Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

एक लाख थारुले राज्यलाई नागरिकता फिर्ता गर्ने

\"nagarikata\"काठमाडाैं । राज्यसत्ताबाट सधैं हेपिएको, पेलिएको र सदियौंदेखि दोस्रो दर्जाको नागरिक भएर जिवनयापन गर्नु परेको भन्दै त्यसको प्रतिवाद स्वरुप कैलाली र कञ्जनपुरका एक लाख थारुहरुले नेपाली नागरिकताको प्रमाणपत्र राज्यलाई नै बुझाउने भएका छन् । थारू संयुक्त संघर्ष समिति कैलाली र कञ्चनपुरकाे संयुक्त वैठकले यही २० भदौमा एक लाख नगारिकताको प्रमाणापत्र फिर्ता गर्ने तयारी गरेको हो । राज्यलाई नागरिकता फिर्ता गरेको भोलिपल्ट २१ भदौमा कैलालीको मसुरियामा थारुहरुले विरोध सभाको आयोजना गरेका छन् । सोही विरोधसभाका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कैलाली एमाओवादी सचिव कृष्णकुमार चौधरी ‘कुन्दन’ले थारुप्रति अन्याय, बेवास्ता हुँदै आएको भन्दै आफूहरु नागरिकता फिर्ता गर्न बाध्य भएको बताए । विगत २७ दिनदेखि अधिकार प्राप्तिको आन्दोलन गरे पनि राज्यले कुनै सुनवाई नगरेका कारण दबाब दिन आफूहरुले प्रतिकात्मक रुपमा नागरिकता फिर्ता गर्न लागेको थारु संघर्ष समितिका सचिव मिनराम थारुले बताए । उनले राज्यबाट थारु समूदायको मागको सार्थक सुनवाई नहुँदा त्यसले तराईका थारुहरुमा राज्य प्रति आक्रोश र निराशा थपेको समेत बताए । उनले भने– ‘राज्यले हाम्रो मागलाई सम्बोधन गर्नेछ भन्ने थारुहरुमा ठुलो आशा थियो तर राज्यले उल्टै दमन गरेकोमा आक्रोस र निराशा दुबै थपेको छ । त्यसैको प्रतिक्रिया स्वरुप हामीले नागरिकता त्याग गर्न थालेका हौ ।’ महिनौंदेखि आन्दोलन हुँदा पनि माग सम्बोधनमा राज्यपक्ष जिम्मेवार नभएको भन्दै पूर्व सभासद्समेत रहेका चौधरीले माग सुनुवाईमा राज्यलाई दबाब दिनका लागि आफूहरुले यस्तो कार्यक्रम राखेको बताए ।
पहिलो चरणमा कैलाली र कञ्चनपुरका एक लाख थारुले राज्यलाई नागरिकता बुझाउने भएका छन् ।
उनले आन्दोलनलाई थप शसक्त बनाउदै राज्यलाई दबाब दिन नागरिकता त्याग गर्ने कार्यक्रम केन्द्रको नभएर स्थानिय स्तरको कार्यक्रम भएको समेत जानकारी गराए । उनले नागरिकता त्याग गर्ने कार्यक्रम रणनीतिक दृष्टिकोणबाट महत्वपूर्ण भएकाले गर्न लागिएको समेत बताए । आफूहरु सदियौंदेखि गैरनेपालीको दर्जामा बस्नुपरेको भन्दै चौधरीले बाध्य भएर नागरिकता फिर्ता गर्नुपर्ने अवस्थमा पुगेको बताए । थारुहरुको थातथलो र बाहुल्य भएको कैलाली र कञ्चनपुरसहितका जिल्ला थरुहट प्रदेश हुनुपर्ने उनले बताए । थारु–मधेसलाई पेल्ने कि सँगै लाने ? दलहरुले जतिवेला ६ प्रदेशमा सहमति गरे थारु, मधेस खासै असन्तुष्ट भएन । तर, कोठामा बसेर मध्यपश्चिम र कर्णालीलाई समेटेर सातौ प्रदेशको घोषणा गरे त्यसपछि तराई मधेसमा झण्डै एक महिनादेखि चर्को असन्तुष्टी ब्यक्त भएको छ । पहाडका समूदायले प्रदेशको माग गर्दा दिने तर आफूमाथि विभेद र अन्याय जारी राख्ने भन्दै उनीहरुले तीव्र असन्तुष्टी ब्यक्त गरेका हुन् ।
कैलाली एमाओवादी सचिव कृष्ण कुमार चौधरी ‘कुन्दन’ले थारुप्रति अन्याय, बेवास्ता हुँदै आएको भन्दै आफूहरु नागरिकता फिर्ता गर्न बाध्य भएको बताए
पश्चिमको कैलाली हुँदै बर्दिया, दाङ, बारा, पर्सा, नवलपरासी, रौतहत, धनुषा, महोत्तरी, सिरहाजस्ता जिल्लामा दिनहुँ आन्दोलन भइरहेका छन् तर केन्द्रीकृत शासन व्यवस्था भएको राज्यको काठमाडौंलाई भने केही पनि छुन सकेको छैन् । तराई महिनौंदेखि बन्द छ तर, राज्यले दुईपटक असन्तुष्ट पक्षलाई वार्ताको लागि औपचारिक पत्र पठाए पनि वार्ताको ठोस पहलन नगरिएको आन्दोलनरत पक्षको भनाई छ । वार्ता पनि गुर्छु भन्ने र संविधान निर्माण प्रक्रिया पनि रोक्न नमिल्ने बताएका राजनीतिक दलहरुले अहिलेको समाधान के भन्नेबारे नै स्पष्ट धारणा बनाई सकेका छैनन् । शनिबार परिमार्जित संविधानको विधयेकमा संसोधन हाल्ने अन्तिम दिन हो । कांग्रेस, एमाले, एमाओवादीको तयारी पनि संसोधनमार्फत असन्तुष्टका माग सम्बोधन गर्नेभन्ने छ । तर, उनीहरुले खुलेर कुन विषयमा कसरी सम्बोधन गर्ने भन्ने एकिन गरि सकेका छैनन् ।
नागरिकता त्याग गर्ने विषय रणनीतिक रुपमा प्रभावकारी हुन्छ भनेर नागरिकता त्याग्न लागिएको हो
दिनहुँजसो दलका बैठक बसे पनि असन्तुष्ट दलले उठाएका मागमा गम्भिरतापूर्वक छलफल हुन नसकेको बैठकमा सहभागि नेताहरुले बताउने गरेका छन् । चार दलको बैठकमा शुक्रबार सहभागी भएका माओवादी नेता गिरिराजमणि पोखरेलले असन्तुष्ट पक्षका माग सम्बोधनका लागि कांग्रेस एमाले छलफल नै गर्न तयार नभएको बताए । ‘अरु विषयमा कुराकानी भए पनि असन्नुष्टका माग सम्बोधनमा उहाँहरु विषय प्रवेश नै गर्न चाहनहुन्न ।’ तर, कांग्रेस एमालेका नेताहरु जाजय सकिने माग संसोधनमार्फत नै पूरा गर्ने बताइरहेका छन् । असन्तुष्ट दलहरुले पनि संविधान निर्माण प्रक्रिया रोक्नुपर्ने र सेना, सशस्त्र तराई विभिन्न जिल्लाबाट ब्यारेकमा फिर्ता हुनुपर्ने अडानमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending