Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

संविधान निर्माणमात्र बिपीप्रति सच्चा सम्मान : उपसभापति पौडेल

\"ramchandra\"काठमाडौंं। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट संविधान बनाउन सकिएमात्र जननायक बिपी कोइरालाप्रति सच्चा सम्मान हुने बताएका छन । कोइरालाको १०१औँ जन्मजयन्तीका सन्दर्भमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ विषयक कार्यक्रममा उपसभापति पौडेलले संविधानसभाबाट समयमानै लोकतान्त्रिक संविधान जारी गर्नसके आजीवन प्रजातन्त्रको लडाइँ लडेका बिपीको सपना पूरा हुने बताए । उहाँले संविधान लेखनको कार्य अन्तिम चरणमा प्रवेश गरेको अवगत गराउँदै अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशीतासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने दाबी गरे । उपसभापति पौडेलले संविधान निर्माण गर्नका लागि सबै एकजुट हुनुपर्ने भन्दै आन्दोलनरत दललाई वार्तामा आउन आग्रह गरे । केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लोकतन्त्रका संस्थापक बिपीको आदर्श र सिद्धान्तलाई पार्टीले कत्तिको लागू ग¥यो गरेन भनेर मूल्याङ्कन गर्नु आवश्यक रहेको बताए । केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसका धेरैजसो सभासद् तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पार्टीको अस्तित्व जोगाउन भए पनि वार्ता र संवादबाट अगाडि बढ्नुपर्ने बताए । उहाँले संविधानसभाको प्रक्रिया स्थगित गरेर सेना फिर्ता बोलाएर वार्ताको माध्यमबाट निकास खोज्नुपर्ने धारणा व्यक्त गरै । समाजका उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष कुलचन्द्र वाग्लेले बिपीको विचारलाई आत्मसात् गरेर अगाडि बढ्न सकिए मुलुकको अहिलेको समस्याको निकास खोज्न सहज हुने धारणा राखै । समाजका अध्यक्ष डा केदारनरसिंह केसीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरे, सभासद् सकलदेवी सुतियार, अधिवक्ता रामनारायण देव, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनिया र संस्कृत विश्वविद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालालगायतले शैक्षिक क्षेत्रमार्फत बिपी कोइरालाका सिद्धान्तलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु आवश्यक रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending