Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने

खबरडबली संवाददाता

काठमाडौ‌  । सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेले मन्त्रालय तथा अन्तर्गतका विभाग, सङ्घीय अस्पताल महाशाखा केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखसँग छलफल गरेर यस्तो निर्णय गरेका हुन्  ।

साथै उहाँले आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने, डेंगु डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने, बिरामीको उपचार व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

स्वास्थ्य क्षेत्रको एकल प्रयासले मात्र डेंगु नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउन असम्भव भएकाले डेंगुको रोकथाम नियन्त्रणका लागि व्यापक समुदाय परिचालन र बहुक्षेत्रीय संलग्नता आवश्यक रहेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।

डेंगुबाट हुनसक्ने क्षतिलाई कम गर्न डेंगु सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सबैको प्रयासले मात्र सकिने भएकाले सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैलाई सहभागिता, सहजीकरण एवम् समन्वय गरिदिनुहुन मन्त्रालयले अनुरोध गरेको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष बिरामीको सङ्ख्यामा वृद्धि नभए पनि जोखिम कायम रहेकाले सचेत रहन मन्त्रालयको आग्रह छ । 

पुसदेखि नेपालमा ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये तनहुँका ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मृतक व्यक्ति  दीर्घरोगी भएको मन्त्रालयले उल्लेख गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीको टिप्पणी : “रसिद मात्र काटेर विद्याको सदस्यता कायम हुँदैन”

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वतः कायम हुने अवस्था नरहे...

तीजः संस्कृतिको पर्व कि भड्किलो प्रतिस्पर्धा ?

दरले दबिँदै निम्न आय भएका परिवार

विवाहित पुरुषको अदृश्य हार !

संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्...

तिज गीतको यात्रा : माइतीको याददेखि टिकटकसम्म

कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?

सीमा विवाद र विश्वप्रकाशको सुझाव : प्रधानमन्त्रीको भ्रमणमा उठ्नुपर्ने ६ प्रश्न

काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको...

निजी विद्यालय गैरनाफामुलक भए शिक्षाको स्तर झनै खस्किन्छः सांसद जैसवाल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चे...

एमालेसँग दूरी बढाउँदै भण्डारीः सम्पर्क कार्यालय उद्घाटनलाई ‘राजनीतिक पुनरागमन’ को संकेत

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको स...

मल लिन बिहान २ बजेदेखि लाइनमा बस्दा उपहारमा ४ किलोको ढुङ्गा

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेट...

बागलुङको निसेलढोरमा झाँक्री नाच प्रदर्शन

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिएको छ। यस क्षेत्रका विभिन्न मेला–पर्वका अवसरमा झाँक्री नाच ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending