Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

कस्ता हुन्छन् याैन कुलतका लक्षण ?

खबरडबली संवाददाता

सेक्स कुलत भनेको के हो ?  
सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ ।

यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ । सेक्सले कुलतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिस प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौनसम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरू यौन व्यवसायमा लाग्ने गरेको पाइएको छ ।

सेक्सको लत सामान्यतयाः १६ वर्षदेखि ४० वर्षसम्म उमेरका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् ।  यस्तो लत पुरुष र महिला दुवैलाई लाग्न सक्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भाधारण हुने गरेको पाइन्छ ।

सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध–विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।

कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । गोप्य ठाउँमा सेक्स पार्टनरको बीचमा एकआपसमा सहमत भएर गरिने सम्भोगका जुनसुकै गतिविधिलाई पनि सामान्य रूपमा मान्नुपर्ने हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनर मात्रै खोज्ने भन्दै भौँतारिने काम कसैले गर्छ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ  ।

यौन सम्बन्ध राख्दा अँगालिने विधिहरू हरेक जोडीमा फरकफरक हुन सक्छ । हरेक व्यक्तिको यौनच्छा फरकफरक हुन्छ । यौन समस्याहरूको अध्ययन र उपचार गर्ने क्रममा मानिसका यौन व्यवहारमा देखिने विचलन सबैभन्दा कठिन विषय हो ।

कुन हदसम्मको यौन व्यवहारलाई नयाँ प्रयोग मान्ने र कस्तो व्यवहारलाई यौन विचलन भन्ने कुरा निक्र्यौल गर्न निकै कठिन हुन्छ । सेक्सलाई कुण्ठित रूपमा बुझ्दा जुनखालका समस्या आउँछन् त्यस्तै समस्या यसलाई बढी खुला रूपमा लिन थालियो भने पनि आउँछन् । कुनै एक समय, परिस्थिति वा समाजमा सामान्य लाग्ने सेक्स व्यवहार अर्कोमा पूर्णतया असामान्य लाग्न सक्छ ।

कुनै एक व्यवहार अस्वाभाविक, अप्राकृतिक देखिए तापनि समग्र यौन व्यवहारको थोरै अंशमात्र भएमा वा यौन सन्तुष्टिको मुख्य माध्यम नभएमा असामान्य नहुन सक्छ । त्यसैले सेक्स एडिक्सनको बारेमा मेडिकल साइन्सले पहिलेदेखि नै डिफाइन गरे पनि यसको उपचार विधि र कुन स्तरको कुलत हो भनेर किटान गरेर मापन गर्न कठिन हुन्छ । जुनसुकै कुराको पनि अधिक चाहना गर्नु र त्यसका कारण व्यक्तिगत काममा अवरोध सिर्जना हुनुलाई लत वा कुलतका रूपमा बुझ्नुपर्छ ।  

यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत तथा सम्बन्धमा असर गरिरहेको छैन भने त्यो समान्य अवस्था हो । तर, नियन्त्रणमा नै लिन सकिन्न । रोक्न खोज्छुभन्दा पनि सकिन्न र यस्तो कार्यमा संलग्न भई नै रहन्छ भने त्यो लत मात्र होइन कुलत नै हो । सेक्सुअल एडिक्सन अलग्गै रोग होइन तर अरू समस्याले निम्त्याउने समस्या हो । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।

महिलामा वोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो । यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाहरूले आफूलाई सँधै एक्लोपना महसुस गर्ने गर्छन् । त्यही भएर उनीहरू आफ्नो एक्लोपना हटाउने उपयुक्त माध्यम भनेको नै यौन हो भन्ने सोच्ने हुन्छन् र सम्पर्कमा जाने गर्छन् । उनीहरू जोकोहीलाई पनि सम्पर्क गराउन सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् । केही समय एक्लोपना हटेको महसुस गरे पनि सम्पर्कबाट सन्तुष्टि पाउन सक्दैनन् ।

पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्दछ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टीसोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या । यस्तो समस्यामा पुरुषहरूलाई अरूले देख्छन्, पीडा हुन्छ, लाज लाग्छ भन्ने केही हुन्न । उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकारमा पर्न सक्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व रक्तदाता दिवसमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम हुँदै

हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...

धान रोपाइँको मुखमा राहतः भारतबाट ५० हजार मेट्रिक टन मल आउँदै

काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...

सुन पसल ठगी प्रकरणमा तानिए भूमि आयोगका पूर्वअध्यक्ष, प्रशासनले लियो बयान

विराटनगर । मोरङको कानेपोखरीस्थित शुभलक्ष्मी अधिकारी सुनचाँदी पसलको बहुचर्चित ठगी प्रकरणमा भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष नवीन पौडेलसमेत अनुसन्धानक...

मनसुन प्रवेशको संघारमा देश, कपनमा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता सक्रिय बनेको मौसम प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। राजधानीको कपन क्षे...

एसईईमा जफत मोबाइल नष्ट प्रकरण : सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाबारे सर्वोच्च अदालतले सम्बन्धित सरकारी...

रानीसैन घटना : बजार र कर्णाली करिडोर बन्द

बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending