काठमाडौं । आजदेखि सञ्चालनमा आएको बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ ।
बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका ११ पिप्लेमा सुख्खा पहिरो खस्दा फेरि सडक अवरुद्ध भएको हो ।
सडकमा सवारी साधन गुडिरहेको अवस्थामा एक्कसी माथिबाट आएको सुख्खा पहिरोले दुईवटा सवारी साधनलाईमसेत पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन्।
सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना १ ज. ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको प्रहरीले जनाएको छ।
‘घटनामा मानवीय क्षति भने भएको छैन,’ खड्काले भनिन्, ‘दुबै गाडी खाली थिए। पहिरो खसेको देख्नेबित्तिकै गाडीका चालक र सहचालक पनि गाडीबाट निस्केर भागेकाले मानवीय क्षति हुन पाएन।’
बिहीबार बिहान करिब तीन बजे पहिरो खसेको हो । पहिरोले बसलाई सडकबाट झण्डै २० मिटर तल खसालेको छ। त्यसैगरी पहिरोले पुरेको सुमोको भने पछाडिको भाग मात्रै देखिएको छ। ‘बीपी राजमार्ग अन्तर्गतकै नमोबुद्ध तेमाल हुँदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बीपी राजमार्गमा पुनः सुख्खा पहिरो झरिरहेकोले तत्कालको लागि दुईतर्फी नै सडक अवरुद्ध रहेकाले यात्रा नगर्न अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालय काभ्रेले केही बेरअघि जारी गरेको सूचनामा भनिएको छ।
विगत दुई सातादेखि अवरुद्ध बीपी राजमार्गमा आजदेखि पूर्णरुपमा सवारी साधन सञ्चालनमा आउने भनिएको थियो।
बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको यो सडक सामान्य मर्मतपछि शुक्रबार बिहानदेखि सञ्चालनमा ल्याउने तयारी भइरहँदा पुनः पहिरो खसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका थिए। बिहीबार सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका थिए।
‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनु भएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका–९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दसैँ मान्ने बताउनु भयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद!’
काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको बीपी राजमार्ग यही असोज ११ र १२ गतेको बाढीपहिरोले अवरुद्ध भएको थियो। बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पुगेको छ।
सडक, पुल र कल्भर्टहरु बगेको ठाउँमा अस्थायी संरचना निर्माण गरेर बीपी राजमार्गमा गाडी चलाउने तयारी गरिएको अवस्थामा पुन पहिरो खसेको हो। नेपालीहरुको मुख्य पर्व दसैँअघि बीपी राजमार्ग बन्द हुँदा यात्रुले निकै सास्ती पाउँदै आएका छन्।
यो राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका६ र रोसी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोसी खोलाको बाढीले दुई सय मिटर सडक बगाएको स्थानमा डाइभर्सन सडक निर्माण गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - २१:५८
काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...
बैशाख २० गते, २०८३ - २१:३३
दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...
बैशाख २० गते, २०८३ - २१:३१
पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...
बैशाख २० गते, २०८३ - २०:२९
काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...
बैशाख २० गते, २०८३ - २०:२८
काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...
बैशाख २० गते, २०८३ - २०:२५
करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार
बैशाख २० गते, २०८३ - २०:२१
काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...
बैशाख २० गते, २०८३ - २०:१८
काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...
बैशाख २० गते, २०८३ - २०:१४
काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...
बैशाख २० गते, २०८३ - २०:०५
काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...


प्रतिकृया लेख्नुहोस्: