Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सामूहिक बलात्कारपछि युवतीको हत्या गर्ने १० महिनापछि पक्राउ

खबरडबली संवाददाता

कैलाली । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुलेको छ । आरोपि दुई युवक करिब एक वर्षपछि पक्राउ परेका छन् ।

२९ कात्तिक २०८० मा सुस्मा खड्का (नाम परिवर्तन) को धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय सञ्जीव चौधरी र ३० वर्षीय जनक देउवासँग सामूहिक यौनसम्पर्क भएको प्रहरीले ठहर गरेको हो ।

सुस्मालाई चिनजानका साथी चौधरीले फोन गरेर देउवाको घरमा बोलाएका थिए । उनी आइपुग्नुभन्दा अगाडि नै दुवैजना लागूऔषध सेवन गरिरहेका थिए । उनीहरुले सुस्मालाई पनि लागूऔषध सेवन गराएको प्रहरी अनुसन्धानले देखाएको छ ।

तीनैजना लठ्ठ भएपछि उनीहरुबीच शारीरिक सम्वन्ध भएको थियो । त्यसपछि आपसी विवाद भएको र महिलामाथि कुटपिटसमेत गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । विवाद र कुटपिटको स्पष्ट कारण नखुलेको उनको भनाइ छ ।

झगडापछि पनि तीनैजना एकैठाउँमा सुतेका थिए । बिहान उठ्ने बेला युवती बेहोस अवस्थामा थिइन् । त्यसपछि युवकहरुले उनलाई स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेको बोहराले बताए ।

उनले भने, ‘देउवाले स्कुटर चलाएर चौधरीले युवतीलाई पछाडिबाट समातेको र जंगलमा फ्यालेको बयान दिएका छन् ।’

६ मङ्सिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा सुस्माको शव कुहिएको अवस्थामा भेटिएको थियो । उनका बुवाले छोरीको पहिचान गर्दै १० कात्तिकमा जिल्ला प्रहरी कार्यालय कैलालीमा ज्यान सम्बन्धी जाहेरी दिएर शव बुझेका थिए ।

प्रहरीकाअनुसार त्यो बेलासम्म महिलाको मृत्युको कारण खुलेको थिएन । घटनास्थलमा प्रहरीले लागु औषध समेत बरामद गरेको थियो । लागु औषधबाट मृत्यु भएको देखाउने उद्देश्यले चौधरी र देउवाले त्यस्तो गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

चौधरीलाई सीमावर्ती भारतीय बजार गौरीफन्टा र देउवालाई चौधरीकै बयानका आधारमा धनगढीबाटै पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । दुवै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने एसपी विष्टले बताए ।

मृतकको मोबाइल प्रतिवादी मध्येका सञ्जीव चौधरीले घरमा ल्याएका थिए । उनले सिम झिकेर उक्त मोबाइल आफ्नो श्रीमतीलाई दिए । केही समयसम्म मोबाइल बन्द रहेको हुँदा प्रहरीलाई क्लु पाउनै सकस भएको थियो । तर, एक पटक मोबाइल खुलेर त्यसमा अर्को सिम प्रयोग भएको प्रहरीले सुइँको पाएपछि उक्त सिम प्रयोग भएको मोबाइलको आईएमई पत्ता लगाएको थियो ।

मोबाइलमा प्रयोग गरिएका नम्बर धनगढी उपमहानगरपालिका–५ का सञ्जीव चौधरीको नाममा रहेको प्रहरीले पत्ता लगायो । खोजतलासका क्रममा चौधरीको श्रीमतीबाट प्रहरीले मृतकको मोबाइल बरामद गर्यो तर चौधरी भने धनगढीमा फेला परेका थिएनन् । घटना भएपछि चौधरी भागेर भारतमा बस्दै आएको देखिएपछि प्रहरीले उनको श्रीमतीमाथि निगरानी बढाएको थियो ।

शनिवार चौधरीकी श्रीमती पनि भारत गइरहेको सूचनाका आधारमा कैलाली प्रहरीको सादा पोसाकको टोलीले उनलाई पछ्याएको थियो । सोही क्रममा सीमावर्ती भारतीय बजारबाट चौधरीलाई पक्राउ गर्न सफल भएको एसपी विष्टले बताए ।

चौधरीले दिएको बयानका आधारमा देउवालाई समेत धनगढीबाट पक्राउ गरिएको हो । उनीहरूमाथि अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने, सहुलियत पसल सञ्चालन

बाजुरा ।  यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार ...

देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं । हुम्लाबाहेक देशभरका सबै जिल्लामा  डेंगु संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग...

पोखरामा एकातिर रविको पक्षमा र अर्कातिर सूर्यदर्शनका पीडितको प्रदर्शन

काठमाडौं ।  सोमबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा फरक दुई दृश्य देखिएका छन । यी दुवै दृश्यमा जोडिएका पात्र भने एकजना अर्थात राष्ट्रिय स्वतन्त्...

दुर्गा प्रसाईं पक्राउको विरोधमा झापा बन्द गराउन खोज्ने दुई जना पक्राउ

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूले झापामा यातायात बन्दको आव्हान गरे पनि बन्द प्रभावहीन भएको छ । व्यवसायी प्रसाईंलाई पक्राउ गरेको विरो...

स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिवुडको दोस्रो फिल्म

काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ । ...

कम्युनिष्ट नेताहरुः जाे दक्षिण एसियामै पहिलो पटक सत्तामा पुगे

काठमाडौं । अहिले दक्षिण एसियादेखि उत्तर अमेरिकासम्म र एक कोणमा त विश्वभर कम्युनिष्ट शब्दको चर्चाा भएको छ । अमेरिकी राष्ट्रपतीय उम्मेदवार तथा उपराष्ट्र...

पोखरामा रास्वपा कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने भएका छन् ।  पोखरा सहिदचोकमा रास्वपा र सहकारी बचतकर्ता आमनेसामने भए...

ताप्लेजुङको आठराई त्रिबेणीमा आगलागी, ५ लाख बराबर क्षति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा गए राति एक घरमा आगलागी भएको छ ।  हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्...

सामूहिक बलात्कारपछि युवतीको हत्या गर्ने १० महिनापछि पक्राउ

कैलाली । गत वर्ष कात्तिकमा मृत फेला परेकी डडेल्धुरा अमरगढी नगरपालिका–२ की ३१ वर्षीया महिलालाई सामूहिक यौनसम्पर्कपछि अचेत अवस्थामा जंगलमा फ्यालिएको खुल...

पठाओ चालकको मोबाइल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं । पठाओ चालकको मोबाइल चोरेको आरोपमा प्रहरीले काभ्रेको बनेपाबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy