Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संविधान निर्माणमात्र बिपीप्रति सच्चा सम्मान : उपसभापति पौडेल

\"ramchandra\"काठमाडौंं। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट संविधान बनाउन सकिएमात्र जननायक बिपी कोइरालाप्रति सच्चा सम्मान हुने बताएका छन । कोइरालाको १०१औँ जन्मजयन्तीका सन्दर्भमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ विषयक कार्यक्रममा उपसभापति पौडेलले संविधानसभाबाट समयमानै लोकतान्त्रिक संविधान जारी गर्नसके आजीवन प्रजातन्त्रको लडाइँ लडेका बिपीको सपना पूरा हुने बताए । उहाँले संविधान लेखनको कार्य अन्तिम चरणमा प्रवेश गरेको अवगत गराउँदै अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशीतासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने दाबी गरे । उपसभापति पौडेलले संविधान निर्माण गर्नका लागि सबै एकजुट हुनुपर्ने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन आग्रह गरे । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्रका संस्थापक बिपीको आदर्श र सिद्धान्तलाई पार्टीले कत्तिको लागू ग¥यो गरेन भनेर मूल्याङ्कन गर्नु आवश्यक रहेको बताए । केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसका धेरैजसो सभासद् तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पार्टीको अस्तित्व जोगाउन भए पनि वार्ता र संवादबाट अगाडि बढ्नुपर्ने बताए । उहाँले संविधानसभाको प्रक्रिया स्थगित गरेर सेना फिर्ता बोलाएर वार्ताको माध्यमबाट निकास खोज्नुपर्ने धारणा व्यक्त गरै । समाजका उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्न सकिए मुलुकको अहिलेको समस्याको निकास खोज्न सहज हुने धारणा राखै । समाजका अध्यक्ष डा केदारनरसिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरे, सभासद् सकलदेवी सुतियार, अधिवक्ता रामनारायण देव, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनिया र संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालालगायतले शैक्षिक क्षेत्रमार्फत बिपी कोइरालाका सिद्धान्तलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु आवश्यक रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending