Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

देवी दुर्गाको ‘खोइछ’ भरिँदै

खबरडबली संवाददाता

काठमाडौं । मधेसको मिथिला क्षेत्रमा दशहरा ९दसैँ० पर्वका अवसरमा श्रद्धालु भक्तजनले देवीको ‘खोइछ’ (पोल्टा) भर्न थालेका छन् । दसैँको फूलपातीको पूजा विधि सम्पन्न भएसँगै देवीको ‘खोइछ’ भरिने मैथिल चलन छ । खासगरी विभिन्न समयमा देवीको पुकारा गर्दै इच्छित कामना पूरा भएकाहरूले भाकलमा ‘खोइछ’ भर्ने गरेका छन् ।

जिल्लाका सबै देवी शक्तिपिठ, दुर्गा मन्दिर र दुर्गा प्रतीमा स्थापित गरिएका ठाउँमा दुर्गा भवानीको ‘खोइछ’ भर्ने भक्तालुको लामो पङ्ति छ । खोइछमा भाकलअनुसार वस्त्रआभूषण, द्रव्य (सुन, चाँदी वा तामाका गहना वा भाँडा), नगद भेटी र नरिवलसहितका फल भर्ने गरिन्छ ।

फूलपाती विधि सम्पन्न गरेपछि सुरु हुने खोइछ भर्ने कार्य नवमी तिथिभरि जारी रहन्छ । नवरात्रमा विधिपूर्वक व्रतमा रही दुर्गाको आराधना गर्ने र भक्तिभावले खोइछ भर्ने भक्तमाथि देवीको अनन्य कृपा हुने विश्वास गरिन्छ । देवी दुर्गाको खोइछ भर्ने श्रद्धालुलाई कहिल्यै दारिद्र नलाग्ने हिन्दू मैथिल विश्वास जनमनमा स्थापित छ ।

मिथिलामा देवीको खोइछ भर्ने कार्य पुरुष, महिला दुवैले गर्नसक्छन् । यद्यपि यहाँ खोइछ भर्नेमा अधिकांश महिला देखिन्छन् । देवीदेवतासँग इच्छित कामनाका लागि भाकल गर्ने महिला बढी हुनेहुँदा खोइछ भर्ने महिला बढी हुने गरेका मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending