Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

रोशी खोलाको बाढीका कारण जनजीवन कष्टकर

खबरडबली संवाददाता

बनेपा ।  अविरल वर्षाका कारण रोशी खोलामा गएको बाढी पहिरोले बिपी राजमार्गको विभिन्न खण्डमा क्षति पु¥याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारी साधन अहिले ठप्प छ ।

राजमार्गको दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पु¥याएको छ भने अधिकांश ठाउँमा भलले पुरिएको अवस्था छ । जसका कारण सुन्दर देखिने बिपी राजमार्ग अचेल सुनसान छ ।

राजमार्ग मात्रै सुनसान छैन, त्यस आसपासका बस्तीहरू समेत सुनसान बनेको छ । बाढी पहिरोले सडक, विद्युतको खम्बा, खानेपानी पाईप लगायतका भौतिक संरचनाहरू ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकहरूलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्य उपचारमा समेत समस्या परेको छ ।

रोशी गाउँपालिका वडा नं. ७ थान्सिङवेशीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले रोशीको तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएको बताउनुभयो । बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतको समस्यामा छन् । नमोबद्ध नगरपालिका वडा नं. ५ ल्हासकोटका धनकुमार लामाले बाटो टुटेपछि पसलमा भएको सामान समेत सबै रितिसकेको बताए ।

दसैँ पर्व नजिकिँदै गर्दा घरमा खाना लाउन समेत समस्या रहेको नागरिकको लागि तत्काल बाटो खुलाएमा सहजता हुने उनको भनाई छ । रोशी गाउँपालिका वडा नं. ७ का स्थानीय लोकनाथ गौतमले बाढी पहिरो जानुको कारण खानी तथा क्रसर भएको भन्दै अवैध उद्योगहरूलाई नियमन गर्नुपर्ने बताए ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढी पहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकोले समुदाय र पालिकाबिचको सम्बन्ध नै छुटेको अवस्था रहेको बताए । यस्तो अवस्थाकै बिचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै राहत तथा स्वास्थ्य उपचारमा केन्द्रित भएर काम गरिरहेको उनको भनाइ छ  ।

पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडी नै खुलाउने गरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडी बढाएको उनले बताए  । बाढी पहिरोका कारण रोशी गाउँपालिका भित्रमा १२ जनाको मुत्यू भएको र ५२ जना घाइते भएर उपचार गरिरहेको जनाएको छ ।

रोशी खोलामा गएको बाढी पहिरोले बिपी राजमार्ग अन्तर्गत करिब २५ किलोमिटर सडक खण्डमा दर्जनौँ ठाउँमा बगाएको र कतिपय ठाउँमा पुरिएको छ । जसका कारण करिब ७०० वटा सवारी साधन बीचबाटोमा अलपत्र अवस्थामा रहेको छ ।

त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेको सयौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending