Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सङ्घीय समाजवादी फोरमले‘गाउँ केन्द्रित’ आन्दोलन गर्ने

\"foram-nepal\"खोटाङ । किरात प्रदेश सुनिश्चितताको माग गर्दै आन्दोलनमा उत्रिएको सङ्घीय समाजवादी फोरम नेपालले खोटाङमा ‘गाउँ केन्द्रित’ आन्दोलन सुरु गरेको छ । प्रस्तावित किरात प्रदेशभित्र बिहीबार बन्द आह्वान गरेको सङ्घीय समाजवादीको किरात प्रदेश समितिले आफ्नो आन्दोलनलाई ‘गाउँ केन्द्रित’ गरेको हो । आगामी असोज १४ गतेसम्म गाउँ केन्द्रित शान्तिपूर्ण सङ्घर्षका कार्यक्रम सञ्चालन गरिने पार्टीका केन्द्रीय सदस्य सनबहादुर राईले बताए । खोटाङ र भोजपुर सिङ्गै तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुर, सङ्खुवासभा, धनकुटा, सुनसरी, सिन्धुली, रामेछापलगायतका किरात समुदायको बसोबास रहेका स्थानलाई समेटेर किरात स्वायत्त प्रदेश स्थापनाको मागमा सङ्घीय समाजवादीले आन्दोलन चर्काउँदै लगेको छ । सङ्घीय समाजवादीले हप्ता दिनको अवधिमा किरात स्वायत्त प्रदेशको पक्षमा जनमत सिर्जना गर्न गाउँगाउँमा पर्चा, पम्प्लेट बाँड्ने, प्रत्येक हाट लाग्ने हटिया, गाउँ तथा इलाकामा जुलुस प्रदर्शन गर्दै कोणसभा आयोजना गर्ने जनाएको छ । प्रस्तावित किरात प्रदेशभित्रका सबै जिल्लामा सँगसँगै कार्यक्रम सुरु गरिएको सङ्घीय समाजवादी किरात प्रदेश समितिले जनाएको छ । पहिलो संविधानसभाको राज्यको पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समिति तथा राज्य पुनःसंरचनासम्बन्धी उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदनले रेखाङ्कन गरेअनुसार पूर्वी नेपालको भू–भागलाई समेटेर किरात प्रदेश स्थापना गर्नुपर्ने सङ्घीय समाजवादीको माग छ । ऐतिहासिक ग्रन्थ, सामग्री, लेखोट तथा दस्तावेजमा समेत नेपाललाई किरात देश भनिएको, वर्तमान नेपाल राज्य निर्माणअघि पूर्वी क्षेत्रलाई किरात मुलुक भन्ने गरिएको तथा यस क्षेत्रलाई हालसम्म पनि वल्लो किरात, माझ किरात र पल्लो किरात भन्ने गरिएको तथ्यका आधारमा यस क्षेत्रलाई किरात प्रदेश नामाकरण गर्नुपर्ने पार्टीका केन्द्रीय सदस्य राईले बताए । किरात एउटा जाति मात्र नभै देश, भूमि, जाति, सभ्यता र संस्कृतिको एकीकृत रुपलाई किरात भनिएको केन्द्रीय सदस्य राईले स्पष्ट पारे । छ वर्षअघि एमाओवादीका तत्कालीन पोलिटब्युरो सदस्य गोपाल किरातीले पनि यस क्षेत्रका जिल्लालाई समेटेर किरात गणराज्य घोषणा गरेका थिए । पार्टीले खोटाङ र भोजपुर सिङ्गै तथा ओखलढुङ्गाको ३२ गाविस, उदयपुरको २९ गाविस, सङ्खुवासभाको १८, सोलुखुम्बुको १७, धनकुटाको १४, सुनसरीको ३, सिन्धुलीको ३ गाविस तथा रामेछाप र दोलखाका केही गाविसलाई समेटेर किरात प्रदेश नामाकरण गर्नुपर्ने माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending