Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

यादव, कोइराला र बाबुराम भर्सेस् ओली, प्रचण्ड र देउवा : के आउला रिजल्ट

\"vs_neta\"काठमाडौं । संविधानसभाको स्थगित प्रक्रिया आज आइतबारबाट सुरु हुँदैछ । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको संसदीय दलले आफ्ना सभासदहरुलाई भोटिङमा अनिवार्य उपस्थित हुन र संविधान जारी नभएसम्म संविधानसभा नछोड्न ह्वीप जारी गरेको छ । शुक्रबार कांगे्रस/एमाले र एमाओवादीले मधेशकेन्द्रित आन्दोलनरत दललाई वार्ताको आह्वान गर्दै दूई दिनका लागि प्रक्रिया स्थगित गरेपनि आइतबार विहानसम्म औपचारिक रुपमा वार्ता हुन सकेको छैन  । बरु प्रमुख  दलका शीर्ष नेताहरु नै प्रक्रिया सुरु गर्ने र नगर्नेमा विभाजित भएका छन् । राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्र्रेष्ठ प्रक्रिया केही दिन स्थगित गरेर भएपनि आन्दोलनरत शक्तिसँग वार्ता गर्नुपर्ने पक्षमा छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस नेता शेरबहादुर देउवा लगायतका नेताहरु संविधान नबनाउने खेल भईरहेको भन्दै प्रक्रिया नरोक्ने पक्षमा छन् । यादव, कोइराला र बाबुराम भर्सेस प्रचण्ड, ओली र देउवाको रिजल्ट कस्तो आउला ? दुबै पक्षले उपलब्धी र अधिकारको कुरा उठाएका छन् । प्रक्रिया रोक्ने पक्षले पनि जनताका अधिकार र माग सुनुवाइ हुनुपर्ने तर्क गरेको छ भने प्रचण्ड नेतृत्वको पक्षले पनि अहिलेसम्मका उपलब्धीलाई संस्थागत गरेर बाँकी उपलब्धी हासिल गर्नुपर्ने तर्क गरिरहेको छ । यी दुई पक्षसँग मुलुकका दुई बलिया  छिमेकी मुलुकहरुको पनि ढल्काउ छ । भारत पहिलो पक्षसँग नजिक छ भने चीन दोस्रो पक्षसँग छ भनिन्छ । तर राजनीतिक विश्लेषकहरुका अनुसार यो स्वार्थ र राजनीतिक दाउपेचमा एकले अर्कोलाई लडाउने खेल हो । यी दुवै पक्षलाई दुवै पक्षका आरोपहरु छन् । पहिलोले दोस्रो पक्षलाई निरकुंश र जनताप्रति अनुदार हुन खोजेको आरोप लगाउँछ भने दोस्रोले पहिलोलाई संविधान बन्न नदिने शक्तिकेन्द्रको प्रभावमा परेको आरोप लगाउँछ । तेस्रो कुरा हुनसक्ने विश्लेषण यि दुवैले गरेका छन् कि छैनन् ? यि दुवैलाई आफ्ना खेलहरुमा असफल बनाएर नेपालमा अस्थिरता फैलाउने खेल पनि त हुन सक्छ । एमाओवादी नेता नारायणकाजी श्र्रेष्ठले भने आफ्नो पार्टीमा मतभेद नभएको बताए । हामी तिनैजना एकैठाँउमा छौं । उनले भने, –‘प्रक्रिया स्थगित गरौं र आन्दोलनरत पक्षसँग वार्ता गरौं भनेर पार्टी बैठकमा मैले गत १८ गते नै भनेको हुँ । १९ गतेको तीन दलको बैठकमा कांग्रेस÷एमालेलेले नमानेपछि मैले बैठक नै छाडेको हुँ ।’ उनका अनुसार सूरुमा केही मतभेद भएपनि अहिले आफ्नो पार्टी आन्दोलनरत पक्षलाई वार्तामा ल्याउन अधिकतम प्रयास गरिरहेको र सम्भव नभए प्रक्रियामा जानुपर्ने पक्षमा रहेको बताए । ‘गच्छदार लगायतकालाई सकेसम्म ल्याउनुपर्छ तर सम्भव नभए र कांग्रेस÷एमालेले नमाने संविधान जारी गर्ने दिशामा अघि बढ्नुपर्छ।’ तर, माओवादीका अन्य नेताहरुभने नारायणकाजीको मतसँग सहमत छैनन् । संविधान रोक्ने खेल भइरहेको र प्राप्त उपलब्धी पनि गुम्ने अवस्थामा आएकोले प्रक्रिया एकदिन पनि रोक्न नहुने पक्षमा छन् । ‘यी उपलब्धी पूर्ण होइनन्  जनताको माग पूरा भएको छैन तर अहिलेसम्म जति उपलब्धी हासिल भएका छन् तिनलाई संस्थागत गर्दै जानुपर्छ र बाँकी कुराका लागि संविधान संशोधनमार्फत अघि बढ्नुपर्छ’ एमाओवादी महासचिव कृष्णबहादुर महराले भने, –‘मधेशकेन्द्रित जनताका जायज माग देखाएर संविधान नबनाउने  खेल भइरहेको र हालसम्म प्राप्त उपलब्धी पनि गुम्ने खतरा रहेकोले त्यसलाई जोगाउन संविधान जारी गर्नुपर्छ । एमाओवादीले थूप्रै जनताको मागलाई सम्बोधन गर्नै भनेर फरक मत राखेको छ भोलि त्यसैमा टेकेर थप उपलब्धीका लागि अघि बढ्न सकिन्छ भन्ने यतिबेलाको एमाओवादीको धारणा हो’ महरा थप्छन्,–‘संविधान बन्न नदिने भयानक षड्यन्त्र हुँदैछ । क्रान्तिकारी र जनताको शक्तिले अहिले जनतामा भ्रम पर्न जाने भएपनि उक्त षड्यन्त्रको सिकार हुँनुहुँदैन ।’ एमालेभित्र खासै मतभेद नदेखिएपनि माधव नेपाल पक्ष प्रक्रिया केहीदिन रोकेपनि फरक नपर्ने भनिरहेको एमाले स्रोत बताउँछ । एमाले अध्यक्ष केपी शर्मा ओली जसरी पनि संविधान जारी गर्ने पक्षमा छन् । उनलाई उद्धृत गर्दै उनको सचिवालय भन्छ, ‘अहिले राष्ट्रियताको विषयमा कसैसँग झुक्न सकिँदैन । केही शक्ति संविधान नबनाउने खेलमा  लागिरहेकोले एमाले जसरी पनि संविधान बनाउने पक्षमा छ ।’ कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला पछिल्ला केही दिनमा परिवर्तित भएका छन् । संविधान जारी नगरी नछोड्ने अडानमा रहेका कोइराला पछिल्लो समय प्रक्रिया लम्ब्याएर जाने पक्षमा देखिनु आश्चार्यजनक भएको कांग्रेसकै एक नेता बताउँछन् । उनी दुई दिनको सट्टा एक हप्ता वार्ताको लागि समय छुट्टाउन तयार रहेको उनी निकट स्रोतको दाबी छ । तर, ओलीले दुई दिनभन्दा बढी प्रक्रिया लम्ब्याउनै नसक्ने अडान लिएपछि कोइरालाले पनि होस् न त भनेर मानेको स्रोत बताउँछ । तर, कांग्रेसभित्र अर्का नेता शेर बहादुर देउवा जसरी पनि संविधान जारी गर्नुपर्ने पक्षमा रहेका छन् । उनी  पनि प्रक्रिया रोकिए अनिष्ट हुने तर्क गर्छन् । कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना सभापति सुशील कोइरालालाईलाई हामीले पनि वार्ताबाटै समाधान खोज्नु पर्छ भनेर बताएको टिप्पणी गर्छन् । ‘संवादबाट हल खोज्न धनुषाका केही सभासद्ले भेटेरै ध्यानाकर्षण पनि गराएका छौं । वार्ताका लागि विश्वास हुनुपर्छ भनेका छौं ।’ उनी भन्छ्न । तर संवादमा दुवै पक्ष इमान्दार हुनुपर्ने भन्दै उनी भन्छन्, ‘यो दुवै तर्फबाट हुन जरुरी छ । आदोलनरत दललाई पत्र पठायौ । दुई दिनको समय दियौं । तर, उनीहरु आएका छैनन् ।’ राप्रपा नेपाल फर्किएको र थारुहरुले वार्ता टोली बनाएको उल्ले  गर्दै केही आशा बढेको उनको भनाई छ । ‘राप्रपा नेपाल आयो, थारुहरुले वार्ता टोली बनाए मधेसी पनि आए सुनमा सुगन्ध हुने थियो । हामी पेलेर जाऔं भनेर लागेनौं सहमतिका आधारमा जाऔं भन्नेमा नै छौं । अनौपचारिक छलफलमा हुनुहोला शीर्ष नेताहरु ११ बजेसम्म केही हुन्छ की !’ गए शुक्रबार एकाएक भारतीय राजदुत रंजित रे को सक्रियता र संविधानको प्रक्रिया रोक्नुपर्ने भारतीय सुझावलाई दलका प्रमुख नेताहरुले हस्तक्षेप र षड्यन्त्रको रुपमा बुझेका छन् । बाहिर केही नभनेको नेताहरु आफ्नो पंक्तिमा प्रस्तुत हुँदा भारतले संविधान होइन नेपालमा अस्थिरता चाहेको बताउने गर्छन् । हुन पनि पछिल्लो समय भारत भ्रमण गरेर फर्किएका एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता देउवा दुवै प्रक्रिया नरोक्ने पक्षमा उभिनु संयोग मात्रै नहुन सक्छ । दुवै नेतालाई भारतले संविधान जारी नगर्न र केही समय पर्खन आग्रह गरेको समाचार यसअघि नै आइसेको छ । भारतीय पक्षको गुह्य कुरा बुझेका प्रचण्ड र देउवाले उसलाई अटेर गर्ने संकेत दिएका छन् । राष्ट्रपति रामवरण यादव संविधान रोक्न खुलेरै लागेका छन् । सबैतिर हारगुहार गरिरहेका यादवले पछिल्लो पटक शनिबार मात्रै पनि सबै दलका नरम नेताहरुसँग टेलिफोन संवाद गरी प्रक्रिया रोक्न आग्रह गरेका थिए । उनी केही नेतालाई धम्क्याइरहेका छन् भने केहीलाई फकाइरहेका छन् । नाम नबताउने शर्तमा एमाओवादीका एक नेताले भने, –‘अहिलेको लडाई भारतसँग हो । खासमा भारत नेपालमा संविधान जारी होओस् र स्थिरतातिर जाओस् भन्ने पक्षमा छैन ।’ उनले थपे, –‘भारत नेपालमा अस्थिरता फैलाएर आफ्नो स्वार्थ अनुकूलको संविधान जारी गर्न चाहन्छ ।’ उनका अनुसार अहिले खेलाडीहरु  फिल्डमा आएका छन् । जो–जो प्रक्रियाका विपक्षमा छन् तिमध्ये अधिकांश भारतीय मानिसहरु हुन् भनेर  बुझ्न समेत उनले सुझाए । उनको कथन थियो, –‘एकाएक परिवर्तन भएका केही राजनीतिक दलका नेताहरु, बौद्धिकहरु तथा प्रतिष्ठित संस्थासमेतले भारतीय सिकोमा काम गरेका हुन् । म नाम नलिउँ, तिनका बदलिएका भूमिका र चरित्र हेरेर आम मानिसले थाहा पाउँछ ।’ भारतीय भूमिका होओस् या नहोस् जनताका जायज मागमा बन्देज नलगाउनु र संविधान जारी गर्नु अहिलेको टड्कारो आवश्यकता हो । दलहरु आफै किचलोमा नफुसुन् र कसैसँग नझुकुन् । परिस्थिति कतिसम्म गम्भीर छ भने भारतीय राजदुत रे ले शुक्रबार नेपालका प्रमुख दलका नेताहरुलाई भेटिरहँदा नेपाली सेनाका प्रमुखसँगसमेत भेटे । भेटमा भएको छलफल बाहिर नआएपनि नेपाली सेनाले मुलुकको अवस्था गम्भीर भएको तर सुरक्षा संयन्त्रको काबुभन्दा बाहिर नगएको उल्लेख गर्दै आइरहेको छ  । नेपालका सबै जसो शक्ति यो वा त्यो पक्षमा विभाजित भईरहँदा नेपालको सुरक्षा संयन्त्रको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न । सुरक्षा संयन्त्रको भूमिका के रहला ? त्यो मध्येको मुख्य शक्ति नेपाली सेनाको भूमिकाका बारेमा सेना आफैले आजसम्म केही संकेत गरेको छैन/बोेलेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy