Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संविधानसभामा दफावार छलफल, प्रक्रिया नरोक्न सभासदहरुको माग

\"sambidhan_photo\"काठमाडौं । संविधानसभाको बैठकमा नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि प्राप्त संशोधनमाथिको छलफल शुक्रबार पनि जारी रहेको छ । बोल्नका लागि नाम टिपाएका केही सदस्यका नाम छलफल चाँडो सक्न भन्दै बिहीबार कटाइएको बताए पनि प्रमुख दलका शीर्ष नेताहरू वार्ता र संवादका लागि बालुवाटारमा बैठकमा रहेकाले शुक्रबार पुनः बोल्ने सभासद्को नाम थपिएको छ । नेपाली काँग्रेसका चन्द्रकान्त भण्डारीले हाल प्रस्तुत भएको विधेयक र संशोधनका आधारमा कुनै प्रभावमा नपरी खुट्टा नकमाई संविधान निर्माण प्रक्रिया अघि बढाउन शीर्ष नेतालाई आग्रह गरे । सभासद् रामकृष्ण यादवले मुलुकलाई स्थिरता र समृद्धिमा लानका लागि चाँडो संविधान आउनुपर्ने भनाइ राखे । सभासद् तारिणीदत्त चटौतले प्रक्रिया बहिष्कार गर्ने दललाई सहभागी गराउने अन्तिम प्रयास गर्न आग्रह गर्दै प्रमुख दलका तर्फबाट प्राप्त संशोधनको समर्थन गरे । एमालेका भीमप्रसाद आचार्यले अनेक बहानामा संविधान बन्न र नेपालको विकास गर्न नदिने राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्वार्थ राख्नेहरु र विखण्डनवादी तत्वले खेल्न खोजे पनि राष्ट्रवादी जनताको चाहनाअनुसार मुलुकले संविधान पाउने बताए । सभासद् विशाल भट्टराईले प्रस्तुत विधेयक र यसमाथिका प्रमुख दलका संशोधन प्रस्तावको हाललाई समर्थन गरेर जान आग्रह गर्दै असन्तुष्ट पक्ष वार्ता र संवादमा आउनुपर्ने धारणा राखे । एमालेका आनन्दप्रसाद पोखरेलले मुलुकमा वामपन्थी र प्रजातान्त्रिक शक्ति एक हुँदा परिवर्तनको उपलब्धि प्राप्त हुने गरेको बताए । सभासद् अमरबहादुर थापाले कटाइसकिएका नामलाई समावेश गरेर पुनः बोल्न दिई छलफल लम्ब्याइएको भन्दै वार्ताका नाममा  धेरै समय व्यतित नगर्न जोड दिए । एमाओवादीका ललिताकुमारी रेग्मीले संविधान आउने कुराले खुसी तुल्याए पनि सबै क्षेत्र र समुदायका जायज माग सम्बोधन हुन नसकेको बताइन । एमाओवादीका जानकीदेवी साउदले प्रमुख दलका संशोधन प्रस्तावका केही विषय उपयुक्त विषय भए पनि सबै विषय नसमेटिएको बताइन । मस्यौदा समितिका सभापति सिटौलाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि सभामा दफाबार छलफल गरियोस्’ भनी  यही साउन २२ गतेको बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि छलफल प्रारम्भ भएको थियो । परिमार्जित विधेयकमाथि सभासद्ले दर्ता गराउनुभएका ५४ वटा  संशोधनका प्रस्ताव संविधानसभामा प्रस्तुत भएका थिए । दफाबार छलफलमा  बोल्नका लागि सभासद्लाई पाँच मिनेटको समय निर्धारण गरिएको छ । छलफलको अन्त्यमा शुक्रबार नै प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिएपछि छलफल समाप्त भई संशोधन प्रस्तावमा मतदान प्रारम्भ हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending