Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

भर्ना भएकालाई टिकाउन धेरै प्रयासको खाँचोः राष्ट्रपति डा यादव

\"Rambaranकाठमाडौं । राष्ट्रपति डा रामवरण यादवले गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउन, विद्यालय बाहिरका धेरै बालबालिकालाई विद्यालय ल्याउन तथा विद्यालयमा भर्ना भएकालाई टिकाउन अझै धेरै प्रयासको खाँचो औँल्याएका छन् । छत्तिसौँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित नेपाल विद्याभूषण र नेपाल छात्रा विद्यापदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।   गुणस्तरीय र व्यावसायिक शिक्षाको कमीले मुलुकमै पनि आवश्यक दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै राष्ट्रपति डा यादवले रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा पुगेका अदक्ष कामदारले कम ज्यालामा जोखिम र कठिन काम गर्नु परिरहेको बताए । राष्ट्रपति डा यादवले भने– ‘समाज र राष्ट्रको रुपान्तरण एवम् विकास गर्न र विनाशकारी भूकम्पबाट शैक्षिक क्षेत्रमा भएको अपूरणीय क्षतिको पुनर्निर्माण र पुनःस्थापना गरी युग सुहाउँदो शैक्षिक विकासका माध्यमबाट समृद्ध राष्ट्र निर्माणका लागि सबै पक्ष र साझेदार समेतको सहकार्य हुन जरुरी छ ।’   सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारको माग र आवश्यकतालाई सम्बोधन गर्नसक्ने दक्ष एवम् उत्पादनशील जनशक्ति विकासका लागि सबै तहमा गुणस्तरीय शिक्षाको समतामूलक पहुँच सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता भएको उनले उल्लेख गरे । स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट लिइएका विभिन्न सङ्काय र तहको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने क्रममा विद्यार्थीले प्राप्त गरेको ज्ञान, सीप र विज्ञता समृद्ध नेपाल निर्माणमा खर्च गर्न राष्ट्रपति डा यादवले सुझाव दिए । सो अवसरमा शिक्षामन्त्री चित्रलेखा यादवले देशका सबै बालबालिकालाई स्वरोजगारमूलक र गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारलाई सुनिश्चित तुल्याउनुपर्ने आजको आवश्यकता रहेको बताइन ।   शिक्षा विकासको मेरुदण्ड भएकाले युग सुहाउँदो शिक्षा नीति निर्माण गरी त्यसको सफल कार्यान्वयनका लागि सरोकारवाला सबैको सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै उनले अनुसन्धानकर्ता र छात्रछात्राले प्राप्त गर्नुभएको ज्ञान, कलाकौशलले मुलुकको शिक्षा क्षेत्रको विकासमा योगदान दिने विश्वास पनि व्यक्त गरिन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending