Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

लहानमा सशस्त्र प्रहरीमाथि गोली चल्यो

\"goli-hanahan\"लहान । सवारी साधनलाई सुरक्षा दिई गन्तव्यतर्फ पठाउने क्रममा सिरहाको मिर्चैयामा सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ । सवारी साधनलाई सुरक्षा दिई पूर्वबाट पश्चिमतर्फ पठाउने क्रममा गएराति सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको हो । मिर्चैयाको कटारी चोकमा सडकमा आन्दोलनकारीले राखेको अवरोध हटाउने क्रममा सडक छेउबाट प्रहार गरेको गोली लागेर सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया सप्तरीमा कार्यरत प्रहरी जवान २१ वर्षीय विपिन राई घाइते भएका छन् । उदयपुर घर भई बरमझियामा कार्यरत राई आन्दोलन चर्किएपछि केही दिनअघिमात्र मिर्चैया खटिएका थिए । घाइते राईको स्थानीय नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । पछिल्लो एक महिनादेखि बन्द रहेको सिरहाको लहान क्षेत्र आज आंशिक रुपमा खुलेको छ । लहान बजार क्षेत्रमा केही पसल खुलेका छन् । बैंक वित्तीय संस्थाहरु दुई घन्टाका लागि खुलेकाले ग्राहकको घुइँचो लागेको थियो । सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले सिरहा जिल्लाको पूर्वपश्चिम सडकको दायाँबायाँ पाँच सय मिटर क्षेत्रमा भदौ २४ गतेदेखि घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र फिर्ता नगरिएको जानकारी दिए । दङ्गाग्रस्त क्षेत्र घोषणापछि लहान क्षेत्रमा प्रदर्शन वा जुलुश नभएपनि गोलबजार, मिर्चैया लगायतका ठाउँहरुमा प्रहरीलाई झुक्याएर प्रदर्शन भइरहेको जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy