Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

कस्ता हुन्छन् याैन कुलतका लक्षण ?

खबरडबली संवाददाता

सेक्स कुलत भनेको के हो ?  
सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ ।

यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ । सेक्सले कुलतको रूप लियो भने मानिस बलात्कारसम्म गर्न पनि पछि पर्दैन । यस्तो लत लागेका मानिस प्रायः एक्लै बस्न रुचाउँछन् । यिनीहरूले प्रायः असुरक्षित यौनसम्पर्क गर्ने हँुदा कतिपय अवस्थामा यौनजन्य रोगको पनि शिकार भएको पाइन्छ । महिलालाई सेक्सको लत लागेमा उनीहरू यौन व्यवसायमा लाग्ने गरेको पाइएको छ ।

सेक्सको लत सामान्यतयाः १६ वर्षदेखि ४० वर्षसम्म उमेरका व्यक्तिलाई हुन सक्छ । यस्तो लत युवा अवस्थामा हस्तमैथुनबाट सुरु हुन्छ । कतिपय विवाहित पुरुषले विवाहपछि पनि यो लत छाड्न सक्दैनन् ।  यस्तो लत पुरुष र महिला दुवैलाई लाग्न सक्छ । एक अध्ययनअनुसार सेक्सको लत लागेका ४० प्रतिशत महिलामा अनिच्छित गर्भाधारण हुने गरेको पाइन्छ ।

सेक्सको लत लागेका करिब ७० प्रतिशत महिला तथा पुरुषको वैवाहिक जीवन असफल भएको पनि अध्ययनले देखाएको छ । यसमध्ये करिब ४० प्रतिशतको सम्बन्ध–विच्छेद नै भएको पाइन्छ । यौनजन्य मानसिक विकारले लत लाग्ने भएकोले डिर्भोस भएकामध्ये करिब ७२ प्रतिशतले आत्महत्याको प्रयास गर्ने गरेको पनि अध्ययनले देखाएको छ । लत लागेकामध्ये ६८ प्रतिशतलाई यौनरोग लाग्ने गरेको पनि भेटिएको छ ।

कुनै पनि व्यक्तिको यौन स्वभाव र व्यवहारको दायरा कस्तो र कुन स्तरको हुनुपर्छ भनेर किटान गर्न कठिन हुन्छ । गोप्य ठाउँमा सेक्स पार्टनरको बीचमा एकआपसमा सहमत भएर गरिने सम्भोगका जुनसुकै गतिविधिलाई पनि सामान्य रूपमा मान्नुपर्ने हुन्छ । तर, दिमागमा जतिखेर पनि सेक्सकै मात्र कुरा आउने, कम तथा बढी उमेर भएकासँग सेक्स गर्न मन पराउने, भर्जिन तथा नयाँ पार्टनर मात्रै खोज्ने भन्दै भौँतारिने काम कसैले गर्छ भने त्यस्ता व्यक्तिमा मानसिक समस्या छ भन्ने बुझ्नुपर्छ  ।

यौन सम्बन्ध राख्दा अँगालिने विधिहरू हरेक जोडीमा फरकफरक हुन सक्छ । हरेक व्यक्तिको यौनच्छा फरकफरक हुन्छ । यौन समस्याहरूको अध्ययन र उपचार गर्ने क्रममा मानिसका यौन व्यवहारमा देखिने विचलन सबैभन्दा कठिन विषय हो ।

कुन हदसम्मको यौन व्यवहारलाई नयाँ प्रयोग मान्ने र कस्तो व्यवहारलाई यौन विचलन भन्ने कुरा निक्र्यौल गर्न निकै कठिन हुन्छ । सेक्सलाई कुण्ठित रूपमा बुझ्दा जुनखालका समस्या आउँछन् त्यस्तै समस्या यसलाई बढी खुला रूपमा लिन थालियो भने पनि आउँछन् । कुनै एक समय, परिस्थिति वा समाजमा सामान्य लाग्ने सेक्स व्यवहार अर्कोमा पूर्णतया असामान्य लाग्न सक्छ ।

कुनै एक व्यवहार अस्वाभाविक, अप्राकृतिक देखिए तापनि समग्र यौन व्यवहारको थोरै अंशमात्र भएमा वा यौन सन्तुष्टिको मुख्य माध्यम नभएमा असामान्य नहुन सक्छ । त्यसैले सेक्स एडिक्सनको बारेमा मेडिकल साइन्सले पहिलेदेखि नै डिफाइन गरे पनि यसको उपचार विधि र कुन स्तरको कुलत हो भनेर किटान गरेर मापन गर्न कठिन हुन्छ । जुनसुकै कुराको पनि अधिक चाहना गर्नु र त्यसका कारण व्यक्तिगत काममा अवरोध सिर्जना हुनुलाई लत वा कुलतका रूपमा बुझ्नुपर्छ ।  

यौनले मानिसको दैनिकी, सामाजिक अवस्था, पेशागत तथा सम्बन्धमा असर गरिरहेको छैन भने त्यो समान्य अवस्था हो । तर, नियन्त्रणमा नै लिन सकिन्न । रोक्न खोज्छुभन्दा पनि सकिन्न र यस्तो कार्यमा संलग्न भई नै रहन्छ भने त्यो लत मात्र होइन कुलत नै हो । सेक्सुअल एडिक्सन अलग्गै रोग होइन तर अरू समस्याले निम्त्याउने समस्या हो । यस्तो अवस्थामा मानिसको दिमागमा सेक्सकै मात्र धारणा आइरहने हुन्छ ।

महिलामा वोर्डर लाइन पर्सनालिटी भन्ने समस्या हुन्छ । यो भनेको आवेग र अस्थिर मुड हुने समस्या हो । यो अवस्थामा महिलामा पटकपटक यौनको चाहना हुने, धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यस्ता महिलाहरूले आफूलाई सँधै एक्लोपना महसुस गर्ने गर्छन् । त्यही भएर उनीहरू आफ्नो एक्लोपना हटाउने उपयुक्त माध्यम भनेको नै यौन हो भन्ने सोच्ने हुन्छन् र सम्पर्कमा जाने गर्छन् । उनीहरू जोकोहीलाई पनि सम्पर्क गराउन सक्छन् । तर, जति धेरै सम्पर्क गरे पनि उनीहरूले सन्तुष्टि भने पाउन सक्दैनन् । केही समय एक्लोपना हटेको महसुस गरे पनि सम्पर्कबाट सन्तुष्टि पाउन सक्दैनन् ।

पुरुषहरूमा पनि यस्तो खालको समस्या हुने गर्दछ । पुरुषमा हुने यस्तो समस्यालाई एन्टीसोसियालिजम पर्सनालिटी अर्थात् असामाजिक व्यक्तित्वको समस्या । यस्तो समस्यामा पुरुषहरूलाई अरूले देख्छन्, पीडा हुन्छ, लाज लाग्छ भन्ने केही हुन्न । उनीहरूको दिमागमा सेक्स नै खेलिरहने र डर पनि नहुने भएकाले जो कोही पनि उनीहरूको शिकारमा पर्न सक्छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending