Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

खबरडबली संवाददाता

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए ।

उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति अपरिहार्य रहे जस्तै शान्ति विना  पर्यटनको विकास समेत सम्भव नभएको धारणा राखे । “पर्यटनलाई नेपालको विकासको इन्जिनको रुपमा लैजान सकिन्छ । यसको लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने प्रतिवद्द्ता यो अवसरमा व्यक्त गर्न चाहन्छु ।” उनले भने । 

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको उल्लेख गर्दै पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने गरि राज्य र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने बताए । 

“ यो वर्षको विश्व पर्यटनको नारा पर्यटन र शान्ति छ । पर्यटनका लागि शान्ति अपरिहार्य छ । एकातिर जलवायु परिवर्तनले विश्व आक्रान्त बनेको अवस्था छ । यसका असरलाई कम गर्दै लैजानु पर्ने छ अवस्था एकातिर छ भने अर्कोतर्फ विश्वले नै शान्ति खोजिरहेको छ । विश्व शान्तिको नै पर्यटनको लागि आधार बन्न सक्छ ।” उनले भने ।

मन्त्री पाण्डेले देशको पर्यटनको विकासका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुको विकल्प नरहेको उल्ल्ेख गर्दै नीतिगत सुधार र व्यवसायिक बजार योजना सहित निगम सुधार गर्नु पर्ने बताए ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पर्यटनको विकासको लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सरकारले पर्यटन मैत्री नीति बनाउने तर्फ काम गरिरहेको बताए ।

मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष डा.गणेश प्रसाद पाण्डेले पर्यतीय पर्यटनमा नेपाल विश्वमा नै अग्रणी रहेको उल्लेख गर्दै पर्यटनबाट थप लाभ लिन सबैपक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले पर्यटन र शान्तिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै पर्यटनमैत्री नीतिले मात्रै पर्यटनको विकास सम्भव भएको बताए ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अर्बौंको लगानी  रहेका र करिब १० लाख व्यक्तिलाई रोजगारी सिर्जना गरेको अवस्थामा राज्यले पर्यटनलाई प्राथमिकतामा राखेर अगाडी जानु पर्ने धारणा राखे ।

होटल व्यवसायी संगीता श्रेष्ठले नेपालमा पर्यटनको व्यापक सम्भावना भएकोले पर्यटनबाटै समृद्धिको यात्रा तय गर्न सकिने धारणा राखिन् । 

४५औं  विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । यसैबीच दिवसकै अवसरमा आज जजिरा एअरलायन्स र फ्लाई दुवईबाट नेपाल आउने पर्यटकहरुलाई विमानस्थलमा स्वागत गरिएको थियो ।

नेपाल पर्यटन बोर्डमा वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकहरुलाई खादा तथा बुद्ध मुर्तीले स्वागत गरेका थिए  ।

विश्व पर्यटन दिवसकै अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले सबैभन्दा बढि टिम्स काटट्ने पाँच वटा कम्पनीलाई सम्मान गरेको थियो भने ग्रामिण पर्यटन मञ्च (भिटोफ) ले गुल्मी, धादिङ र संखुवासभाका तीनवटा होमस्टेलाई ३ वटा होमस्टेहरुलाएई पर्यटन गाउँ घोषणा गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन...

निर्धारीत समयको ५ घण्टा ढिलो भइसक्दा पनि अखिल क्रान्तिकारीको बन्दसत्र भएन सुरु

काठमाडौं ।   अखिल क्रान्तिकारीको आजबाट सुरु हुने भनिएको बन्द सत्र ५ घण्टा बितिसक्दा पनि सुरु भएको छैन । बिहान ११ बजेका लागि बन्द सत्र सुरु गर्ने का...

नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनु पर्ने बताएका छन् । विश्व पर्यटन...

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

काठमाडौँ । शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण...

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौँ । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार...

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । ...

झापामा अत्यधिक वर्षा, प्रहरी प्रशासन ‘अलर्ट’

काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अप...

उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् ।  न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौ...

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साह...

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौँ । चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy