Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

लगातारको झरीले खेतमै झर्न थाल्यो पाकेको धान

खबरडबली संवाददाता

स्याङ्जा । लगातार परेको वर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परिरहेकाले वर्षभरि दुःख गरेर फलाएको धान किसानले घर भित्र्याउन नपाउँदा तनाव भएको छ । 

कुन दिन घाम लाग्छ र धान राम्रोसँग भित्र्याउन पाइन्छ भन्दाभन्दै खेतमा धान पाकेर झर्न थालेकाले चिन्ता बढेको पुतलीबजारका सुकबहादुर नेपालीले बताए । रातभरि आएको पानीले सुकेको धान पूरै भिजेको बताउँदै नेपालीले काटेको बाली थन्क्याउन नपाउँदा निद्रा पनि नलागेको गुनासो गरे ।

धान काटिसकेका किसानका खेतमा पानीको ताल परेर धान डुबेको छ भने काटिसकेको धानका निन पानीमा डुबेका छन् । यहाँ विगत एक हप्तादेखि लगातार जसो पानी परेर किसानको धान खेतमै कुहिएको हो भने परालसमेत काम नलाग्ने अवस्थामा पुगिसकेको छ । 

यस पटक प्रायः हाइब्रिड जातका धान लगाइएकाले कात्तिक नलाग्दै पाकेको र पानीको चपेटामा परेको किसान रामेश्वर लामिछानेले बताउनुभयो । धान राम्रो फलेको बताउँदै लामिछानेले काटेको धान सबै भिजेको र बिग्रिएको बताए । मौसम अनुकूल भएको भए यतिबेलासम्म धेरै जसो पहाडी फाँट र टारीको धान करिब थन्क्याउने बेला मौसम प्रतिकूलताका कारण किसानको मेहनतको फल खेतमै खेर जाने अवस्था आएको हो । 

घाम नलाग्ने छाँट देखेपछि कतिपय किसानले धान पाकेर खेतमा झर्नुभन्दा पानीमै भिजाएर भए पनि धान ठटाएर लैजान थालेका छन् । यहाँको पुतलीबजार, फेदीखोला, आँधीखोला, अर्जुनचौपारी, भिरकोटलगायतका पालिकाका विभिन्न फाँट तथा टारी खेतमा लगाइएको धान पाकेर पहेँलपुर भए पनि किसानले थन्क्याउन नपाएका हुन् । 

चालु आर्थिक वर्षमा पर्याप्त वर्षाका कारण यहाँ ९९ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गल्याङ र चापाकोटमा सिँचाइमा पहिरोका कारण केही समय ढिला भए पनि रोपाइँ धेरै भएको हो । यहाँ १४ हजार आठ सय हेक्टरमा बर्खे र दुई हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ ।  

स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट, गल्याङ, सेतीदोभान फाँट र बिरुवा फाँट धान खेतीका उर्वर क्षेत्र हुन् भने यहाँ तराईका फाँटमा झैँ धान उत्पादन हुने गरेको छ । 

यस्तै दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्याङकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगत्भन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्र हुन् ।   

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

पूर्व जनप्रतिनिधि मुसहरिनलाई मानव मलमूत्र खुवाएको आरोपमा एक पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा दलित समुदायकी एक पूर्व महिला वडा सदस्यमाथि बोक्सीको आरोप लगाउँदै अमानवीय व्यवहार गरिएको घटनामा प्रहरीले एक जनालाई ...

लालपुर्जा देखाउँदै ‘बचाऊ’काे गुहार, डोजर भन्छः कागज होइन, जमिन देखाऊ!

तीन दशकअघि बनेको रावल आयोगकाे दबाइएको फाइल अहिले डोजरको इन्धन

“पर्यटक ठगीदेखि अनैतिक क्रियाकलापसम्म: मसाज सेन्टरमा प्रहरीको एक्शन”

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरमा प्रहरीले एकैपटक छापा मार्दा २५८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending