Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अश्रुग्यासबाट सख्त घाइते वृद्धाको मृत्यु, दमौली बजार तनावग्रस्त

\"tanahu\"तनहुँ । मृतक पूर्णबहादुर आलेका आफन्तजनले मेडिकल रिपोर्ट नआएसम्म शव नबुझ्ने अडान राख्दै गत बुधबार साँझ दमौली अस्पतालमा घेराउ गर्दा प्रहरीले चलाएको अश्रुग्यासले सख्त घाइते भएकी एक वृद्धाको शनिबार राति मृत्यु भएको छ । आक्रोशित भीडलाई नियन्त्रण गर्न प्रहरीले हानेको अश्रुग्यासले सडकमा हिँडिरहेकी जामुने गाविस वडा नं ८ घर भई हाल व्यासनगरपालिका वडा नं २ बस्दै आएकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । दमको रोगी रहेकी वृद्धा श्रेष्ठको दमौलीमा सामान्य उपचारपछि थप उपचारका लागि सोही दिन पोखरा पठाइएको थियो । प्रहरीले उक्त दिन उत्तेजित भीड नियन्त्रण गर्न दुई राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीको गोली लागी घाइते भएकाहरुको एकाएक उपचारका क्रममा मृत्यु हुँदै गएपछि दमौली बजार यतिबेला तनावग्रस्त हुदै गएको छ । त्यसैगरी प्रहरीको गोली लागी उपचारकै क्रममा शुक्रबार राति मृत्यु भएका व्यास– १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुरालाई शनिबार साँझ बसेको सर्वपक्षीय भेलाले सहिद घोषणा र मृतकका परिवारलाई १० लाख दिनेलगायतका सहमति गरे पनि आन्दोलन साम्य बनेको छैन । दमौली बजार क्षेत्रमा बसिरहेका मानिसमाथि प्रहरीले आज बिहान अन्धाधुन्ध ढुङ्गा प्रहार गर्नुका साथै दुव्र्यवहारसमेत गरेको भन्दै पुनः आन्दोलनकारी आक्रोशित बनेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ र दमौली बजार एकाइले शान्तिपूर्ण आन्दोलन गर्ने भनेर आइतबार बिहान माइकिङ गर्दै बजार परिक्रमा गरे पनि आक्रोशित युवाले पृथ्वीराजमार्ग अवरुद्ध गर्नुका साथै बजारसमेत बन्द गराएका छन् । उक्त बन्दका कारण दमौली बजार आसपास क्षेत्रका विद्यालयमा पठनपाठनसमेत बन्द गरिएको छ । दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत पूर्णबहादुर आलेको गत आइतबार भएको मृत्यु शङ्कास्पद भएको भन्दै आन्दोलनकारी आन्दोलनमा उत्रिएका हुन् । मृतक आलेको शव पुनः परीक्षणका लागि शनिबार बिहानै काठमाडौँ पठाइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending