स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका कारण निकै कठिनाइ देखिएको बताए ।
धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् । जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो ।
सडकको उक्त पहिरो पन्छाई १४ घण्टापछि मङ्गलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८१ - १०:२२
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...
पौष २० गते, २०८१ - १०:२२
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...
पौष २० गते, २०८१ - १०:२१
काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेम...
पौष २० गते, २०८१ - ०९:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...
पौष २० गते, २०८१ - ०८:५३
काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...
पौष २० गते, २०८१ - ०८:००
काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...
पौष २० गते, २०८१ - ०७:५८
जनकपुरधाम । मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनकै ठूला दल नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित घेराबन्दी...
पौष २० गते, २०८१ - ०७:४४
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्ष...
पौष २० गते, २०८१ - ०६:४५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजवाट सुरू हुदैँछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान ७ बजेवाट सुरू हुनेछ । ...
पौष २० गते, २०८१ - ०६:३०
काठमाडौं । आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्य...
प्रतिकृया लेख्नुहोस्: