Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जापानमा १०० वर्ष उमेरका नागरिकको सङ्ख्या ६० हजार नाघ्यो

\"oldटोकियो । जापानमा १०० वर्ष उमेर पुगेका नागरिकको सङ्ख्या ६० हजार नाघेको समाचारमा जनाइएको छ । प्राप्त समाचारमा बृद्धबद्धाहरुको स्याहार सुसारका लागि आवश्यक सामाजिक सुरक्षाका क्षेत्रमा ठूलो धनराशी खर्च हुने गरेको समस्या भोगिरहेको बताइएको जापानका लागि यो नयाँ तथ्याङ्क थपिएको छ । पहिलो पटक जापानमा बृद्धहरुको जनसङ्ख्या यतिधेरै देखिएको समाचारमा जनाइएको छ । अझ अर्को हप्तासम्म यो सङ्ख्या बढेर ६१ हजार ५६८ हुने बताइएको छ । जापानको समाजकल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यस जनसङ्ख्यामा महिलाको सङ्ख्या ८७ प्रतिशत रहेको छ । जापानले सेप्टेम्बर १५ लाई ज्येष्ठ नागरिक दिवस मनाउने गर्छ । त्यस दिन जापान सरकारले यस वर्ष १०० वर्ष पुगेका नागरिकलाई प्रमाणपत्र दिने गर्छ । जापानी समाजकल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार यसवर्ष १०० वर्ष पुगेका नागरिकको सङ्ख्या ३० हजार ३७९ रहेको छ । उनीहरुलाई यही सेप्टेम्बर १५ मा सरकारले प्रमाणपत्र दिने गर्छ । त्यस दिन सो मन्त्रालयले जापानी ज्येष्ठ नागरिक दिवससम्बन्धी सूचनाहरु पनि सार्वजनिक गर्नेगर्छ । त्यस दिन प्रत्येक ज्येष्ठ नागरिकलाई जापान सरकारले ६५ अमेरिकी डलर बराबरको चाँदीको थाली दिने गर्दछ । तर सरकारले आगामी वर्षदेखि भने त्यो भन्दा पनि सस्तो विकल्प खोज्ने जनाएको छ । जापानमा ज्येष्ठ नागरिकको जनसङ्ख्या प्रतिदिन बढ्दै गएकोले अबका वर्षहरुमा त्यो भन्दा पनि सस्तो विकल्प खोज्ने जनाएको हो । यो प्रचलनको सुरुवात सरकारले सन् १९६३ देखि गरेको हो । त्यसवर्ष सय वर्ष नाघेका नागरिकको सङ्ख्या १५३ जना मात्र थियो । तर पछिका वर्षहरुमा सो सङ्ख्या बढ्दै गएपछि भने सरकारका लागि महङ्गो पर्न गएको अधिकारीहरुले जनाएका छन् । सन् २०१४ मा आइपुग्दा भने यो उमेरका नागरिकको सङ्ख्या ३० हजार भन्दा बढी थियो । गतवर्ष सो थाली वितरणका लागि २१ लाख अमेरिकी डलर बराबरको रकम खर्च भएको थियो । जापानमा सामान्यतया पुरुषको औषत आयु ८० वर्ष रहेको छ । तर महिलाको भने ८६ वर्ष छ । महिलाको यो औषत आयु संसारकै सबैभन्दा बढी हो । पछिल्लो समयमा आएर जापानमा पुरुष भन्दा महिलाको आयु अनपेक्षित रुपमा बढेको हो । जापान विश्वकै सबैभन्दा जेठा नागरिकको घर पनि हो । संसारका सबैभन्दा जेठा नागरिक यासुतारो कोइदा ११२ वर्षका छन् । उनी यही मार्च महिनादेखि ११२ वर्षमा प्रवेश गरेका हुन । यसअघि संसारकी ज्येष्ठ महिला पनि जापानमा थिइन। रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies