काठमाडौं । हुम्लाबाहेक देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणअनुसार हाल हुम्ला बाहेकका देशभरका जिल्लामा डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको छ।
हालसम्म डेंगु रोगको संक्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ। अझै २०–२५ दिन डेंगु संक्रमण तीव्र रूपमा फैलिने हुँदा सतर्कता अपनाउनु पर्ने महाशाखाका किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले बताए। ‘ हाम्रोम उच्चरूपमा डेंगु संक्रमण फैलिने भनेकै भदौ र असोज महिना हो त्यसैले अझै २०–२५ दिन हाम्रो लागि जोखिमपूर्ण समय रहेको डा. दाहालले भनेबताए ।
डेंगुको संक्रमणदर केही दिन अझै यसरी नै बढ्दै जाँदा यस पटकको दशैँमा डेंगु संक्रमण भयावह रूपम फैलने सम्भावना देखिएको छ। जसले गर्दा लामो यात्रा गर्दा, घरगाउँ फर्कंदा लामखुट्टेको टोकाइबाट बँच्ने उपाय अपनाउन चिकित्सकहरूको सुझाव छ।
डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै त्यसैले वर्षातको समयमा घर वरपर पानी जम्न नदिन विज्ञहरूले यसअघि नै बताउँदै आएका छन्। डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन्।
पछिल्ला बर्षहरुमा बर्षातको समयमा डेंगु संक्रमण जनस्वास्थ्यको एक प्रमुख चुनौती बन्दै आएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - २१:४०
ललितपुर । तरकारी बोक्ने गाडीलाई आवरण बनाएर ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। धादिङबाट खाली तरकारी क...
फाल्गुन ६ गते, २०८२ - २१:३२
खोटाङ । साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा रु तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको स...
फाल्गुन ६ गते, २०८२ - २१:२८
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू देशका जुनसुकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बने पनि विजयी हुने दाबी गरेका छन्। रुकुम पूर्वमा आयोजित चुनावी ...
फाल्गुन ६ गते, २०८२ - १९:५८
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ चुनावी चहलपहलले तातेको छ। दलका उम्मेदवार घोषणापत्र बोकेर घरदैलो अभिय...
फाल्गुन ६ गते, २०८२ - १९:५६
मुस्ताङ। मुस्ताङमा चुनावी माहोल विस्तारै तात्तिन थालेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदा चुनावी चहलपहल सुरु भएको हो। निर्वाचनमा होमिएका उम्म...
फाल्गुन ६ गते, २०८२ - १९:४६
काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै ज्ञानेन्द्र शाह ले देशको अस्मिता र अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन्। ...
फाल्गुन ६ गते, २०८२ - १९:४१
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्माले पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै गलत नेतृत्वका कारण नीति र न...
फाल्गुन ६ गते, २०८२ - १९:३४
काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक खुलामञ्च को संरक्षण र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। महानगरको राजस्व समितिको बैठकले अब...
फाल्गुन ६ गते, २०८२ - १९:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जान्नेलाई छान्ने’ नारासहित कर्णालीका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। पुर...
फाल्गुन ६ गते, २०८२ - १९:०२
काठमाडौं । नेपाली कांग्रेस ले जनकपुर बाट आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै १० प्रमुख भिजन अघि सारेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरि...



प्रतिकृया लेख्नुहोस्: