Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

सहुलियत मूल्यमा न्यूरो उपचारका लागि सरकारी केन्द्र स्थापनाका लागि स्वास्थ्य मन्त्रालयको तयारी

सम्भाव्यता अध्ययन गर्न समिति गठन

खबरडबली संवाददाता

काठमाडौं ।  देशमा न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रयास थालेका छन् ।

यसका लागि मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गरेका छन् । गठित समितिको संयोजकमा चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका सहप्राध्यापक डाक्टर गोपाल सेढाइं संयोजक छन् ।

यसैगरी, वीर अस्पतालका डाक्टर विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डाक्टर राजिव ओझा, नेप्लिज एसोसिएसन्स अफ न्युरोलोजिष्टका प्रतिनिधि सदस्य रहनेछन् । समितिमा अमेरिकाको जाकोल्स स्कूल अफ मेडिसिन एण्ड बायोमेडिकल साईन्सका सहप्राध्यापक डाक्टर अमित कँडेल सदस्य तथा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका शाखा प्रमुख डाक्टर पुष्पराज पौडेल सदस्यसचिव तोकिएका छन् ।
समितिले देशमा राष्ट्रिय न्यूरो सर्जरी केन्द्रको स्थापनाका लागि आवश्यक सुझाव लिएर उपयुक्त जग्गा खोजी सम्भाव्य स्थानको पहिचान गर्नेछ ।

समितिलाई अध्ययन तथा विज्ञसँग गहन छलफलपश्चात स्वीकृतिका लागि मन्त्रालयसमक्ष सुझाव पेश गर्न भनिएको छ । अहिले न्यूरोसँग सम्बन्धित रोगको भार बढिरहेको छ, मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भने, यो अवस्थालाई सम्बोधन गर्न र विपन्न वर्गले पनि सहुलियतपूर्ण सुविधा पाउन् भन्ने हिसाबले केन्द्र स्थापना गर्न आवश्यक देखेर माननीय मन्त्रीज्यूबाट मन्त्रीस्तरीय निर्णमार्फत अध्ययन समिति गठन भएको हो ।

बिरामीको चाप बढिरहेको न्यूरोसम्बन्धी उपचार हाल गैरसरकारी क्षेत्रबाट मात्र भैरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending