Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

एनआएएन जापानमा विवाद, पुनः निर्वाचनले मत परिणाम घोषणा लम्बियो

\"nrn\"जापान । गत आइतबार भएको गैरआवासीय नेपाली सङ्घ एनआरएनए जापानको मतपरिणाम  प्रक्रिया लम्बिएको छ । नयाँ नेतृत्व निष्पक्ष र विवादरहित बनाउन गठित निर्वाचन समितिले घोषणा गरेअनुसार विवाद मिलाउन नसक्दा बुधबार मध्यरातसम्ममा सार्वजनिक गर्र्ने भनेको मतपरिणाम लम्बिएको हो । दुई वर्षे नयाँ कार्यकालका लागि एक अध्यक्ष, तीन उपाध्यक्ष, एकएक कोषाध्यक्ष, महासचिव, सचिव र पाँचजना कार्यसमिति सदस्यसहित चार अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पनि निर्वाचित गराउन डेढ महिनाअघि डा नेत्रप्रसाद भण्डारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । जापानभर रहेका ४२ हजार ६०० नेपालीमध्ये सदस्यता लिएका चार हजार ३०० जनाबीच निर्वाचन समितिले गत आइतबार गराएको १२ क्षेत्रको निर्वाचनमा एक्कासि नामावली गायब पारिएको र कतिपय स्थानमा मतदाताभन्दा बढी मतदान गराएको भन्ने विवादले उग्ररुप लिएपछि अन्योलता पैदा भएको थियो । विवादलाई मत्थर पार्ने प्रयासस्वरुप अध्यक्षका प्रत्याशी सुदन थापासहितका कतिपयले विवादित स्थानबाहेकको मतपरिणाम सार्वजनिक गरी बाँकी स्थानको मतपरिणाम सार्वजनिक गर्न गरेको पहलका बीचमा बुधबार बसेको निर्वाचन समितिले बैठकले विवादित क्षेत्र नागोयाको निर्वाचन पुनः पर्सि शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मकालाई तोकेको छ । नयाँ मितिअनुसार मतपरिणाम सार्वजनिक गर्न आइतबार कुरेको निर्वाचन समितिले ११ क्षेत्रको मतपेटिका समेत जापानको हुलाक कार्यालयबाट आफ्नो हात पार्न सकेको छैन । निर्वाचन समिति सदस्य सुदीप अधिकारीका अनुसार ६५७ मतदाता भएको निर्वाचनमा ६७७ भन्दा बढी मतदान भएको पाइएपछि अमान्य ठहर गरी पुनः दोस्रो चरणमा गर्ने निर्णय भएको हो । नायोयामा बिहान ९ बजेदेखि ३ बजेसम्म तोकिए पनि बढीमा बेलुका ५ बजेसम्म निर्वाचन गर्ने र आइतबारै सबै क्षेत्रको मतपेटिका टोकियोस्थित कार्यालयमा ल्याएर मतगणना गरी मध्यरातसम्ममा विजेता घोषणा गर्ने तयारीमा लागेको निर्वाचन समिति सदस्य सुदीप अधिकारीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending