काठमाडौँ, लगातार तीन साता ओरालो लागेको नेप्से परिसूचक यो साता उकालो लागेको छ ।
गत साता नेप्से परिसूचकमा ७.२२ अङ्कले घटेको थियो । यो साता परिसूचक पहिलो दिनको तुलनामा ७.८ अङ्कले बढेर अन्तिम दिन ९७९.२७ अङ्कमा पुगेका एक्सचेन्जले जनाएको छ ।
यस साता स्टक एक्सचेन्जमा १७० कम्पनीका नौ हजार ४२२ कारोबारबाट रु एक अर्ब ३९ करोड २३ लाख ४० हजारबराबरका ३६ लाख ५३ हजार ४६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४८.०३ प्रतिशत बढी हो ।
गत साता १६६ कम्पनीका सात हजार ५७५ कारोबारबाट रु ९४ करोड छ लाख ८७ हजारबराबरका २३ लाख तीन हजार ९१० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
समूहगत यस वित्त कम्पनीको परिसूचक ३.९२ अङ्कले ओरालो लागेको छ भने व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन आएको छैन ।
अन्य समूहको परिसूचक भने सकारात्मक रहेको स्टक एक्सचेन्जले जनाएको छ । ‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.५१ अङ्कले बढेर २०७.४८ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर अङ्ख्याका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याका आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
यस साता चिलिमे हाइड्रोपावर कम्पनीको ४५ लाख ४२ हजार ७२० कित्ता, काष्ठमण्डप डेभलपमेन्ट बैंकको दुई लाख ६० हजार ७७२ कित्ता, ज्योति विकास बैंकको पाँच लाख १८ हजार कित्ता, छिमेक लघुवित्त विकास बैंकको सात लाख ३५ हजार ९३० कित्ता, नीलगिरि विकास बैंकको दुई लाख एक हजार ८६० कित्ता र नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ लाख ४४ हजार ९६० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: