Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

खोकना क्षेत्रको जग्गा विवाद नटुंगिँदा ‘फास्ट ट्रयाक’ निर्माणको गतिमा लाग्यो ‘ब्रेक’

अझै ३९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी

फाइल तस्वीर
खबरडबली संवाददाता

ललितपुर । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति ३५.३८ प्रतिशत मात्र भएको पाइएको छ । शुरूवाती विन्दु ललितपुरस्थित खोकना क्षेत्रको जग्गा विवाद नटुंगिँदा भौतिक प्रगतिले गति लिन नसकेको हो । 

विवादका कारण त्यहाँ ठेक्का व्यवस्थापनको काम अघि बढ्न नसकेको सैनिक मुख्यालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा फास्ट ट्रयाक आयोजना प्रमुख एवं सहायक रथी विकास पोखरेलले बताए । उनका अनुसार खोकनाबाट निजगढतर्फ जाँदा कुल ७२.५ किलोमिटरमध्ये २६.३८ किमी खण्डको ठेक्का व्यवस्थापन हुन सकेको छैन ।

आयोजना प्रमुख पोखरेलले आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा ३५.३८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनले फास्ट ट्रयाकको खोकना विवाद समयमा नटुंगिए अर्को वर्ष यसको लागत बढ्ने र निर्माण सम्पन्न मितिसमेत लम्बिनेमा सचेत गराए । 

सरकारले फास्ट ट्रयाकको आयोजना मिति २०८० वैशाख ३१ मा लम्ब्याएर २०८३ चैत मसान्तसम्म पुर्याएको थियो । शुरूमा ७६ अर्ब रुपैयाँमा बनाउने भनिएको फास्ट ट्रयाकको अहिले लागत बढेर २ खर्ब पुगिसकेको छ । 

खोकना खण्डको मात्र दूरी ६.५ किमी छ । २०७४ जेठबाट नेपाली सेनाले यसको निर्माण व्यवस्थापनको जिम्मा पाएको थियो । व्यवस्थापनको जिम्मा लिएपछि काम अघि बढाउने सन्दर्भमा खोकनामा जग्गा विवाद शुरू भएको थियो । त्यो विवाद हालसम्म पनि समाधान हुन सकेको छैन । सरकारले तत्कालीन उपप्रधान एवं रक्षामन्त्रीको पूर्णबहादुर खड्काको संयोजकत्वमा विवाद समाधान समिति गठन गरेको थियो । उनी सरकारबाट बाहिरिएपछि दुईजना रक्षामन्त्री फेरिइसके । तर, विवाद समाधान हुन सकेको छैन । 

शुरूवाती विन्दु ललितपुर महानगरपालिकाको २१ र २२ नम्बर वडामा पर्छ । लामो समयदेखि उठेको मुआब्जा समस्याबारे अहिले समाधानका लागि प्रयास भइरहेको जानकारी आयोजना प्रमुख पोखरेलले दिए ।

यस्तो छ सुरुङ निर्माणको प्रगति 

परिमार्जित डीपीआर अनुसार आयोजनाअन्तर्गत रहेका जम्मा ६ वटा सुरुङमध्ये हाल ३ वटा निर्माणाधीन रहेको सैनिक मुख्यालयले जनाएको छ । थप ३ वटा सुरुङको डिजाइन तथा पूर्वतयारीका काम भइरहेको आयोजना प्रमुख एवं सहायक रथी पोखरेलले बताए । 

उनका अनुसार निर्माणाधीन निजगढ–काठमाडौंतर्फको महादेवटार सुरुङको जम्मा लम्बाइ ३.३२२ किमीमध्ये हालसम्म २.०२९ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ । काठमाडौं–निजगढतर्फको जम्मा लम्बाइ ३.३८६ किमी सुरुङमध्ये २.२८८ किमी खन्ने काम सम्पन्न भइसकेको उनले बताए । बाँकी एक किमी सुरुङ खन्ने काम यस वर्षभित्र नै सम्पन्न गर्ने गरी रात्रिकालीन समयमा समेत कार्य भइरहेको जानकारी पोखरेलले दिए । 

१.६५३ किमी लम्बाइ रहेको निजगढ–काठमाडौंतर्फको धेद्रे सुरुङको २०८१ जेठ ११ गते नै ब्रेक थ्रू भइसकेको थियो । १.७२८ किमी लम्बाइ रहेको काठमाडौं–निजगढ तर्फको सुरुङको १.६४२ किमी खन्ने काम सम्पन्न भई साउनमै ब्रेक थ्रू गर्ने तयारी छ । १.६१२ किमी लम्बाइ रहेको निजगढ–काठमाडौंतर्फ लेननडाँडा सुरुङको २०८१ असार २० गते र १.६३३ किमी लम्बाइ रहेको काठमाडौं–निजगढ तर्फको सुरुङको २०८१ जेठ ४ गते ब्रेक थ्रू भइसकेको छ । 

हालसम्म निर्माणाधीन तीनवटा सुरुङमार्गको जम्मा लम्बाइ ६.६६९ किमीमध्ये ५.५२८ किमी (८२.८९ प्रतिशत) खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । 

पुल निर्माणको प्रगति 

आयोजनाअन्तर्गत रहेका जम्मा ८९ स्थानका पुलमध्ये हालसम्म ८५ वटाको मात्र ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको सैनिक मुख्यालयले जनाएको छ । आयोजनाका अनुसार ४ स्थानका पुल जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको खोकना खण्डमा रहेका छन् । निर्माणाधीन अधिकांश पुलको फाउन्डेसनको कार्य सम्पन्न भई सुपरस्ट्रक्चरको काम भइरहेको छ । जसअन्तर्गत ८१ मिटर उचाइसम्म रहेका विभिन्न प्रकृतिका मुख्य, सामान्य र विशेष पुलको निर्माण कार्य अपेक्षाकृत गतिमा नै अगाडि बढिरहेको आयोजना प्रमुख पोखरेलले बताए । उनका अनुसार हालसम्म आयोजनाअन्तर्गत जम्मा ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

३९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी

स्वीकृत ईआईए तथा एसईआईए अनुसार आयोजनाको लागि कुल अधिग्रहण गर्नुपर्ने जग्गा १७ हजार ६५१ रोपनी हो । त्यसमध्ये व्यक्तिगत जग्गा ५.४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८११ रोपनी अधिग्रहण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

करिब ३९४ रोपनी अधिग्रहण बाँकी रहेको आयोजना प्रमुख पोखरेलले बताए । अधिग्रहण बाँकी उक्त जग्गामध्ये खोकना–बुङ्गमती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी र मूल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनीसहित करिब ३७१ रोपनी रहेको छ

मकवानपुरतर्फ भने १६ रोपनी र काठमाडौं जिल्लामा ४ रोपनी जग्गा अधिग्रहण बाँकी रहेको जानकारी पोखरेलले दिए । 

३१ हजार ७४३ वटा रुख काटिए  

फास्ट ट्रयाक निर्माणबाट वातावरणीय पक्षहरूमा क्षति हुन नदिनका लागि पर्याप्त मात्रामा सजगता अपनाइएको आयोजनाले जनाएको छ । हालसम्म आयोजनाले ३१ हजार ७४३ रुख काटिसकेको छ । त्यसको बदलामा ७ लाख ४ हजार ४४० वटा रुख रोप्नुपर्ने छ । 

आयोजनाले हालसम्म ७ लाख ५ हजार ५५२ वटा रुख रोपेर संरक्षणको समेत व्यवस्था मिलाएको आयोजना प्रमुख पोखरेलले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्घाटन–शिलान्यास बन्ददेखि डिजिटल सेवासम्म : बालेन सरकारका १०० दिन, के गर्‍यो ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो १०० दिनमा परम्परागत राजनीतिक शैलीभन्दा फरक कार्यशैली अपनाएको दाबी गरेको छ...

टिकटकदेखि विवाहेत्तर सम्बन्धसम्म : नेपाली सेनाकी सुवेदार श्रीमती हत्यामा ‘नेपाली ब्रो’सहित चार जनाविरुद्ध अभियोग

काठमाडौं । काठमाडौंको तारकेश्वर–६ पैयुँटारमा नेपाली सेनाकी सुवेदार ईश्वरी भुजेलको हत्या प्रकरणमा उनका श्रीमान् कुमार थापा मगर (टिकटकमा ‘नेपाली ब्रो’का...

बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा सात लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई कडा निर्देशन दिएको छ। संक्रमित पन्छी ब...

आजको तरकारी तथा फलफूलको मूल्यः गोलभेडा ५० रुपैयाँसम्म, स्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १ हजार

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (असार १९) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार ठूलो ने...

कालिमाटीमा कुन फलफूलको मूल्य कति?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्ला तीन दिनको थोक मूल्य सूचीअनुसार बजारमा अधिकांश फलफूलको मूल्य स्थिर रहे पनि लिचीको मूल्य...

आरके मेनपावरलाई तीन लाख जरिवाना

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म...

'प्रदेशको स्वरूप फेरिनुपर्छ, संघीयता हट्दैन' : रास्वपा नेता पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेको छ। पार्टीका संसदीय दलका उपनेता तथा केन्द्रीय सदस्य ग...

भेनेजुएला भूकम्पको चमत्कार : ८ दिनपछि १४० टन भग्नावशेषबाट जीवितै उद्धार

काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि १४० टन भग्नावशेषमुनि आठ दिनसम्म फसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। यो उद्धारलाई हालसम्मकै सबैभ...

बोपुङको वासिङ पहिरोले बर्सेनि उठीबास हुँदै गाउँले

खोटाङ । खोटाङकाे जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरू भएको बोपुङको...

इन्जुरी समयमा गोल, क्रोएसियामाथि पोर्चुगलको रोमाञ्चक जित; अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ मा पोर्चुगलले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भर्खरै सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending