Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

मेडिकल माफियाका विरुद्ध छानविन हुनुपर्ने मागसहित राप्रपाको अख्तियारमा उजुरी

\"Akhtiyar-400\"काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्वास्थ्य शिक्षा अध्ययनका लागि किस्ट मेडिकल कलेजलगायत अन्य संस्थामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज निवेदन दर्ता गरेको छ । पार्टी कार्यालय धूम्रबाराहीबाट पार्टी निकट नौ भ्रातृ सङ्गठनले जुलुससहित टङ्गालस्थित कार्यालयमा बुझाएको निवेदनमा दोषी भनिएको चिकित्सा कलेजमाथि छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा सबैको पहुँचमा पु¥याउनुपर्नेलगायत माग गरिएको छ । अतियमिततामा संलग्न मानिस तथा पक्षले आर्थिक लेनदेनका लागि गरेको अडियो टेप रेकर्डसहित आयोगमा बुझाइएको पार्टी नेता देवेन्द्र प्रधानले बताए । पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले सार्वजनिक महत्वको सो विषयको निष्पक्ष छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा जोड दिँदै त्यसो हुन नसकेमा आपूmहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने चेतावनी दिए  । केसीको जीवन रक्षा माग पार्टीले त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । पार्टी अध्यक्ष कमल थापाले त्रिवि शिक्षण अस्पतालमा आज साँझ पुगेर स्वास्थ्य क्षेत्रमा देखिएका भ्रष्टाचार न्यूनीकरणका लागि डा केसीले राख्दै आएको माग जायज भएकाले अनशनप्रति पार्टीको ऐक्यबद्धता रहेको बताए । डा केसीको स्वास्थ्य अवस्था अहिले कमजोर बन्दै गएकाले उहाँको माग तत्काल पूरा गरी जीवन बचाउन अध्यक्ष थापाले सरकारसँग आग्रह गरेको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । प्रा.डा. केसीको स्वास्थ्य अवस्था बुझ्न पार्टी संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी, कोषाध्यक्ष उद्धव पौडेललगायत नेता आज साँझ अस्पताल पुगे । स्वास्थ्य सेवामा सर्वसाधारण जनताको पहुँच विस्तार गर्नुपर्नेलगायत माग गर्दै यही भदौ ७ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा उहाँ अनशन बसेका हुन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending