काठमाडौं । डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको जानकारी दिए।
उहाँका अनुसार सात महिनामा ७३ जिल्लाबाट तीन हजार ३३९ जनामा डेंगु पुष्टि भएको छ। मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लामा हालसम्म डेंगु पुष्टि भएको छैन।
डेंगु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा छन्। गण्डकी प्रदेशमा एक हजार २२६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।
त्यस्तै बागमती प्रदेशमा ८७०, कोशी प्रदेशमा ५८२, लुम्बिनी प्रदेशमा २९४, सुदूरपश्चिममा २६४, मधेश प्रदेशमा ५६, कर्णली प्रदेशमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
जिल्ला अन्तर्गत तनहुँमा सबैभन्दा बढी ६५६ जनामा डेंगु पुष्टि भएको छ। काठमाडौँमा ३३२, कास्कीमा २१२, झापामा १४५, चितवनमा १३५ जनामा डेंगु पुष्टि भएको छ।
चिकित्सकका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा। विमल शर्मा चालिसेका अनुसार डेंगु सङ्क्रमण एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने गर्छ। उनका अनुसार उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन।
लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन चिकित्सकको सुझाव छ।
लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्न डा।दाहालले आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - १८:५४
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता स्वतः कायम हुने अवस्था नरहे...
भाद्र ५ गते, २०८२ - २३:०७
दरले दबिँदै निम्न आय भएका परिवार
भाद्र ५ गते, २०८२ - २१:३५
संसारसँग विवाहित पुरुषले कति पनि लड्न सक्छ । अभावसँग, समाजसँग, प्रतिस्पर्धा र परिस्थितिसँग उसले सामना गर्न सक्छ। बाहिर ऊ विजयी देखिन्छ: जिम्मेवारी पूर...
भाद्र ५ गते, २०८२ - १२:४६
काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना मागहरू बेवास्ता गरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरू आज काठमाडौँको माइतीघर मण्...
भाद्र ५ गते, २०८२ - १२:१३
कलाकारहरूको दौड भ्युजमा कि संस्कृतिमा ?
भाद्र ५ गते, २०८२ - ११:१७
काठमाडौं । नेपाल–भारत–चीन त्रिदेशीय सीमा विवाद फेरि चर्चामा छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अस्मिता र सार्वभौमिकताको संवेदनशील विषय बनेको...
भाद्र ५ गते, २०८२ - १०:५५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामुलक बनाउने प्रावधानले नेपालको शैक्षिक गुणस्तरलाई थप खस्काउने चे...
भाद्र ५ गते, २०८२ - १०:४८
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय खोलेसँगै उनी पुनः सक्रिय राजनीतिमा फर्किँदै गरेको स...
भाद्र ५ गते, २०८२ - १०:३६
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानलाई वितरण गरिएको युरिया मलको बोरा खोल्दा त्यसभित्र सिमेन्टको पिल्लर जस्तो देखिने ठोस ढुङ्गा भेट...
भाद्र ५ गते, २०८२ - १०:१७
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा परम्परागत झाँक्री नाच प्रदर्शन गरिएको छ। यस क्षेत्रका विभिन्न मेला–पर्वका अवसरमा झाँक्री नाच ...
प्रतिकृया लेख्नुहोस्: