काठमाडौं । अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् ।
जन्मनासाथ थाहा पाउन सकिएमा बालबालिकालाई अपांगतासहितका प्रमुख स्वास्थ्य समस्याबाट बचाउन सकिने विश्वासका साथ यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
निर्णयसँगै विशिष्टकृत मातृशिशु अस्पताल परोपकार अस्पताल, कान्ति बाल अस्पतालसहितका प्रसुती र बाल उपचार सेवा भएका सबै अस्पतालमा जन्मिएका बालबालिकाको अपांगतासँगै रगतबाट थाइरोइड परीक्षण हुनेछ ।
यसैगरी सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी खराबीसमेत परीक्षण हुनेछ ।
बालबालिकाको जण्डिससम्बन्धी परीक्षणसमेत ती अस्पतालहरुमा हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा बालबालिकाको जन्मनासाथ हुने परीक्षणको दायरा बढाएर अपांगता तथा प्रमुख स्वास्थ्य समसयाको निदान थालिने बताएका थिए ।
विश्वमा ६ प्रतिशत बालबालिकामा जम्नासाथ अपांगताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने अध्ययनहरुले देखाएका छन् ।
नेपालमा नवजात शिशुमा अपांगतासम्बन्धी समस्या कम गर्न यो निर्णय महत्वपूर्ण हुने विश्वास गरिएको छ । यसअघि परोपकार अस्पतालमार्फत परीक्षणका रुपमा जन्मजात अपांगतासम्बन्धी परीक्षणको मन्त्री पौडेलले शुरुवात गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १५ गते, २०८१ - १६:०२
काठमाडौँ । अभिनेत्री पुजा शर्माको एक्शन अवतार रहेको फिल्म दान्भी युट्युबमा रिलिज भएको छ । विहिबार फिल्म युट्युबको बुढा सुब्बा डिजिटल च्यानलमा रिलि...
कार्तिक १५ गते, २०८१ - १६:००
काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा ...
कार्तिक १५ गते, २०८१ - १५:५५
पाल्पा। रामपुर नगरपालिका–४, देविस्थानका भागीरथ आलेको परिवारलाई यतिबेला रोटीका परिकार बनाउन भ्याइनभ्याइ छ । तिहार नजिकिदै गर्दा अर्सा, चिनी रोटी, सेल र...
कार्तिक १५ गते, २०८१ - १४:४८
काठमाडौँ । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिक आउदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । चुनावको नतिजा कसैको पक्षमा ...
कार्तिक १५ गते, २०८१ - १४:४३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रद...
कार्तिक १५ गते, २०८१ - १४:४०
काठमाडौँ । बलिवुडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ अनिस बज्मी निर्देशित र कार्तिक आर्यन स्टारर ‘भूल भुलै...
कार्तिक १५ गते, २०८१ - १४:०२
काठमाडौँ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परिक्षण गरेको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा उत्तर कोरिय...
कार्तिक १५ गते, २०८१ - १३:५६
काठमाडौँ । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको प्रशासनले जनाएको...
कार्तिक १५ गते, २०८१ - १३:५१
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उनीहरूलाई तिहारका बेल...
कार्तिक १५ गते, २०८१ - १३:२८
घोराही। चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको छन् । अन्य समयमा मादलको का...
प्रतिकृया लेख्नुहोस्: