जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्डविपरीत जथाभावी ढक र तराजुको प्रयोग गर्ने तथा नापतौलमा अनियमितता गरी ठगी गर्ने एक हजार सात सय १७ व्यवसायीलाई कारबाही र जरिवानासमेत गरेको छ ।
कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा एकल एवं संयुक्त अनुगमन गर्दा कैफियत पाइएपछि कारबाही गरेको जनाएको छ । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली तथा रामेछापमा गरी कुल पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले गत आर्थिक वर्षमा उक्त कारबाही गरेको कार्यालय प्रमुख मुकुन्द चौहानले जानकारी दिए ।
उक्त अवधिमा कार्यालयले व्यावसायिक कारोबार गर्न चार सय ४५ जना व्यवसायीलाई नयाँ नापतौलसम्बन्धी अनुमतिपत्र प्रदान गरेको छ ।
गत आर्थिक वर्षमा दुई हजार तीन सय ६८ व्यवसायीको नापतौल यन्त्रको जाँच गरेको, १३ जना व्यवसायीलाई नापतौल यन्त्रसम्बन्धी (ढक र काँटा बिक्री) इजाजतपत्र प्रदान गरेको, एक सय ४० पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच तथा चार सय ९४ पेट्रोलियम पम्पको नोजल जाँच गरेको कार्यालयका सूचना अधिकारी मनोजकुमार साहले जानकारी दिए ।
कार्यालयले सो अवधिमा एक सय १६ बेलिब्रिजको जाँच गरेको, १७ पटक डोर सञ्चालन गरेको, एकल अनुगमन ७२ पटक, एकल अनुगमन (फार्म सङ्ख्या) चार सय ६५, संयुक्त अनुगमन १३ पटक तथा संयुक्त अनुगमन (फार्म सङ्ख्या) एक सय नौ वटा भएको सूचना अधिकारी साहले बताए ।
उक्त कारबाही र नापतौल यन्त्रको इजाजतपत्र प्रदान तथा नवीकरण बापत कार्यालयले रु ४० लाख ६७ हजार दुई सय ४२ राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षमा सो कार्यालयको वित्तीय प्रगति ८२ प्रतिशत तथा भौतिक प्रगति ९४ प्रतिशत रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १३:१२
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ । ...
पौष ४ गते, २०८१ - १३:०९
काठमाडौं । महोत्तरीमा विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति भएको छ । नगरपालिका- १ स्थित औरहीबजारमा १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले...
पौष ४ गते, २०८१ - १२:५२
औषधीको उत्पादन बढाउनचाहिने खर्च सरकारले दिन्छ, तलब बाँड्नका लागि सरकारको मुख नताक्नुस्
पौष ४ गते, २०८१ - १२:५०
काठमाडौं । १७ वर्षीया युवतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घादिङ गजुरी गाउँपालिका–३ भई हाल काठमाडौं महानगरपाल...
पौष ४ गते, २०८१ - १२:०६
भाइरल गराउन, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण
पौष ४ गते, २०८१ - ११:३५
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठक प्रधानमन...
पौष ४ गते, २०८१ - ११:०७
दीपक बोहराको दाबी– बाहिरिएको तस्वीर रवि लामिछानेकै हो
पौष ४ गते, २०८१ - १०:५३
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रूपैय...
पौष ४ गते, २०८१ - १०:५०
सप्तरी । सप्तरीमा खेतमा काम गरिरहेका किसानको अर्नाको आक्रमणबाट मृत्यु भएको छ । कोशी टप्पुबाट आएको अर्नाको आक्रमणबाट हनुमाननगर कंकालिनी नगरपालिका–९ क...
पौष ४ गते, २०८१ - १०:४४
काठमाडौं । आज बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अन...
प्रतिकृया लेख्नुहोस्: